ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
सुशीला रेग्मी बेझाड, ७ जेठ (रासस)ः राज्यले उपलब्ध गराएको सेवासुविधा सहजरुपमा उपभोग गर्न नपाएको पाल्पाका ज्येष्ठ नागरिकले गुनासो गरेका छन् ।
सरकारले ज्येष्ठ नागरिक ऐन २०६३ जारी गरी विभिन्न सेवासुविधा उपलब्ध गराउने भनिए पनि यहाँका ज्येष्ठ नागरिकले त्यस्तो सेवासुविधा सहज रुपमा उपभोग गर्न नपाएको गुनासो गरेका हुन् ।
सार्वजनिक यातायातमा ५० प्रतिशत छुट, सवारी साधनमा आरक्षण सिट, कानूनी क्षेत्र, मुद्दा मामिला, अस्पताल, सार्वजनिक निकाय, बैंक तथा वित्तीय संस्था, सहकारी क्षेत्र लगायतका विभिन्न क्षेत्रमा सेवा लिन पुगेका ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर सेवा दिनुपर्ने ऐनमा उल्लेख भए पनि यहाँका ज्येष्ठ नागरिकले त्यसको उपभोग गर्न सकेका छैनन् ।
रामपुर नगरपालिका–५ मटेरीका ७२ वर्षीय ठाकुरप्रसाद भट्टराईले राज्यले दिने सेवासुविधा अहिलेसम्म उपभोग गर्न नपाएको बताउनुहुन्छ । उहाँले राज्यले विभिन्न सेवासुबिधा दिने भनेपछि २०७४ साल चैत २५ गते रामपुर नगरपालिका कार्यालयबाट ज्येष्ठ नागरिक परिचयपत्र लिए तर अहिलेसम्म सो परिचयपत्रका आधारमा कुनै पनि स्थानमा सेवा लिन नपाएको बताउनुभयो ।
“गोजीमा ज्येष्ठ नागरिक परिचयपत्र बोकेर हिँड्छु, अहिलेसम्म कुनै सेवासुविधा पाएको छैन, सार्वजनिक यातायातमा ५० प्रतिशत छुट, औषधि उपचारमा सहज सेवा पाइन्छ भने पनि सुविधाको कुनै अनुभूति आफूले गर्न पाएको छैन”, उहाँले भन्नुभयो ।
त्यस्तै रामपुर नगरपालिका–४ का ६५ वर्षीय पूर्णबहादुर खाँणले सार्वजनिक निकायमा सेवा लिन जाँदा सहुलियत सेवा पाउनुका सट्टा दिनभर युवायुवतीसंगै लाइन लागेर सेवा लिनुपर्ने बाध्यता कायमै रहेको बताउनुभयो । “सार्वजनिक क्षेत्रमा नै ज्येष्ठ नागरिकलाई सेवा प्रवाहमा विभेद गरिएको छ, सवारी साधनमा आरक्षण कोटा छुट्टयाइएको भन्छन् तर कहिल्यै पनि त्यो सेवा सुविधा पाइँदैन,” उहाँको गुनासो छ ।
ज्येष्ठ नागरिकले सार्वजनिक सवारी साधन र अस्पतालहरुमा सेवा लिन जाँदा बढी समस्या भोग्नु परेको उनीहरुको दाबी छ । सार्वजनिक निकायमा सेवा दिन बसेका सेवाग्राही कर्मचारीले पनि ज्येष्ठ नागरिकप्रति संवेदनशील हुन नसकेको गुनासो स्थानीयवासी दीनानाथ भण्डारीको छ ।
टाठाबाठा र पहुँचवालाको आधारमा कर्मचारीको काम गर्ने प्रवृत्ति अझै पनि कायम रहेको हुँदा ज्येष्ठ नागरिकले सास्ती खेप्नु परेको उहाँको भनाइ छ ।
राज्यले तोकेका सेवासुविधा हरेक क्षेत्रमा ज्येष्ठ नागरिकले उपभोग गर्न पाउनुपर्ने रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले बताउनुभयो ।
“नगरपालिका र वडा कार्यालयहरुमा सेवा लिन आएका ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका छौँ”, अर्यालले भन्नुभयो । रामपुर नगरपालिकाभित्र रहेका सबै सरकारी कार्यालयमा ज्येष्ठताका आधारमा सेवा प्रवाह गर्न अनुरोध गरिएको पनि उहाँले बताउनुभयो ।
ज्येष्ठ नागरिकका लागि राज्यले तोकेअनुसारको सेवासुविधा सार्वजनिक यातायातमा दिइरहेको रामपुर यातायात व्यवसायी समितिका अध्यक्ष राजन पोखरेलले दाबी गर्नुभयो । सम्बन्धित निकायले ज्येष्ठ नागरिकको सेवासुविधा दिइरहेको दाबी गरे पनि व्यवहारमा भने त्यस्तो देखिएको छैन् । यसतर्फ सरकार, सम्बन्धित निकाय र सरोकारवाला सबै पक्ष संवेदनशील हुनुपर्छ ।
Leave a Reply