भर्खरै :

जनप्रतिनिधिहरूको दुई वर्ष

सुनिल प्रजापति
(भक्तपुर नगरपालिकामा हालका जनप्रतिनिधिको पदबहाल–भएको दुई वर्ष पुगेको अवसरमा मङ्गलबार आयोजित कार्यक्रममा भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिद्वारा व्यक्त मन्तव्य)
‘सांस्कृतिक नगर’, ‘नाचगानको राजधानी’ जस्ता विशेषण पाएको भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको रूपमा पदभार ग्रहण गरेको आज दुई वर्ष पूरा भयो । यस अवधिमा निर्वाचनको बेला जनताबीच गरेका प्रतिबद्धता के–कति पूरा भए यहाँहरू स्वयम् जानकार हुनुहुन्छ ।
हाम–जनप्रतिनिधिहरूले चुनावमा नेपाल मजदुर किसान पार्टीले जार–गरेको घोषणापत्रलाई एक–एक गर–पूरा गर्ने कोसिस गर्दै छौँ । शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षण, खेलकुदजस्ता विषयहरूलाई प्राथमिकता तोकेर जनताको हितमा काम गर्दै छौँ ।
नेपालको संविधान २०७२ र सङ्घीयता कार्यान्वयनमा समस्या देखापर्दै छ । लामो समयसम्म सिंहदरबारमा बसेर शासन सञ्चालन गरेकाहरू अधिकार छाड्नै चाहँदैनन् । ‘गाउ–गाउँमा सिंहदरबार’ को नारा दिएर सिंहदरबार पुगेकाहरू एकात्मक शैलीमै शासन सञ्चालन गर्न खोज्दै छन् । संविधानले सङ्घ, प्रदेश र स्थानीय तहलाई आ–आफ्नो क्षेत्राधिकारभित्र स्वतन्त्र हैसियतले काम गर्नसक्ने अधिकार प्रदान गरेको छ । तापनि सङ्घमा बस्ने उच्च पदाधिकारीहरू स्थानीय तहको अधिकारमाथि हस्तक्षेप गर–नियन्त्रित सङ्घीयता लागू गर्न खोज्दै छन् ।
पछिल्लो उदाहरण हो, कर्मचार–समायोजन । देशभरका स्थानीय तहमा सङ्घले कर्मचार–पठाउनु स्वायत्तताविपरीत छ । हाम–आवश्यकताअनुसार कर्मचार–भर्ना गर्ने अधिकार स्थानीय तहलाई हुनुपर्छ भन्ने पक्षमा छौँ । प्रदेश लोकसेवा गठनपछि कर्मचार–प्रदेशबाट पठाउने कानुन–बन्दोबस्त विगतको भन्दा प्रतिगाम–छ । यो अधिकार जनतासम्म नपुग–प्रदेश तहसम्म पु¥याउने चाल हो । यसमा परिवर्तन आवश्यक छ ।
संविधानको धारा ३०४ मा सङ्घीय संसद बसेको एक वर्षपछि संविधानसँग बाँझिएका कानुनहरू स्वतः खारेज हुने व्यवस्था छ । केन्द्र सरकारले हालै देशभरका जिल्ला शिक्षा समन्वय एकाइको नाउँमा निर्देशन जार–गर्दै रिक्त शिक्षक करारमा भर्ना गर्न पत्राचार ग¥यो । मावि तहसम्मको सम्पूर्ण अधिकार स्थानीय तहमा गइसकेको अवस्थामा सङ्घ सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संविधानविपरीत पत्राचार गर्नुलाई स्थानीय तहले हस्तक्षेपको रूपमा लिएका छन् । यस्ता कामहरू बन्द हुनुपर्छ ।
सङ्घ र प्रदेशले नीति निर्माण गर्ने र स्थानीय तहले आफ्नो लागि नीति निर्माणका साथै सबै खालका विकास निर्माण गर्ने संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को भावना हो । तर, आ.व. २०७६÷७७ को बजेटको चर्चासँगै सङ्घीय सांसदहरू निर्वाचन क्षेत्र विकास कोष बढाउने दौडमा लागेको समाचारले हामीलाई सोच्न बाध्य बनायो । विगतमा स्थानीय तहमा जनप्रतिनिधि नभएको बेला दिइएको निर्वाचन क्षेत्र विकास बजेट अब खारेज गरिनुपर्छ । विकासको नाउँमा विनियोजन हुने रकम सङ्घ र प्रदेशले सीधै स्थानीय तहमा पठाइएमा विकास निर्माणको काम छिटो र छरितो हुनेछ ।
विकास निर्माणको काम ठेक्कापट्टामा गराउँदा गुणस्तरहीन निर्माणहरू भइरहेका छन् । सबैभन्दा कम रकम बोल कबोल गर्नेलाई नै ठेक्का दिनुपर्ने सार्वजनिक खरिद ऐन गुणस्तरहीन निर्माण हुनुको एउटा कारण हो । यसकारण समयअनुसार त्यसमा परिमार्जन गरिनुपर्छ ।
भक्तपुरले सम्पदा संरक्षणदेखि अन्य भौतिक संरचनाहरू निर्माण गर्दा स्थानीय जनताकै सहयोगमा उपभोक्ता समितिमार्फत गर्ने नीति लिँदै आएको छ । उपभोक्ता समितिमा बसेर मौलिक शैलीमा कुनै किसिमको आँच आउन नदिई निरन्तर खटेर काम गर्ने सबै नगरवासीहरू धन्यवादका पात्र हुन् ।
आर्थिक वर्ष २०७५÷७६ को लागि चालूतर्फ रु. ८७ करोड ९३ लाख ८८ हजार र पुँजीगततर्फ रु. ८५ करोड ४३ लाख १२ हजार गर–जम्मा रु. १ अर्ब ७३ करोड ४० लाख विनियोजन गरिएकोमा ०७६ वैशाख मसान्तसम्म चालूतर्फ रु. ४८ करोड १६ लाख २९ हजार (५४.७६ प्रतिशत) खर्च भइसकेको छ भने पुँजीगततर्फ रु. ३५ करोड ९२ लाख ९ हजार विनियोजनको (४२ प्रतिशत ) खर्च भइसकेको छ ।
गत वर्ष २०७४÷७५ को साउनदेखि वैशाखसम्मको कुल आन्तरिक आत्न्दा यस आर्थिक वर्ष २०७५÷७६ को सोह–अवधिमा रु. ५ करोड ८० लाखको आन्तरिक आय वृद्धि भएको छ । यसमा पर्यटक शुल्कमा रु. २ करोड ९४ लाख २५ हजार रुपैयाँले वृद्धि भएको छ भने गैरपर्यटन (विभिन्न कर दस्तुर) क्षेत्रको वृद्धि रु. २ करोड ८५ लाख ७५ हजार रहेको छ ।
नगरवासीहरूलाई सहज र सहुलियतरूपमा नगरपालिकाले विभिन्न छुट प्रदान गर्नुका साथै सबै करदातालाई समानरूपमा करको दायरामा ल्याई चैत महिनामा कर टोलीको व्यवस्थापन गर–१० वटै वडाका पसल व्यवसायमा पुग–व्यवसाय दर्ताको अभियान चलाइयो । सो अभियानबाट १,०५० नयाँ थप व्यवसाय दर्ता भई रु. ५१ लाख ३७ हजार २५० कर सड्ढलन भयोे । सम्पत्ति करमा दिइएको ५० प्रतिशत छुटको अवधि २०७६ असार मसान्तसम्म थप गरिएको छ भने व्यवसाय करको हर्जानामा दिइएको छुटको अवधि २०७६ जेठ मसान्तसम्म थप गरिएको छ ।
अब आर्थिक वर्ष २०७५÷७६ मा नगरपालिकाले गरेका महत्वपूर्ण कामहरूको सङ्क्षिप्तमा चर्चा गर्नेछौँ ।
१) शिक्षा ः
–भक्तपुर नगरपालिकाले शिक्षालाई उच्च प्राथमिकतामा राख–सात वटा शैक्षिक संस्थाहरू खोलेर देशभरका जनताको सेवा गर्दै आएको छ ।
–ख्वप इञ्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको आयोजनामा २०७६ वैशाख १२ देखि १४ गतेसम्म ‘भूकम्प इन्जिनियरिङ र विपदपछिको पुनःनिर्माण’ विषयमा दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भयो । चीन, भारत, बङ्गलादेशलगायत ९ वटा देशका ६२ जना शोधकर्ताले सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत गरेको सम्मेलनले मौलिकता जोगाउनुपर्ने र पुनःनिर्माण गर्दा अध्ययन अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकाल्यो ।
–यह–जेठ ३० र ३१ गते ख्वप कलेजको आयोजनामा आर्थिक विकाससम्बन्ध–राष्ट्रिय गोष्ठ–हुँदै छ । यस्ता गतिविधिहरूबाट नगरपालिकाद्वारा सञ्चालित कलेजहरूलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन मद्दत पुग्ने हाम्रो विश्वास छ ।
–आर्थिक कारणले कुनै पनि विद्यार्थी पढाइबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले भनपाले प्रतिविद्यार्थी ५ लाखसम्म सहुलियत ब्याज दरमा ऋण प्रदान गर्ने व्यवस्था ग¥यो । वडा वडाबाट प्राप्त सिफारिसको आधारमा ३४ जना विद्यार्थीहरूलाई ऋण उपलब्ध गराउने निर्णय भई प्रक्रिया अघि बढेको छ ।
–इतिहास, भूगोल, राजनीतिशास्त्र, संस्कृति, नेपालभाषा विषय पढ्ने छात्र छात्राहरूलाई आकर्षित गर्न नगरपालिकाको तर्फबाट छात्रवृत्ति दिंदै छौँ ।
–माध्यमिक विद्यालय तहसम्मको शिक्षाको जिम्मेवार–नगरपालिकामा आएपछि भक्तपुर नगरपालिकाले शिक्षा ऐन, २०७४ जार–ग¥यो । ऐनबमोजिम विद्यार्थी शिक्षक अनुपातमा शिक्षक व्यवस्थापन, शैक्षिक क्यालेण्डरको व्यवस्था, विषयगत शिक्षक तालिम तथा अनुगमन, कक्षा ८ को परीक्षा सञ्चालन र प्रश्नपत्र निर्माण एवम् उत्तरपुस्तिका परीक्षणसम्बन्ध–कार्यशाला गोष्ठीलगायतका कार्यहरू सम्पन्न भए ।
–सामुदायिक र संस्थागत विद्यालयहरूबीच शैक्षिक गुणस्तरमा समानता ल्याउने उद्देश्यले चित्रकला, वक्तृत्वकला, निबन्धलेखन, खेलकुद प्रतियोगिताहरू र शिक्षक तालिमहरू सँगसँगै लाने नीति लिएको छ ।
–स्थानीय पाठ्यक्रमअन्तर्गत गत वर्ष कक्षा १ र ६ मा अध्ययन अध्यापन सुरु गरिएकोमा यो वर्ष कक्षा २ र ७ मा थप गरिएको छ भने क्रमशः आगाम–वर्षमा कक्षा १ देखि ८ सम्म लागू गरिनेछ ।
–विद्यालयहरूमा आइसीट–९क्ष्ऋत्० सहितको पुस्तकालय निर्माण तथा विज्ञान प्रयोगशाला व्यवस्थापनको लागि यो वर्ष ६ वटा विद्यालयलाई प्रतिविद्यालय रु. ६ लाख ५० हजारका दरले जम्मा रु. ३९ लाख आर्थिक सहयोग प्रदान गरियो भने शौचालय निर्माणको लागि यो वर्ष २ वटा विद्यालयलाई रु. ७ लाखको दरले रु. १४ लाख आर्थिक सहयोग प्रदान गरियो । ६ वटा विद्यालयको क्रमागत भौतिक सुधारको लागि रु. १८ लाखका दरले जम्मा रु. १ करोड ८ लाख आर्थिक सहयोग प्रदान गरिएको छ । यसको अलावा भौतिक संरचना निर्माण तथा मर्मतको लागि २ वटा विद्यालयहरूलाई रु. १६,८८,२५३।३९ सहयोग प्रदान गरियो ।
–चिकित्सा क्षेत्रमा उच्च जनशक्तिको अभावलाई ध्यानमा राखेर २ जना एमबीबीएस डाक्टरहरूलाई उच्च शिक्षाको लागि छात्रवृत्ति दिने निर्णयअनुसार प्रक्रिया अगाडि बढाइएको छ ।
–ख्वप कलेजमा यह–वर्षबाट बीबीएमको कक्षा सुरु भयो भने ख्वप माविमा कानुन र चित्रकलाको कक्षा सञ्चालनको प्रक्रिया अगाडि बढाइसकेका छौँ ।
–सिद्धि शारदा आधारभूत विद्यालय र वागीश्वर–माध्यमिक विद्यालयलाई भवन निर्माणको लागि नगरपालिकाको तर्फबाट लिबाल–आवास योजनामा जग्गा भोगाधिकार प्रदान गरेका छौँ ।
–जनज्योति पुस्तकालयलाई स्तरोन्नति गर्ने काम भइरहेको छ । यस वर्ष रु. ८ लाखभन्दा बढीको पुस्तक थप गरिएको छ ।
२) स्वास्थ्य ः
–भक्तपुर नगरपालिकाले ३ वटा जनस्वास्थ्य केन्द्र सञ्चालन र इमर्जेन्स–सेवा प्रदान गर्दै आएको छ । हाल जनस्वास्थ्य केन्द्रमा नाक, कान, घाँटी, बाल रोग, स्त्र–रोगलगायत आठ विभिन्न रोगको विशेषज्ञ सेवा उपलब्ध छन् । नगरपालिकाअन्तर्गत सञ्चालित जनस्वास्थय केन्द्रहरूमा कुल १३ विशेषज्ञ र अन्य १५ चिकित्सक गर–हाल २८ चिकित्सकहरू तथा सोह–अनुपातमा नर्सहरू कार्यरत छन् । तीनवटै स्वास्थ्य केन्द्रहरूबाट गर–दैनिक ५०० भन्दा बढ–बिरामीहरूको सेवा भइरहेको छ ।
–२०७५ फागुन ९ गते ख्वप अस्पताल भवनको शिलान्यास गर–निर्माण कार्य सुरु भएको छ । ३ वर्षमा अस्पताल सञ्चालनमा ल्याउने लक्ष्यसहित निर्माण कार्य भइरहेको छ । –घर–घरमा नर्सिङ सेवा प्रदान गर्दा नगरवास–ज्येष्ठ नागरिक, सुत्केर–महिला र असहाय व्यक्तिहरूको लागि ठूलो सेवा पुगेको प्रतिक्रिया पाएका छौँ । नर्स तथा महिला स्वास्थ्य स्वयम्सेविकाहरू घरदैलो गई तथ्याड्ढ सड्ढलन गर्दा नगरवासीहरूमा सबैभन्दा बढ–उच्च रक्तचाप (प्रेसर), दोस्रोमा मधुमेह (सुगर) र तेस्रोमा दम रोग देखिएको छ । यसको अर्थ नसर्ने दीर्घरोगहरूबाट अधिकांश नगरवासीहरू पीडित भएको प्रस्ट हुन्छ ।
–भनपा र तिलगंगा आँखा प्रतिष्ठानबीचको समन्वयमा च्याम्हासिंगमा सामुदायिक आँखा केन्द्र सञ्चालनमा छ । २०७५ चैत १५ गतेबाट मोतिबिन्दुको अप्रेसन भक्तपुरमै सुरु भयो । दैनिक ८०—९० जनासम्म आँखाका बिरामीहरूको उपचार हुने गरेको छ ।
–२०७६ जेठ १ गतेबाट जनस्वास्थ्य केन्द्रमा २४ सै घण्टा एक्सरे सेवा, सामान्य शल्यक्रिया पनि सुरु भयो । यह–वर्षदेखि अल्ट्रासाउन्ड सेवा, मानसिक रोग विशेषज्ञबाट परामर्श सेवा प्रदान गर्दै आएको छ भने आवश्यकताअनुसार सेवाहरू थपिँदै लगिने छ ।
–जनस्वास्थ्य केन्द्रमा यह–वर्षदेखि नगरपालिकाकै नाउँमा फार्मेस–दर्ता गर–च्याम्हासिंग र भगवत–स्थानमा नगरपालिकाकै जनशक्तिबाट औषधि पसल सञ्चालन सुरु भयो ।
–नगरवासीहरूलाई सहज स्वास्थ्य उपचारमा पहुँच बढाउने ध्येयले वडा वडामा पाठेघर परीक्षण, चिन–रोग, मृगौला, उच्च रक्तचाप र आँखा शिविरहरू सञ्चालन हुँदै छन् ।
–भनपा वडा नं. ९ मा जापान सरकारको सहयोगमा छात–पुनःस्थापना केन्द्र निर्माण जेठ २ गतेबाट भयो । ८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको उक्त भवनमा दमखोक–र श्वास प्रश्वासको विशेष तालिम सञ्चालन हुनेछ । नेपालमै पहिलोपटक स्थापना हुन गइरहेको उक्त केन्द्रले श्वासप्रश्वासको समस्या भएका बिराम–र ज्येष्ठ नागरिकहरूलाई सहयोग पु¥याउनेछ ।
–आयुर्वेदिक सेवालाई निरन्तरता दिँदै आएकोमा कर्मचार–समायोजनपछि केह–समस्या देखिएको छ ।
–कडा रोग मस्तिष्कघात, मुटु रोग, क्यान्सर र मृगौला रोग लागेकाहरूलाई जनह–रु. १०,००० का दरले नपाले आर्थिक सहयोग गर्दै आएको छ ।
–२०७६ जेठ १ गतेबाट मुख्यमन्त्र–जनता स्वास्थ्य परीक्षण कार्यक्रम भक्तपुरमा लागू भयो ।
–अपाङ्गतासम्बन्ध–परिचयपत्र वितरण गर्न वर्गीकरण गर्ने कार्य भइरहेको छ ।
३) सरसफाइ ः
–भक्तपुर नगरलाई सरसफाइको उत्कृष्ट नगर बनाउन हाम–जनप्रतिनिधिहरू क्रियाशील छौँ । १५८ जना कर्मचारीमार्फत दैनिक सरसफाइ गर्दै आएकोमा २०७४ साउन १ गतेदेखि महिनाको २ दिन प्रत्येक महिनाको १ र १५ गते नियमित सरसफाइ गर्दै आएका छौँ ।
–२०७६ जेठ १ गतेबाट प्रत्येक वडामा १÷१ वटा ट्राइसाइकलमार्फत छुट्टाछुट्टै दिन कुहिने र नकुहिने फोहर सड्ढलन सुरु भएको छ ।
–यह–महिनादेखि श्यानिटेसन शाखामा काम गर्ने सबै १५८ कर्मचारीहरूको नियमित र निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरेका छौंँ ।
–फोहर व्यवस्थापनको दीर्घकालीन समाधानको लागि विशेषज्ञहरूको टोल–गठन गर–अध्ययन अनुसन्धान भइरहेको छ । प्रतिवेदन प्राप्त भएपछि त्यसलाई कार्यान्वयन गरिनेछ ।
–नक्सापास गर्ने घरधनीहरूलाई सहुलियत दरमा कम्पोष्ट बिन वितरण गर्दै आएको छ ।
–वातावरणलाई सफा र स्वच्छ बनाउन नगरको महत्वपूर्ण चौडा सडकहरूको दायाँ बायाँ रुखहरू रोप्ने काम गरिरहेका छौँ ।
–भनपा वडा नं. १ स्थित १०८ रोपन–जग्गाको संरक्षणसँगै वृक्षरोपण गरियो ।
४) विकास निर्माण ः
–आर्थिक वर्ष २०७५÷७६ भौतिक पूर्वाधार विकासतर्फ ६९ वटा र सम्पदा संरक्षणतर्फ २५ वटा गर–९४ वटा नयाँ योजनाहरू सञ्चालन भएको र २०७४÷७५ मा क्रमागत योजना ४७ र सम्पदा संरक्षणतर्फ २७ गर–जम्मा १६८ वटा योजना सञ्चालनमा रहेकोमा क्रमागत योजनाहरू ४४ वटा र नयाँ योजनाहरू ६१ वटा गर–१०५ वटा योजनाहरू सम्पन्न भए ।
–क्रमागत योजनाको लागि रु. १४ करोड ५९ लाख १९ हजार ७१९ रुपैयाँ र चालू योजनाको लागि रु. ७ करोड ३३ लाख ७० हजार ७५४ रुपैयाँ गर–कुल रु. २१ करोड ९२ लाख ९० हजार ४७३ रुपैयाँ खर्च भइसकेको छ ।
–भनपा वडा नं. १ को कार्यालय भवन, तलेजु आँग द्योः निर्माण सम्पन्न, भनपा वडा नं. ७ को गय् भिंद्यो पुल निर्माण, भैरवनाथको मन्दिर जीर्णोद्धार, भनपा ९ स्थित बहुउद्देश्यीय भवन, माहेश्वर–घाट निर्माण, भाज्या पोखर–सडकमा ढुङ्गा छाप्नेलगायतका योजनाहरू उल्लेखनीय छन् ।
५) खेलकुद ः
–युवाहरूको शारीरिक र मानसिक विकासलाई ध्यानमा राख्दै भनपाको आयोजनामा २०७५ कार्तिक ११ गतेदेखि १७ गतेसम्म नगरव्याप–विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न भयो । ९२ वटा विद्यालयमध्ये ६७ वटा विद्यालयले भाग लिएको उक्त प्रतियोगितामा १३ वटा खेल विधामा १८०० भन्दा बढ–खेलाडीहरूले भाग लिए ।
–२०४६ सालको जनआन्दोलनमा भक्तपुरबाट सहादत प्राप्त वीर सहिदहरूको सम्मानमा २०७५ फागुन ५ देखि ७ गतेसम्म अन्तरनगर कराँते प्रतियोगिता सम्पन्न भयो । प्रतियोगितामा देशभरका २२ वटा नगरपालिकाबाट खेलाडीहरू सहभाग–भए ।
–भक्तपुर नगरपालिकाले वडा–वडामा व्यायाम स्थल स्थापना ग¥यो । ज्येष्ठ नागरिक, युवा सबै उमेर समूहका नागरिकहरूलाई यसले शारीरिक र मानसिक स्वास्थ्यको लागि फाइदा पु¥याउनेछ । ख्वप कलेज र ख्वप इन्जिनियरिङ कलेजमा पनि व्यायाम सामग्र–पठाएका छौँ । आवश्यकताअनुसार विद्यालयहरूमा पनि विस्तार गर्दै लगिने छ ।
–भनपाले फूटबल, भलिबल, बक्सिङ, कराँते, टेबुलटेनिस गर–५ वटा खेलको नियमित प्रशिक्षण दिँदै आएकोमा यो वर्षदेखि जिम्नेष्टिक खेलको पनि तालिम सुुरु ग¥यो ।
–खेलाडीहरूको मनोबल बढाउने उद्देश्यले भक्तपुर जिल्लाबाट वर्षको उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी, रेफ्रि र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभाग–भई मेडल जित्न सफल तथा सहभागीहरूलाई २०७६ वैशाख १३ गते सम्मान गरियो ।
–नगरपालिका दिवसको अवसरमा जनप्रतिनिधि र कर्मचारीहरूबीच बेग्लाबेग्लै विभिन्न खेलको प्रतियोगिता भयो ।
–विद्यालयहरूमा खेलाइने मार्चपास व्यवस्थित गराउने उद्देश्यले भक्तपुर नपाले यो वर्ष मार्चपास प्रतियोगिताको आयोजना ग¥यो ।
–वडा वडामा खेलकुद गतिविधिलाई अझ सक्रिय बनाउन प्रत्येक वडालाई रु. ७५,०००।– (पचहत्तर हजार रुपैयाँ) को खेलकुद सामग्र–प्रदान गरियो ।
–महिलाहरूको आत्मरक्षाको लागि विभिन्न स्थानमा तालिम सञ्चालन गरियो ।
–खेलकुद नीतिअनुसार खेलकुद प्रतियोगिता आयोजना गर्ने टीम, क्लव वा सङ्घ संस्थाहरूलाई सहयोग गर्दै आएको छ । भनपा वडा नं. ४ वडा समितिको आयोजनामा राष्ट्रव्याप–आमन्त्रण कबड्ड–प्रतियोगिता, भनपा वडा नं. १ को आयोजनामा नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता, भनपा वडा नं. ९ को आयोजनामा भक्तपुर जिल्लाव्याप–पावर लिफ्टिङ प्रतियोगिता र भनपा वडा नं. ७ को आयोजनामा फुटसल प्रतियोगिताहरू सम्पन्न भए । त्यस्तै भनपा वडा नं. ६ ले युवाहरूलाई किक बक्सिङ खेलको प्रशिक्षण दिइरहेको छ ।
–भनपा २ स्थित सहिद स्मृति खेलमैदान र भनपा ७ स्थित महेश्वर–खेल मैदानको सुधारको काम हुँदै छ ।
६) खानेपानी
–खानेपान–भक्तपुरका जनताको प्रमुख समस्या हो । खानेपान–समस्यालाई ध्यानमा राख–भनपा २ सल्लाघारी, भनपा ७ गोल्मढी, भनपा ८ लिबाल–र भनपा ९ तुमचो दुगुरे आवास योजनामा डीप बोरिङ गर–त–ठाउँहरूमा पान–ट्याड्ढ–निर्माणको कार्य भइरहेको र काठमाडौँ उपत्यका खानेपान–लिमिटेडले थुसाचामा डीप बोरिङ सुरु गरेको छ ।
–नगरका ठाउँ—ठाउँमा पाइप बिग्रेर चुहावट भइरहेको हुँदा पाइप फेरेर वितरण प्रणालीमा सुधारका कार्यहरू हुँदै छ ।
–भनपा वडा नं. १ भार्वाचोमा आकाशे पान–सड्ढलनको व्यवस्था मिलाइएको छ ।
७. पर्यटन
पर्यटन भक्तपुर नगरपालिकाको प्रमुख आयस्रोत हो । नगरपालिकाले पर्यटकहरूको सेवा सुविधाको लागि विभिन्न कार्यहरू गर्दै छ । आर्थिक वर्ष २०७५ साउन १ गतेदेखि २०७६ वैशाख मसान्तसम्म गैरसार्क पर्यटकहरू १,२९,८३० जना र सार्क तथा चिनियाँ पर्यटकहरू ९६,५४० जना गर–जम्मा २,२६,३७० जनाले भक्तपुर भ्रमण गरे । गत आर्थिक वर्षको सोह–अवधिमा गैरसार्क पर्यटकहरू १,१६,६५७ जना र सार्क तथा चिनियाँ पर्यटकहरू ८१,१२८ जना गर–जम्मा १,९७,७८५ जनाले भक्तपुर भ्रमण गरेका थिए । यस आर्थिक वर्षमा गैरसार्क पर्यटकहरू १३,१७३ जना (११.२९) र सार्क तथा चिनियाँ पर्यटकहरू १५,४१२ (१९ प्रतिशत) जना गर–जम्मा २८,५८५ (१४.४५ प्रतिशत) जना पर्यटकहरू वृद्धि भएको छ ।
८) कृषि ः
–क्षेत्रफलमा सानो नगर भए पनि बहुसङ्ख्यक जनता कृषि पेशामा संलग्न भएको हुँदा किसानहरूको हितलाई ध्यानमा राखेर भनपाले मौसमअनुसारको उन्नत जातको अन्न र तरकारीको बीउ वितरण गर्दै छ । प्रतिपरिवार आलु र गहुँ ५ केज–र धान ३ केजीका दरले निःशुल्क वितरण गर्दै छ ।
–कृषि उत्पादकत्व वृद्धिको लागि माटो परीक्षण तालिम, विषाद–प्रयोगसम्बन्ध–तालिम, गद्यौला मल उत्पादन, कौस–खेती, च्याउ खेतीलगायत बेमौसम–तरकार–खेतीको तालिम सम्पन्न ग¥यो ।
–कृषि चुन वितरण, गहुँ चुट्ने थ्रेसर वडा वडामा वितरण गर्नुका साथै भुस्याहा कुकुर व्यवस्थापन तथा छाडा वस्तु व्यवस्थापनको काम पनि नगरपालिकाले प्रहर–प्रशासन, ट्राफिकसँग समन्वयमा गर्दै छ ।
–हाल ५ महिने कृषि तालिम सञ्चालन भइरहेको छ ।
९) आवास योजना
–भक्तपुर नगरपालिकाद्वारा सञ्चालित भनपा वडा नं. ९ मा तुमचो दुगुरे आवास योजना हाल अन्तिम चरणमा पुगेको छ । आयोजना क्षेत्रलाई ८ वटा ब्लकमा विभाजन गर–अलग्ग—अलग्ग उपभोक्ता समिति गठन गर–कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ । भनपा र विद्युत् प्राधिकरणबीच सम्झौता गर–आयोजनाले ६० प्रतिशत र प्राधिकरणले ४० प्रतिशत व्यहोर्ने गर–५ वटा ट्रान्सफर्मर जडान गर–विद्युतीकरणको काम सम्पन्न भइसकेको छ । जनप्रतिनिधि बहालीपछिको दुई वर्षमा सडक पीच, खानेपानी, ढलान कार्य, विद्युत्लगायतका कार्यमा आयोजना क्षेत्रमा रु. १६ करोडभन्दा बढीको विकास निर्माण कार्य सम्पन्न भइसकेको छ र काम तीव्रगतिमा भइरहेको छ ।
–भनपा वडा नं. २ मा सञ्चालित देको मिवा इटापाके आवास योजनामा हाल तीव्रगतिमा निर्माणका कार्यहरू भइरहेका छन् । आयोजनाको ६ वटा ब्लकहरूमध्ये ३ वटा ब्लक (ब्लक ए, बी, सी) हरूको रिप्लटिङ कार्य अन्तिम चरणमा (करिब ८० प्रतिशत) पुगेको र आगाम–आर्थिक वर्षको सुरुवातसँगै अस्थाय–पुर्जा वितरणको प्रक्रिया अगाडि बढाइने तयार–छ ।
–आयोजनाको ६ वटा ब्लकहरूमध्ये ब्लक ए, ब–र स–मा सडकको रिटेनिङ वाल निर्माण कार्य अन्तिम चरणमा पुगेको र हालसम्म करिब १०.८ किमि लम्बाइ सडकका रिटेनिङ वाल (१९४०० घ.मि.) निर्माण कार्य सम्पन्न भइसकेको छ ।
–ब्लक ड–र ई मा स्थानीय उपभोक्ता समितिहरूमार्फत रिटेनिङ वाल निर्माण कार्य अगाडि बढाइएको छ । हालसम्म विभिन्न स्थानमा १४ वटा उपभोक्ता समितिहरूमार्फत रु. १३ करोड ४० लाख ३३ हजार लगत अनुमानको कार्य अगाडि बढिरहेको र थप रु. ३ करोड लागत अनुमानको रिटेनिङ वाल निर्माण कार्य सञ्चालन हुने क्रममा रहेको छ ।
१०) बजार अनुगमन ः
–भक्तपुर नगरपालिकाले नगरवासीहरूको स्वास्थ्यसित प्रत्यक्ष सरोकार राख्ने औषधि पसल, खाद्य पसल, मासु पसल, होटल–रेष्टुरेन्ट, फलफूल पसल, दही, ब्युट–पार्लरलगायतमा नियमित अनुगमन गर्दैै छ । अनुगमनको क्रममा अनुमतिबिना पसल खोलेको, नगरपालिकामा दर्ता नभएको, मिसावट र म्याद नाघेका, अखाद्य वस्तु वा औषधि फेला परेपछि पसल व्यवसाय दर्ता गराउने, सामान जफत गर–नस्ट गर्ने र त्यस्ता व्यापारीलाई आवश्यक कारबाह–गर्ने तथा सरसफाइ, ढक–तराजुको निरीक्षण गर्दै आएको छ । जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने व्यापारीहरूलाई कारबाह–गर्नुका साथै कसुर हेर–सचेत पार्ने र दण्ड सजाय गर्दैै आएको छ ।
११) नक्सा पास ः
–यो आर्थिक वर्षमा जम्मा ६२९ वटा नक्सा दर्ता भएकोमा ५८५ वटा नक्सापास भए भने १३६ वटाले घर निर्माण सम्पन्न प्रमाणपत्र प्राप्त गरे ।
–पुरानो सम्पदा क्षेत्रमा घर निर्माण गर्ने घरधनीहरूको लागि मौलिक शैलीमा घर निर्माण गरेमा मोहडामा लाग्ने इँटा, झिङ्गट–र काठको लागि लाग्ने खर्चको ३५ प्रतिशत अनुदानलाई निरन्तरता दिंदै छौँ ।
–अनियमित कार्यलाई नियन्त्रण गर्न नगरपालिकाले कारबाह–गर्दै आएको र न्यायिक समितिमार्फत कानुनबमोजिम न्याय सम्पादन गर्दै आएको छ ।
१२) संस्कृति संरक्षण
–हाम्रो संस्कृति नै हाम्रो पहिचान भएकोले संस्कृति संरक्षणको लागि भनपाले निरन्तर विभिन्न गतिविधिहरू गर्दै छ । गाईजात्रामा प्रदर्शित हुने नाटक, नृत्य, प्रहसन, घिन्ताङघिसीलाई प्रतियोगितात्मक मूल्याड्ढन गर–जात्रा व्यवस्थित र मर्यादित बनाउने कोसिस गर्दै छ ।
–हरेक वर्ष एउटा सांस्कृतिक प्रतियोगिता गर्ने नीतिअनुसार यो वर्ष नगरव्याप–धाँ बाजा प्रतियोगिता सम्पन्न भयो । प्रतियोगितामा ३७ वटा धाँ बाजा समूहले भाग लिए । पुराना र नयाँ पुस्तालाई एउटै मञ्चमा उभ्याउन प्रतियोगिता सफल भयो । प्रतियोगिताले हाम्रो संस्कृति नयाँ पुस्तामा हस्तान्तरणको सन्देश पनि दियो ।
–सांस्कृतिक संरक्षणमा निरन्तर लागेका संस्कृतिकर्मीहरूको योगदानको उच्च मूल्याड्ढन गर–प्रत्येक वडाका २–२ जना संस्कृतिकर्मीहरूलाई नगरपालिकाले सम्मान ग¥यो ।
–भक्तपुर नगरपालिकाले सांस्कृतिक माध्यमबाट मित्रता बढाउँदै जाने उद्देश्यअनुरुप सिन्धुपाल्चोक जिल्ला चौतारास्थित सिन्धु नेवाः खलको आग्रहमा भक्तपुरको सांस्कृतिक झाँकीहरू पठाई प्रदर्शन गरियो ।
–भनपा वडा नं. १ स्थित भाज्या पोखर–जीर्णोद्धार हुँदै छ । सम्पदाको जीर्णोद्धारसँगै अध्ययन अनुसन्धानमा पनि हामीले जोड दिँदै छौँ । भाज्या पुखु ३०० वर्ष पुरानो भन–अध्ययन गर्दै आएकोमा डा. पुरुषोत्तमलोचन श्रेष्ठको संयोजकत्वमा गठित प्राविधिक टोलीले सात महिनाको अध्ययन अनुसन्धानपछि ८०० वर्ष पुरानो भन्ने प्रतिवेदन बुझायो । पोखर–मौलिक स्वरुपमै जीर्णोद्धार गर्न अझ चुनौत–थपिएको छ ।
–भक्तपुरको अर्को महत्वपूर्ण रानीपोखर–पञ्चायतकालमा सेनाले आफ्नो नियन्त्रणमा लिएर सर्वसाधारणलाई प्रवेश निषेध गर्दै आएकोमा पोखर–जीर्ण र पोखरीसँगैको पाट–भग्नावशेषमा परिणत भइसकेको हुँदा जीर्णोद्धारको लागि हामीले निरन्तर पहल ग¥यौँ । नेपाल–सेनासँगको सहमतिपछि पोखरीको नाप नक्सा गर्ने, अध्ययन, अनुसन्धान गर–मौलिक शैलीमै नगरपालिकाले निर्माण गर्ने, पोखर–सर्वसाधारण जनताको लागि खुला हुने भएको छ । सहमतिपश्चात् ख्वप इन्जिनियरिङ कलेजका प्राविधिकहरूबाट नाप नक्सा गरियो भने पोखर–जीर्णोद्धारको निम्ति प्रक्रिया अगाडि बढाउने क्रममा छौँ ।
–रानीपोखरीमा आउनेहरूको लागि सवार–साधन पार्किङको लागि रानीपोखरीको दक्षिणस्थित दूध चिस्यान केन्द्र रहेको ठाउँ प्रयोग गर्ने र सिद्धपोखरीको उत्तर, भक्तपुर अस्पतालको पश्चिमतर्फको खेलमैदान सर्वसाधारण जनताको लागि निश्चित समय खुला हुनेछ ।
१३) विभिन्न सीपमूलक तालिम सञ्चालन
–भनपाले युवाहरूलाई लक्षित गर–विभिन्न सीपमूलक तालिम सञ्चालनमा जोड दिँदै छ । आर्थिक वर्ष २०७५÷७६ मा चिनियाँ भाषा तालिम, नेपालभाषा लिपि, काष्ठकला, हेयर कटिङ, पाक शिक्षा, बेमौसम–खेती, रेडियो प्रस्तोता, सिलाइ, स्थानीय पथप्रदर्शक तालिम सम्पन्न भए भने प्रस्तरकला, धातुकला, फोटोग्राफीसम्बन्ध–तालिमको तयार–भइरहेको छ ।
–यस अवधिमा नगरभित्र सञ्चालित सहकार–संस्थाका प्रतिनिधिहरूलाई पल्र्ससम्बन्ध–तालिम सञ्चालन तथा सहकार–अनुगमन गर्दै आएको तथा नगरपालिकाका कर्मचारीहरूलाई लेखासम्बन्ध–पुनःताजग–तालिम पनि सम्पन्न गरियो ।
१४) सञ्चारमा भनपा ः
–इमानदारिता र पारदर्शितालाई जनप्रतिनिधिहरूले ध्यानमा राख्दै नगरपालिकाका हरेक गतिविधि, आय–व्यय सबै नागरिकहरूसमक्ष समयमै जानकार–दिँदै आएको छ । भनपाले मासिक प्रकाशन ‘भक्तपुर’, पाक्षिक प्रकाशन नेपालभाषाको ‘ख्वप पौ’, रेडियो कार्यक्रम ख्वप सः हप्ताको २ दिन (२ घण्टा) सञ्चालन गर्दै आएको र नगरपालिकाको राजपत्र नियमित प्रकाशन गर्दै आएको छ ।
–समयअनुसार नगरपालिकाको गतिविधि छिटोछरितो प्रसारणको लागि फेसबुक पेज (भक्तपुर म्युनिसिपालिटि), मोबाइल एप्स, अडियो नोटिस र वेभसाइटमार्फत भइरहेका छन् भने दिनहुँ आउने आन्तरिक र बाह्य पर्यटकहरूको सुविधालाई ध्यानमा राखेर टौमढी, दरबार क्षेत्र, दत्तात्रय क्षेत्र, भनपा १ स्थित अस्पताल क्षेत्रमा फ्रि वाइफाइको प्रक्रिया अगाडि बढेको छ भने नपा भवन क्षेत्रमा भने प्रारम्भ भइसकेको छ ।
१५) भूकम्पपछिको पुनःनिर्माण र सम्पदा संरक्षण ः
–२०७२ को भूकम्पबाट भक्तपुर नगरमा ८ हजार घर र ११५ भन्दा बढ–सम्पदा भत्केकोमा सम्पदा पुनःनिर्माण र निज–आवास निर्माणलाई हामीले चुनौतीको रूपमा लियौं ।
–सम्पदा निर्माण तीव्रगतिमा अगाडि बढ्यो । भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरूमध्ये हालसम्ममा १७ वटा मन्दिर, ३४ वटा पाटी, ४ वटा द्योःछेँ, २ वटा प्रवेशद्वार, ५ वटा पोखरी, ५ वटा इनार, ६ वटा सत्तल, ५ वटा ढुङ्गेधारा र अन्य ५ गर–८३ वटा सम्पदाहरूको पुनःनिर्माण तथा जीर्णोद्धार सम्पन्न भइसके भने ३२ वटा निर्माणाधीन छन् ।
–निज–घरतर्फ ७६१९ लाभग्राह–सूचीमा देखिए पनि पहिलो किस्ता लिनेहरूको सङ्ख्या ५५३०, दोस्रो किस्ता लिनेहरू १७०३ र तेस्रो किस्ता लिनेहरूको सङ्ख्या १४६० छन् ।
–भूकम्पपछि लामो समय घर निर्माण गर्न नसक्नुमा किस्ताबन्दीमा रकम उपलब्ध गराउनु, बहुस्वामित्व, मुद्दा मामिला, घरधनीको नाउँमा पुर्जा नहुनु र मोहियान–तथा गुठ–जग्गामा घर निर्माण गरेर बस्नु हो । यसको लागि अनुदान रकम बढाउनुपर्ने, एकमुस्त दिनुपर्ने, जग्गाधन–पुर्जा नभए पनि घर भत्केको प्रमाणको आधारमा अनुदान दिनुपर्ने माग गर्दै आएका छौँ ।
१६) पर्ती जग्गा संरक्षण ः
भनपा वडा नं. १ सल्लाघारीमा ७ रोपन–र भनपा वडा नं. १० कमलविनायकमा ८ रोपन–जग्गा संरक्षणको काम भइरहेको छ । त्यसैगर–नेपाल सरकार र नेपाल ट्रष्टको नाउँमा रहेको सल्लाघारीको १०८ रोपन–जग्गाको संरक्षण पनि ट्रष्टसँग समन्वय गर–निर्माण कार्य चालू छ । भनपाभित्र पर्ती र सरकार–जग्गा संरक्षणलाई निरन्तरता दिँदै जानेछ ।
१७) बिस्का जात्रामा भनपा ः
भक्तपुरको प्रसिद्ध बिस्का जात्रालाई शान्तिपूर्णरूपमा सम्पन्न गर्न नगर प्रमुखको संयोजकत्वमा जात्रा व्यवस्थापन समिति गठन गर–पहल गरियो । अव्यवस्थित र छरपस्टरूपमा रहेका तार र लठ्ठाहरू व्यवस्थित गरियो भने भार्वाचोदेखि दत्तात्रयसम्म सीस–क्यामेरा जडान गरियो । जिल्ला प्रशासन र कार्यालय प्रमुखहरू तथा स्थानीय जनताको सहयोगमा विगतका वर्षहरूभन्दा यो वर्षको जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न भएको प्रतिक्रिया प्राप्त भयो । जनप्रतिनिधिहरूको अगुवाइमा टोलटोलमा पनि शान्तिपूर्णरूपमा जात्राहरू सम्पन्न भए ।
अन्त्यमा, जनताको अपार माया पाएर नेपाल मजदुर किसान पार्टीको तर्फबाट दुई वर्षअघि हाम–निर्वाचित भयौँ । सपथग्रहण गरेकै दिनबाट हाम–जनप्रतिनिधिहरू जनताको सेवामा समर्पित भएर लाग्यौँ । हरेक महत्वपूर्ण कार्यमा जनताको राय, सल्लाह लिने र जनताबाट प्राप्त सल्लाहअनुसार जनताकै सेवामा काम गर्दै छौँ । नगरपालिकाको हरेक गतिविधिमा निरन्तर साथ र सहयोग गर्ने सम्पूर्ण जनसमुदायमा नगरपालिकाको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दर्छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *