भर्खरै :

चोरीका मोटरसाइकलसहित पक्राउ

भक्तपुर, १४ जेठ (रासस) : महानगरीय प्रहरी वृत्त जगाती र प्रहरी वृत्त ठिमीले चोरीका छ मोटरसाइकलसहित छ जनालाई पक्राउ गरेको छ । आज महानगरीय प्रहरी परिसर भक्तपुरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिँदै प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले प्रहरीले विभिन्न ठाउँबाट चोरी भएका मोटरसाइकलसहित चोरीमा संलग्नलाई पक्राउ गरेको बताउनुभयो ।
पक्राउ पर्नेमा रामेछाप सुनापाती गाउँपालिका–६ घर भई काठमाडौँ बौद्ध बस्ने २९ वर्षीय विजय मानन्धर, ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–५ फेदीगुठ घर भई हाल काठमाडौँको बौद्ध जोरपाटी बस्ने १९ वर्षीय प्रवीन बरुवाल, ओखलढुङ्गा सुनकोशी गाउँपालिका–३ सिस्नेरी बस्ने २७ वर्षीय प्रेमबहादुर कटवाल, खोटाङको खोटेहाङ गाउँपालिका–९ घर भई हाल त्रियुगा नगरपालिका–३ बस्ने ३३ वर्षीय सुरेश राई, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–१ स्याउले बस्ने ३१ वर्षीय उमेश तामाङ र ओखलढुङ्गा सुनकोशी गापा–२ कोटवेसी बस्ने २२ वर्षीय भिजन कार्की रहेका छन् ।
लागुऔषधसहित पक्राउ
त्यसैगरी सूर्यविनायक नगरपालिका–८ जगाती चेकप्वाइन्टमा सवारी जाँचका क्रममा काठमाडौँतर्फ जाँदै गरेको बा ४ १प ३१५५ नम्बरको मोटरसाइकल जाँच गर्दा बिक्रीका लागि लैजाँदै गरेको लागुऔषधिसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीले धनकुटा साँगुरीगढी गाउँपालिका–७ महाभारत बस्ने २४ वर्षीय राजेश राईलाई झोलामा बिक्रीका लागि लैजाँदै गरेको लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *