युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
नेपालका लागि संरा अमेरिक–राजदूत ¥यान्ड–बेरीले नेपाल–जनताबीच ‘राजदूतसँग गफगाफ’ कार्यक्रम गर्न खोज्नु कूटनीतिक क्षेत्राधिकारको उल्लङ्घन र नेपालमाथि प्रत्यक्ष हस्तक्षेपको रूप हो । राजदूत दुई देशका सरकारबीचको समन्वयका लागि तोकिएको सरकार–अधिकार–हो । राजदूतले दुई देश र राज्यबीच सम्बन्ध विस्तार र सुधारको लागि पुलको भूमिका खेल्ने गर्छ । राजदूतले आफू नियुक्त देशमा कुनै पनि गतिविधि गर्न त्यो देशको परराष्ट्र मन्त्रालयमार्फत वा अनुमतिमा मात्र गर्नसक्छ । कदाचित परराष्ट्र मन्त्रालयको अनुमतीबिना कुनै पनि गतिविधि गरे त्यस्ता राजदूतलाई अयोग्य घोषणा गर–घर फिर्ता गर्नसक्ने अधिकार सरकारलाई हुन्छ ।
नेपाल–जनतासँग प्रत्यक्ष संवाद गर्ने संरा अमेरिक–राजदूतको योजना नेपालमा जे गरे पनि हुने साम्राज्यवाद–चिन्तनको अभिव्यक्ति हो । संरा अमेरिकाले संसारको जुन भूमिमा पाइला चाले पनि हस्तक्षेप र हमलाको भाषा बोल्ने यथार्थ कसैसामु लुकेको छैन । संसारलाई आफ्नो तखतमा राख्ने साम्राज्यवाद–मानसिकताले अमेरिक–राजदूतहरू नेपालजस्तो अल्प विकसित र साना देशमा ‘बडा हाकिम’ जस्तो व्यवहार गर्न खोज्छन् । राजदूत बेरीले आफ्नो पदीय मर्यादाविपरीत यस्ता कार्यक्रम गर्न खोज्नु निन्दनीय छ । सरकारले कुनै पनि हालतमा यस्ता गतिविधि गर्न कुनै पनि देशको राजदूतलाई छुट दिनुहुन्न । सरकारले चेतावन–दिँदा दिंदै कदाचित राजदूतले कार्यक्रम सञ्चालन गर्न जिद्द–गरिरहे उनलाई अयोग्य राजदूत (पर्सोना नन ग्राटा) घोषणा गर–देश फिर्ता गर्नुपर्छ । यसमा सरकारले खुट्टा कमाउनु भविष्यमा देशलाई विदेश–शक्तिको क्रिडाभूमि बनाउन ढोका खोल्नु हुनेछ ।
बेरीको यो कदम भने लहडको भरमा आएको देखिंदैन । नेपाललगायत दक्षिण एसियालाई आफ्नो रणनीतिक नियन्त्रणमा राख्न संरा अमेरिकाले विभिन्न गोप्य र खुला गतिविधि लगातार गर्दै आएको छ । एसिया–प्यासिफिक रणनीतिक मोर्चामा नेपाललाई सहभाग–बनाउन नेपाल सरकार र सरकार–अधिकारीहरूलाई लोभ्याउने, कन्भिन्स गर्नेदेखि चिनियाँ ऋण पासोको हल्ला फैलाउनेसम्मका काम हुँदै आएको छ । संरा अमेरिकाले नेपालबारे सोच्दा नेपालको अन्तरिक कोणबाट भन्दा चीन र भारतको बीचमा रहेको रणनीतिक हिसाबले संवेदनशील भूमिको रूपमा हेर्ने गरेको छ । नेपाललाई विगतमा पनि संरा अमेरिका र पश्चिमा देशहरूले चीनविरूद्ध प्रयोग गर्ने प्रयास गरेका थिए । काठमाडौँलाई चीनविरूद्ध गतिविधि गर्ने एउटा केन्द्रको रूपमा विकास गर्न खोजिएको थियो ।
नेपाललाई कुनै पनि शक्ति देशले आफ्नो स्वार्थको लागि चलखेल गर्ने देश बनाउनु हुन्न । नेपालको सार्वभौमिकता र भूअखण्डताको रक्षा गर्नु नेपाल सरकार र नेपाल–जनताको कर्तव्य हो र त्यसको सम्मान गर्नु विदेश–मित्रहरूको कर्तव्य हो । कुनै पनि देशको सार्वभौमिकता भूगोल सानो वा ठूलो हुँदा सानो–ठूलो हुने होइन । संरा अमेरिकाले संसारका धेरै देशको सार्वभौमिकता र जनमतको अपमान गरेका मनग्य उदाहरण छन् । प्रजातन्त्रको बखान गर्ने देशले विदेश–भूमिमा जनताद्वारा वैधानिकरूपमा निर्वाचित राष्ट्रप्रमुखलाई सत्ताच्युत, अपहरण, हत्यासमेत गरेका उदाहरण छन् । साम्राज्यवादको यस्तो तुजुकको प्रतिकार गर्नसक्ने शक्ति भनेको जनता नै हुन् । कुनै पनि देशले नेपालको सार्वभौमिकतामाथि हमलाको भाषा बोल्छ, सार्वभौमिकताको अपमान गर्छ र आन्तरिक मामिलामा हस्तक्षेप गर्छ भने नेपाल–जनताले त्यसको बलियो प्रतिकार गर्नुपर्छ । अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत संरा अमेरिक–राजदूत बेरीको ‘राजदूतसँग गफगाफ’ कुनै पनि हालतमा सञ्चालन गर्न दिनु हुन्न । संरा अमेरिक–राजदूतलाई कार्यक्रम नहुने घोषणा गराई फेरि यस्ता कुनै पनि हस्तक्षेपकार–प्रस्ताव नल्याउन चेतावन–दिइन जरूर–छ । सरकारले आफ्नो कर्तव्य पूरा नगरेको अवस्थामा जनता स्वयम् आफ्नो दायित्वको लागि अग्रसर बन्न आवश्यक छ ।
Leave a Reply