भर्खरै :

‘टिम्बुरे हत्या काण्ड’ को २६ वर्षपछि ठूलो र उस्तै ‘आरुबोटे हत्याकाण्ड’

– विपुल अधिकारी
पाँचथर, ८ जेठ । पाँचथरको मिक्लाजुङ–३ आरुबोटेमा सोमबार राति दुई परिवारका नौ जनाको विभत्स हत्या भयो । उक्त घटना पाँचथरमा २६ वर्षपछि ठूलो र उस्तै प्रकृतिको हत्याकाण्ड भएको हो । साविक फिदिम–१३ लुङरुपास्थित टिम्बुरेमा एकै परिवारका पाँच जनाको ज्यान लिने गर–हत्याकाण्ड भएको थियो ।
विसं २०५० मा भएको सो घटना ‘टिम्बुरे हत्याकाण्ड’ को रूपमा चर्चित छ । उक्त घटनामा टिम्बुरेस्थित एक दुलाल परिवारमा पाँच जनाको ज्यान लिने गर–हत्याकाण्ड भएको थियो । त्यसको २६ वर्षपछि आरुबोटेमा नौ जनाको विभत्स हत्या भएको हो ।
टिम्बुरे हत्याकण्डमा कुवेर दुलाल, कुवेरक–श्रीमत–सरसस्वत–रिजाल, छोर–कृष्णा दुलाल, छोरा उमेश र उद्वव दुलाल गर–(पाँच जना) को ज्यान गएको थियो । लुङरुपा–९ का कुवेर दुलाललाई छिमेक–नाँगीन गाविस वडा नं ३ सेजेपामा र उनक–श्रीमत–सरस्वतीसँगै छोराछोर–कृष्ण, उमेश र उद्ववलाई घरैमा एकसाथ खुकुर–प्रहार गर–हत्या गरिएको थियो ।
उक्त घटनामा छोर–ज्ञानु र मनु बाँचेका थिए । मनुको भने विसं २०७३ मा अमेरिकामा हृदयघातका कारण निधन भएको थियो । ज्ञानु अहिले अमेरिकामा हुनुहुन्छ ।
बाबुआमा र भाइबहिनीको हत्या भएका बखत मनु नाँगीनको पिपलबोटे उच्च माविमा पढ्दै गरेको र ज्ञानु इटहरीस्थित आफन्तको घर गएक–थिइन् । दुलाल परिवारको पनि खुकुरीले काटेर हत्या भएको थियो । परिवारभित्रै आपस–लेनदेन र राजनीतिक विषयमा विवाद भएपछि उनीहरूको हत्या भएकाले सो हत्याकाण्ड टिम्बुरे हत्याकाण्ड भनेर चर्चित छ ।
आरुबोटे हत्याकाण्ड
आरुबोटे हत्याकाण्डमा दुई परिवारको सोमबार राति खुकुरीले धेरै पटक हानेर विभत्स हत्या भएको थियो । पाँचथर प्रहर–प्रमुख प्रहर–नायब उपरीक्षक नरेन्द्र कँुवरका अनुसार दुई परिवारका आठ वर्षीया बालिकादेखि ७५ वर्षीया वृद्धसम्मको हत्या भएको हो ।
७५ वर्षीय बमबहादुर फियाकको घरमा आई निजकै श्रीमत–७५ वर्षीया पुर्चीमाया फियाक, छोर–वर्ष ३५ क–मनकुमार–फियाक, मृतक बमबहादुर फियाकक–नातिन–वर्ष १० क–आसिकाकुमार–खजुमलाई पालैपालो धारिलो हतियार प्रहार गर–हत्या गरेको प्रहर–नायब उपरीक्षक कुँवरले बताउनुभयो ।
यसैगर–सोह–स्थान बस्ने ३४ वर्षीय धनराज शेर्मा, निजक–श्रीमत–वर्ष ३५ क–जस्मिता फियाक शेर्मा, छोर–१२ वर्षीया युहाना शेर्मा, १० वर्षीया मुना शेर्मा र ६ वर्षीया इच्छा शेर्मासमेतको हत्या गरेको कँुवरको भनाइ छ ।
हत्याको अनुसन्धान जारी
आरुबोटे हत्याकाण्डमा हत्या भएका मृतकको शव परीक्षणका लागि विप–कोइराला प्रतिष्ठान लगिएको रवि इलाका प्रहर–चौकीका प्रहर–निरीक्षक तेजनारायण यादवले बताउनुभयो ।
यादवका अनुसार काठमाडौँबाट आएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिवीआई) को विशेष टोलीले घटनाको बुधबार पनि अनुसन्धान जार–रहेको बताउनुभएको छ । मङ्गलबार हत्या भएका बमबहादुरका कान्छा ज्वाइँ मानबहादुर माखिमको पनि झुण्डिएको अवस्थामा शव फेला परेको छ । हत्या माखिमले नै गरेको हुनसक्ने प्रहरीको आशङ्का छ ।
हत्या भएको करीब पाँच किलोमिटरको दूरीमा उक्त शव फेला परेको प्रहर–निरीक्षक यादवको भनाइ छ । शव झुण्डिएको स्थानको दुई किलोमिटर अगाडि एउटा झोला भेटिएको छ । उक्त झोलामा रगतले लतपतिएको कपडा र रगतले लतपतिएको एक थान खुकुरीसमेत फेला परेको यादवको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *