भर्खरै :

दूरदृष्टिविनाको जलचर संरक्षण विधेयक

सृजना सैंजू
जलचर संरक्षण र व्यवस्थापन वातावरण संरक्षणसँग अन्योन्याश्रित हुन्छ । वातावरणमा हरितगृह प्रभाव अर्थात् तापक्रम वृद्धि सम्पूर्ण नेपाल–जनताको टाउकोमाथि डेमोकल्सको तरवारको रूपमा झुण्डिरहेको छ । विश्वव्याप–तापक्रम वृद्धिसँग जुझ्ने नेपाल सरकारसँग ठोस उपाय नहुँदा नेपाल–सभ्यता तथा जीव–जन्तुको अस्तित्वमै प्रश्न उठिरहेको छ । यतातर्फ प्रदेश सरकारको ध्यान बेलैमा जान आवश्यक छ ।
प्रत्येक नागरिकको स्वच्छ वातावरणको अधिकार नेपालको संविधानले मौलिक हकको रूपमा स्वीकार गरेको तथ्य यस विधेयकले स्मरण गराउँछ । यद्यपि यथार्थ त तीतो छ – न जलचर, न जीव–जन्तु, न मानिसले स्वच्छ वातावरण पाइरहेका छन् । विज्ञहरू बताउँछन् – “काठमाडौं उपत्यकाको वायुमा क्यान्सर, हृदयघात, मस्तिष्कघात गराउने कण छताछुल्ल छ ।”
हाम्रा खोला, नदी–नाला, ताल, पोखर–नै सुरक्षित छैनन् भने जलचर कसर–सुरक्षित होलान् ? प्रश्न उठ्नु स्वाभाविक हो । प्रदेशकै प्रमुख बागमत–नदीको सरसफाइ अभियान कहाँ पुग्यो ? उपत्यकाको सौन्दर्यसँग समेत जोडिएको नद–के अब जलचरको निम्ति उपयुक्त बासस्थान बन्यो ? होइन भने कहिले बन्छ ?
बागमती, मनोहरा, टुकुचा, विष्णुमती, हनुमन्तेलगायतका खोलानालामा अतिक्रमण भइरहेका छन् । ताल–तलाउ, पोखर–अतिक्रमण भइरहेको ठूलठूला भवन निर्माण कार्य रोकिएको छैन । ललितपुरमा पिनङ पोखरीमाथि वृद्धाश्रम, काठमाडौँको कमलपोखरीमा छाया सेन्टर निर्माण त भर्खरैका केह–दृष्टान्त हुन् । सार्वजनिक पोखर–व्यक्तिको नाममा दर्ता हुने क्रम चलिरहेकै छ । जलचरको बासस्थान नै गायव भइरहेको दुःखद कुराको चर्चा नगर्नु उचित हुन्न । जल नै बाँक–नरहे केको जलचर ? प्रश्न उठ्नु जायज हो ।
खोला–नदीबाट बालुवा अवैध ढङ्गले दोहन गर्ने र बेच्ने काम रोकिएको छैन । यसर–जलचरको बासस्थान संरक्षणको अभावबीच जलचर संरक्षण कसर–सम्भव छ ? विधेयकले उपाय दिन सकेको छैन ।
साइबेरियादेखिका चराचुरुङ्गीहरूको बासस्थान यो प्रदेशको वातावरणीय संरक्षण र सन्तुलनको निम्ति कुनै अगुवाइ नहुनु अत्यन्त दुःखद पक्ष हो ।
जलचरको वातावरणीय प्रणालीमा खतरनाक मानवीय हस्तक्षेप रोक्न र वायुमण्डलमा हरितगृह ग्यास प्रदूषणलाई न्यूनीकरण गर्न विधेयकले कुनै चासो देखाएको छैन । वातावरणीय सन्तुलन राजनीतिक व्यवस्थासँग जोडिएको हुन्छ । विश्वव्याप–तापक्रम वृद्धिमा ठूलठूला साम्राज्यवाद–देशहरू जिम्मेवार रहेको जगजाहेर छ । त–विरुद्धको सचेतनापूर्ण अभियान आजको आवश्यकता हो ।
पुँजीवाद स्वयम् विश्व प्रदूषणको सबैभन्दा ठूलो कारक हो भन्दा अत्युक्ति हुन्न । निज–स्वामित्वका उद्योग–व्यवसाय, कारखाना आदिबाट उत्पादन हुने हानिकारक, फोहरमैला बेरोकतोक खोलानालामा मिसाइएको छ । सरकारले कुनै रोक्ने नीति, उपचार गर्ने नीति ल्याउन सकेको छैन । जलचरका विविध प्रजातिहरू लोपोन्मुख अवस्थामा छन् । कृषि क्षेत्रमा विषादीको व्यापक प्रयोग अर्को समस्या हो ।
तापक्रम वृद्धिले हिमाल पग्लन सुरु भएको छ । मौसम परिवर्तनको असर विभिन्न प्राकृतिक प्रकोपको रूपमा सामना गर्दैछौँ । जलचरलाई आफ्नो जीवनचक्रमा पर्यावरणीय असन्तुलनले बाधा पुगिरहेको छ ।
तर विधेयकले विश्वव्याप–तापक्रम वृद्धि र मौसम परिवर्तनबाट जलचरलाई सुरक्षित राख्ने कुनै उपाय या दूरदृष्टि दिनसकेको छैन । यतातर्फ विचार पु¥याइयोस् ।
(प्रदेश नं ३ को जेठ ६ गते सम्पन्न प्रदेशसभा बैठकमा ‘प्रदेशस्तरमा जलचर संरक्षण र व्यवस्थापन गर्न बनेको विधेयक’ माथि भएको सैद्धान्तिक छलफलमा सांसद सृजना सैंजूले राख्नुभएको विचार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *