भर्खरै :

केन्द्रीय पुस्तकालयका संस्थापक प्रमुख मिश्रको निधन

काठमाडौँ, १ जेठ (रासस) ः त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पुस्तकालयका संस्थापक प्रमुख प्रा शान्ति मिश्रको ८१ वर्षका उमेरमा आज निधन भएका छ । उपचारका क्रममा अमेरिकामा रहनुभएकी मिश्रको गल ब्लाडरमा भएको क्यान्सरका कारण निधन भएको उहाँका श्रीमान् नारायणप्रसाद मिश्रले जानकारी दिनुभयो ।
श्रीमती मिश्रका ‘पुस्तकालय विज्ञानको रुपरेखा’, ‘भ्वाइस अफ ट्रुथ ः च्यालेन्ज एण्ड स्ट्रगल अफ अ नेपलिज विमन’, ‘अ विडोज गिफ्ट’, ‘त्रिवि केन्द्रीय पुस्तकालयको गौरवशाली कहानी र हाम्रो सेवा’, र ‘रुपमती’ (अङ्ग्रेजी अनुवाद) प्रकाशित छन् । प्रा मिश्रले त्रिविमा प्राध्यापन गर्नुभएको थियो । उहाँ पेन नेपालका संस्थापक अध्यक्ष तथा मार्टिन चौतारीका अध्यक्ष पनि रहनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *