मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
– राजकुमार पराजुली
काभे्रपलाञ्चोक, ८ जेठ । नेपाल खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले जिल्लामा रहेका दुग्ध चिस्यान केन्द्र तथा दूध सङ्कलन केन्द्रको अनुगमन थालेको छ । कार्यालयले पनौत–नगरपालिका कुशादेवी, पाँचखाल तथा मण्डन देउपुरमा रहेका दुग्ध चिस्यान केन्द्र तथा सङ्कलन केन्द्रको अनुगमनपछि दूधको नमुना सङ्कलन गर–बबरमहलस्थित नेपाल खाद्य, प्रविधि तथा गुण नियन्त्रण केन्द्रीय कार्यालयको प्रयोगशालामा पठाएको छ ।
कुशादेवीका आठ, पाँचखालका तीन, मण्डन देउपुरका सात चिलिङ सेन्टर र पाँचखालस्थित खावा तथा केराघारीका ११ दूध सङ्कलन केन्द्रको अनुगमन गर–दूध परीक्षण गर्न केन्द्रीय प्रयोगशाला पठाइएको डिभिजन कार्यालय धुलिखेलका खाद्य अनुसन्धान अधिकृत शिवप्रसाद भण्डारीले जानकार–दिनुभयो । उहाँले भन्नुभयो, “दूधमा स्वच्छता कायम गर्न अनुगमन थालेका छौँ, अनुगमनका क्रममा दूधको नमुना सङ्कलन गर–परीक्षण गर्न प्रयोगशाला पठाइएको छ ।”
दूधमा मानिसले खाने सोडा तथा साबुन बनाउन प्रयोग हुने काष्टिक सोडा (जसले दूध जम्न र फाट्न दिँदैन), चिन–र पीठोलगायतका वस्तु मिसाउने गरेको जनगुनासो आएपछि चिस्यान केन्द्र तथा सङ्कलन केन्द्रमा अनुगमन गरिएको भण्डारीले बताउनुभयो । “जनगुनासो र यो महिना खाद्य स्वच्छता दिवस मनाइरँदा अनुगमन गरेका हौँ, दूधमा केमिकल मिसाइएको पाइएमा कारबाहीका लागि सिफारिस गर्नैछौँ”, उहाँले भन्नुभयो ।
अनुगमनका क्रममा दूधमा केमिकल नमिसाउन तथा प्लाष्टिकका भाँडामा दूध बोक्न तथा भण्डारण नगर्न सचेत गराइएको छ । दूध तथा दुग्ध पदार्थ उत्पादन मापदण्ड निर्देशिका–२०७५ अनुसार प्लाष्टिकका भाँडामा दूध बोक्न तथा भण्डारण गर्न पाइने छैन भने बास–दूध पनि बिक्र–गर्न पाइने छैन । उहाँले भन्नुभयो, “अब कृषकले बिहानको बिहानै र साँझको दूध साँझै बिक्र–गर्नुपर्नेछ ।”
निर्देशिकाअनुसार दूधमा स्वच्छता कायम गर्न धुलिखेलस्थित कार्यालयले पनौत–नपा, नमोबुद्ध नपास्थित भकुण्डे र पाँचखाल नपाका दूध व्यवसाय–एवं अगुवा कृषकलाई अभिमुखीकरण गराएको छ । क्रमैसँग जिल्लामा रहेका चिलिङ सेन्टर तथा दूध सङ्कलन केन्द्र अनुगमन गर्दै जाने खाद्य अनुसन्धान अधिकृत भण्डारीले बताउनुभयो ।
केह–व्यवसायीले दूध बोक्न तथा भण्डारण गर्न निर्देशिका अनुसारको स्टिल तथा आल्मुनियमका भाँडा प्रयोग गरिसकेका र केहीले भाँडा बनाउन दिएको बताएका छन् । निर्देशिका अनुसार अब कृषकले समेत प्लाष्टिकको भाँडोमा दूध बोक्न पाउने छैनन् ।
Leave a Reply