भर्खरै :

काठमाडौँमै माग्नेको व्यवस्थापन अझै चुनौतीपूर्ण

काठमाडौँ, १९ जेठ । नेपालको संविधान २०७२ को भाग ३ को धारा १६ मा सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको व्यवस्था छ । धारा ३५, ३६ र ३७ मा क्रमशः स्वास्थ्य, खाद्य र आवासको हकको व्यवस्था छ ।
मुलुकी फौजदारी (अपराधसंहिता) मा सडकमा मागेर बस्न नपाइने यदि पाइएमा कारबाही हुने उल्लेख छ तर सडकपेटी, प्रतीक्षालय तथा मठमन्दिरलाई आश्रय लिएर बसेका मानिस आधारभूत आवश्यकताबाट वञ्चित हुँदै आएका छन् । मुलुकको राजधानी काठमाडौँको अवस्था झन् कमजोर छ ।
केही महिनाअघि काठमाडौँमा नेपाल प्रहरी, काठमाडौँ महानगरपालिका र मानव सेवा आश्रमको अगुवाइमा सहयोगापेक्षीहरूको उद्धारका लागि रात्रि अभियान चलाइएको थियो । झण्डै एक महिनामा २०० लाई उद्धार गरिएको थियो । राख्ने ठाउँको अभावमा उनीहरूको व्यवस्थापन धौधौ भयो । केही आश्रममा राखिएकाहरू भोलिपल्टै सडकमा फर्किएका पाइए । उद्धार गरिएकालाई उपचारमा समेत समस्या भयो । जसका कारण उक्त अभियान रोक्नुप¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *