ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ६, २०८३
बिहीबार सार्वजनिक दुई समाचारले ओली सरकारलाई धक्का पुगेको हुनुपर्छ । पहिलो समाचार नेपालमा रेल सञ्चालनबारे चलेको चर्चाप्रति चिनियाँ राजदूतको आश्चर्यभाव । राजदूतावासमा आयोजित पत्रकार भेटघाटमा चिनियाँ राजदूतले चीनबाट नेपालमा रेल ल्याउन त्यत्ति सहज नभएको र काठमाडाँैमा रेल ल्याउने परियोजना सहायता नभई साझेदारी भएको प्रस्ट पार्नुभयो । रेलको आश्वासन बाँडेर लामो समयदेखि जनतालाई गुलियोमा भुलाउँदै आएको शासक वर्गको लागि उहाँको सो अभिव्यक्ति अमिलो भएको हुनुपर्छ । प्रधानमन्त्री र शासक दलका नेताहरू रेलका कुरा यसरी गर्नुहुन्छ, मानौँ रेल भोलि बिहान काठमाडाँै आइपुग्छ । तर, चीनबाट ‘आजको भोलि नै रेल नआउने’ र ‘रेल ल्याउन दुवै देशले साझेदारी गर्नुपर्ने’ राजदूतको भनाइले शासक दलको खुट्टा पक्कै भुइँमा टेकाएको हुनुपर्छ ।
बिनाविस्तृत तयारी निर्वाचनको समयमा मत बटुल्न फ्याँकेको रेलको नारा जनता झुक्याउने मसलामात्र हो । न त शासक दलसँग रेल ल्याउने कुनै विस्तृत योजना छ न त्यसको लागि स्रोतसाधन । आफ्नै खुट्टामा उभिएर देशलाई आवश्यक पर्ने पूर्वाधार विकास गर्न खोज्नुभन्दा विदेशीतिर ¥याल चुहाउँदै हिँड्ने शासक दलको प्रवृत्तिले देशमा न समृद्धि सम्भव छ न विकास नै ।
चीन नेपालको असल मित्र भएकोमा कुनै विवाद छैन । नेपालको पूर्वाधार विकासमा चीनले लगातार सहयोग गर्दै आएको छ । नेपालको हरेक सङ्कटमा चीनले नजिकबाट सहयोग गरिरहेको सत्य हो । चीनले आगामी दिनमा पनि पूर्वाधार विकासमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । तर, चीनकै भरमा सबै पूर्वाधार निर्माण गर्ने सोच भने पराधीनताको सोच हो । उत्तरमा चीन र दक्षिणमा भारतले रेल ल्याइदिने सोचले देशको दिगो विकास सम्भव छैन । छिमेकीले आपत्विपत् पर्दा सहयोग गर्ने हो । तर, सधैं छिमेकीले नै चुल्हो बालिदेओस् भन्ने सोच गलत हो ।
बिहीबार नै काठमाडाँै उपत्यकामा विद्युत्तीय गाडी सञ्चालनसम्बन्धी परियोजना पनि रद्द भएको समाचार प्रकाशमा आयो । निकै तामझामसाथ प्रधानमन्त्रीले उद्घाटन गरेको सो परियोजना सुरुदेखि नै विवादमा थियो । आखिरमा त्यो परियोजना असफल भयो । प्रधानमन्त्रीले उद्घाटन कार्यक्रममा बोलेका ठूलठूला कुरा निरर्थक बने । चीनले पठाएका गाडीकै भरमा काठमाडाँैमा विद्युत्तीय गाडी सञ्चालन गर्ने सरकारको सोच विफल भयो ।
यसप्रकार विदेशीकै भरमा आफ्नो राजनीति बलियो बनाउन खोज्ने शासक दलको सोच विफल भएको छ । संसारका जुनसुकै देशसँग सहयोग आदानप्रदान हुनसक्छ । आपसी हितमा सम्बन्ध विस्तार हुनसक्छ । तर, अरूको भरमा विकास गर्ने अनि त्यसैको भरमा आफ्नो शासन लम्ब्याउने शासक सोच लामो समय टिक्दैन । कुनै पनि काम हुनुभन्दा पहिले नै बढी हल्ला गर्ने प्रधानमन्त्रीको स्वभावले नेपाली जनतालाई अझ बढी भ्रममा पारेको छ । छिमेकीले दिने हो–होइन, दिन चाहेर पनि काम सम्भव छ वा छैन, केही कुराको गम्भीरतापूर्वक अध्ययन नगरी हचुवाको भरमा जे पनि बोलिदिने र त्यसैको भरमा आफूलाई सफल देखाउन खोज्ने प्रधानमन्त्रीले क्षणिक वाहवाही पाउलान् । तर, दीर्घकालीनरूपमा त्यस्तो वाहवाही चरम घृणा र वितृष्णामा परिणत हुने गर्दछ ।
देशको विकास भनेको हावाको महल बनाउनु होइन । हावामा उडेका पानीको फोकामा विकास सम्भव छैन । वास्तवमै देशलाई समृद्धि र विकासको बाटोमा डो¥याउने सरकारको योजना हो भने देशको आन्तरिक स्रोत साधनको सही पहिचान प्रधान विषय हो । भिक्षाटन दिगो विकासको बाटो कदापि हुनसक्दैन । आफैँले माछा मार्न जान्नु नै प्रगतिको आधार हो ।
Leave a Reply