युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
–प्रकाश
भ्रष्टाचार र अनियमितताको विरोध गर्नु सबै न्यायप्रेम–र इमानदार जनताको कर्तव्य हो । पीडितमात्र होइन देखेका र सुनेका सबैले भ्रष्टाचारको विरोध गर्नैपर्छ । तर, आफ्नो पार्टी सत्ता वा सरकारमा रहँदाखेरि जागिर दिने लोभमा पैसा उठाई हिँड्नेहरू, ठेकेदारहरूसित कमिसन नलिई कुनै निर्माण र काम अगाडि बढ्न नदिनेहरू, चुनावमा पैसाको बाकस नआइकन परिचालन नहुनेहरू तथा खरदार र सुब्बाको जागिर खाएर केह–वर्षमै करोडौँ पर्ने महल ठड्याउनेहरूले अहिले आएर भ्रष्टाचारको विरोध गर्नु र सबै दोष अहिलेको सरकारमाथि मात्र लगाउनु अरुमाथि दोष लगाएर आफू चोखिने चालबाहेक केह–होइन । सन्दर्भ नेपाल–काङ्ग्रेसले विभिन्न जिल्लामा सुरु गरेको भ्रष्टाचारविरुद्ध अभियानका नाममा गरेको कार्यक्रमको हो । कार्यक्रममा सहभाग–हुन पनि मोटरसाइकलमा प्रायोजकको तेल हाल्नेहरूले गरेको भ्रष्टाचार र अनियमितताको विरोधलाई सच्चा मनदेखि भ्रष्टाचारको विरोध मान्न सकिंदैन ।
भ्रष्टाचार वृद्धिमा वर्तमान सरकार र नेकपा पनि उत्तिकै दोष–छन् । वर्तमान सरकारको नारा ‘समृद्ध नेपाल सुख–नेपाली’ देखाउने दाँतमात्र हो । सरकारमा रहेका र वरपर बसेकाहरूको ध्यान त देशलाई दरिद्र बनाएर आफू समृद्ध बन्ने र नेपाल–जनतालाई रुवाएर आफ्नो स्वार्थ पूरा गर्ने रहेको व्यवहारबाट देखिन थालेको छ । सरकार–जग्गा कीर्ते कागजको आधारमा आफ्नो व्यक्तिगत बनाउनेहरू, जहाज किन्दा स्पष्टतः कमिसनस्वरुप फिर्ता आएको रकम लुकाउनेहरू, निज–कम्पन–र उद्योगहरूले तिर्नैपर्ने कर र विद्युत् महशुल तिर्न पर्दैन भन्नेहरूबाट वर्तमान सरकार घेरिएको छ । भ्रष्टाचार, कुशासन, अनियमितता, अराजकता, बेथितिले सीमा नाघ्दासमेत प्रतिक्रियाविहीन रहेको ओल–सरकारबाट कामदार वर्गका जनताको हितमा उन्नति, समृद्धिको कुनै आशा गर्न सकिन्न । भ्रष्टाचार बढ्नुमा धेरै र थोरै आजसम्मका सबै सरकार दोष–छन् । अनियमितताको खेलमा लागेका र भ्रष्टाचारीहरूलाई काख–च्याप्ने शासक दलका नेताहरू सबै दोष–छन् ।
Leave a Reply