सीको आह्वान : एआईमा एक देशको प्रभुत्व नहोस्
- श्रावण १, २०८३
संयुक्त राष्ट्र सङ्घ, १४ मे । संयुक्त राष्ट्र सङ्घले लिवियाको राजधानी त्रिपोलीमा रहेका बिरामी र घाइतेलाई त्यहाँ निकाल्न र आप्रवासी तथा शरणार्थीलाई अन्यत्र स्थानन्तरण गर्न चालु द्वन्द्व तत्काल रोकिनेपर्ने बताएको छ । सोमबार राष्ट्र सङ्घका प्रवक्ताले भन्नुभयो, “त्रिपोली र त्रिपोली वरपर भइरहेको लडाईले नागरिकमा पार्ने प्रभावबारे संयुक्त राष्ट्र सङ्घ गम्भीर चिन्ता व्यक्त गर्छ ।”
गएको मध्य–अप्रिलदेखि हालसम्म सयौं मानिस मारिनुका साथै दुई हजारभन्दा बढी मानिस त्रिपोली घाइते अवस्थामा छन् । त्रिपोलीभित्र र वरपर राष्ट्र सङ्घको सहयोगप्राप्त सरकार र पूर्वी लिवियामा आधारित सेनाबीच लडार्इं भइरहेको छ ।
राष्ट्र सङ्घका महासचिव एन्टोनिओ गुटरेजका सहायक प्रवक्ता फहरान हकले यो सप्ताहान्तयता घाइतेको सङ्ख्या बढिरहेको र द्वन्द्वको पछिल्लो अवस्था अज्ञात रहेको बताउनुभयो ।
त्रिपोलीमा तीन हजारभन्दा बढी शरणार्थीहरू फसेको जानकारी गराउँदै हकले ती शरणार्थी बसेका केन्द्रमा खाना, पानी र आधारभूत स्वास्थ्य उपचारको अभाव रहेको बताउनुभएको छ ।
Leave a Reply