विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
वैकुण्ठ ढकाल
सङ्ख्याको हिसाबले ठूलो समूह बनाएर एउटा नयाँ संस्था युद्धमा होमियो । समूह बनाउँदा सबैलाई भाग पु¥याउनुपर्ने बाध्यता पनि हुने नै भयो । सबैले भाग पाए, खुसी पनि भए । काम सुरु भयो, तयारी पनि राम्रै चल्यो । सैद्धान्तिक विषयमा बहस निकै भए । कोठामा बसेर, युद्धको विषयमा लेखिएका पुस्तकहरू पढेर लडाकू त हुँदै होइँदैन, गोताखोर र कमाण्डो बन्नु त अझ परको कुरा के भयो, के भएन भनेर त फिल्डमा उत्रेपछि न थाहा हुने हो । समूह ठूलो भएकोले मैदानमा सङ्ख्यात्मक उपस्थिति पनि बाक्लो हुने नै भयो । सानो समूह हुने र ठूलो समूह हुने लडाइँमा उत्रिए । विपक्षी नजिकै आएर आफूहरूमाथि बन्दुक तेस्र्याइसक्यो, ठूलो समूह के गर्ने के नगर्ने दोधारमा परिरह्यो, केहीबेरमा अन्योलतापछि सबैले ‘फायर’ खोल्न आदेश दिए, फिल्डमा सबै आदेश दिनेमात्रै पुगेछन् । आदेशले मात्रै काम चल्ने थिएन, युद्ध जित्न त ‘लडाकू’ नै चाहिन्थ्यो ।
अहिले नेपाली सञ्चार क्षेत्रको स्थिति यस्तै छ । गुनेचुनेका सञ्चारमाध्यमहरू ‘पत्रकार’ पलायनको शिकारमा परेको चर्चा छ । नयाँ नयाँ सञ्चार संस्थाहरू पनि खुलिरहेका छन् । हामीकहाँ फलानो ‘पत्रकार’ हुनुहुन्छ । फलानोको नेतृत्वमा ‘न्यूज रुम’ चलेको छ भनिरहेका हुन्छन् । विभिन्न सञ्चारसंस्थाबाट ‘नाम’ चलेका ‘पत्रकार’ हरू भिœयाउँदा नयाँ सञ्चार संस्थामा ‘सम्पादक’ नै सम्पादक पुगेका हुन्छन् । सम्पादक हुनेले केही दशक पत्रकारिता बिताएको नै हुन्छ । उसले जीवनका ऊर्जाशील समय बिताएका पूर्वसञ्चार संस्थामा अपनाएकै विधि र प्रक्रिया अपनाइरहेको हुन्छ । उसका मातहत पनि ‘पूर्वसम्पादक’ हरू भइरहेका हुन्छन् । एक सम्पादकले अर्को सम्पादकलाई टेर्ने कुरो हुँदैन । आडम्बर, इगो अनेकथरी बोकेर गएको हुन्छ । ‘म सम्पादक’ हुँ, रिपोर्टिङमा जाने हो ? भन्न थालिहाल्छ । रिपोर्टर पनि पूर्वसंस्थाको रवाफ देखाएर ‘झारेझुरे’ रिपोर्टिङमा नजाने अड्डी कस्छ । सम्पादकले ब्युरो प्रमुखलाई निर्देशन दिन्छ, ब्युरो प्रमुखले मातहतका लाई निर्देशनको चक्र चलिरहन्छ, कार्यक्रम सकिसक्दा पनि कार्यक्रम स्थलमा कोही पुग्दैनन् । आयोजकले पर्खेला, समयले पर्खँदैन । यसरी न कोही राम्रो सम्पादक हुनसक्छ न कोही रिपोर्टर राम्रो काम गर्न सकिरहेको हुन्छ ।
फागुन २२ गते राति शिक्षा मन्त्रालयमा भएको वार्तामा आन्दोलनरत शिक्षक र सरकारबीच तीनबुँदे सहमति भयो । पहिलो बुँदामा सामुदायिक विद्यालयमा कार्यरत राहत अनुदान कोटामा नियुक्त शिक्षक र बाल विकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्तालाई निश्चित मापदण्डका आधारमा स्वीकृत दरबन्दीमा परिणत गरी आन्तरिक÷खुला प्रतियोगात्मक परीक्षाबाट एकपटकका लागि स्थायीको प्रक्रियामा लैजाने र त्यस्ता शिक्षकलाई एक पटकका लागि उमेर हद नलाग्ने उल्लेख छ ।
त्यस्तै मन्त्रालय र शिक्षकबीच आन्दोलनको क्रममा घाइते भएकाहरूको उपचारका लागि आवश्यक प्रबन्ध मिलाउने सहमति पनि भएको छ । आन्दोलनको क्रममा प्रहरीले बल प्रयोग गर्दा केही शिक्षक घाइते भएका थिए ।
सहमतिको तेस्रो बुँदामा आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेर शिक्षकहरू पठनपाठनमा फर्कने उल्लेख छ ।
सहमतिअनुसार शिक्षकहरू आन्दोलन ‘स्थगित’ गरेर पढाउन फर्किए । काठमाडौँकेन्द्रित आन्दोलनको क्रममा शिक्षकहरूले निषेधित क्षेत्र तोडे । आन्दोलन स्थगित भन्नुको मतलब फेरि आन्दोलन हुन्छ भन्ने नै हो । प्रहरीले पानीको फोहोरा र अश्रुग्याँस बर्सायो । अब ती शिक्षकहरूले कक्षा कोठामा गएर फेरि भन्छन्, “शिक्षकले भनेको गर्नु, गरेको नगर्नु ।”
शिक्षकले विद्यार्थीको वार्षिक परीक्षाको मुखमै आएर आन्दोलन गरी सडक तताए, आन्दोलनबाट थाकेर गएका शिक्षकहरू कति दिन अब कक्षा कोठामा निदाउँदा हुन्, अनि भन्दा हुन् “शिक्षकले भनेको गर्नु, गरेको नगर्नु ।” बाठो शिक्षक छन् भने त इतिहासको नाममा कुम्भकर्ण कसरी निदाउँछन् त्यसैको प्रयोगात्मक देखाएको भनेर पन्छेलान् । अन्ततः उनीहरूको जवाफ हुन्छ, “शिक्षकले भनेको गर्नु, गरेको नगर्नु ।” गन्ध ह्वास्स आउने गरी कक्षा कोठामा पसेर चुरोट खाँदा स्वास्थ्य बिग्रन्छ भनेर पढाइरहेका हुन्छन् । अघिल्लो दिन खाएको मदिराको ह्याङ्ग नउत्रिँदै कक्षा कोठामा गएर मदिरा खाँदा स्वास्थ्यलाई हानी गर्छ भनेर पढाइरहेका हुन्छन् । कुनै विद्यार्थीले सर, रक्सी गनायो भन्यो भने फेरि जवाफ हुनेछ, “शिक्षकले भनेको गर्नु, गरेको नगर्नु ।”
यी सब प्रसङ्ग यहाँ किन ? कारण छ, शिक्षक र सम्पादक फरक हुन् । भूमिका फरक हो भन्ने प्रायशः सम्पादकहरूले भुलिरहेका हुन्छन् । शिक्षक सम्पादक पनि होला, अलग्ग कुरा हो तर समाचार कक्षमा ‘शिक्षक’ बनेर पस्यो भने त्यहाँ कुरो बिग्रन्छ । विद्यार्थीको परीक्षा वर्षको एकचोटि हुन्छ, तर पत्रकारको परीक्षा त पलपलमा हुन्छ । सम्पादकले पनि वार्षिक परीक्षाको जसरी तयारी गराउन थाल्यो भने आसन्न ‘बुलेटिन’ मा उसले के बजाउँछ ? सम्पादक ‘नेतृत्व’ पनि हो । ‘भीड’ को कुरा सुनेर पछि लाग्ने हैन, भीडलाई आफ्नो पछि लाग्ने बनाउन सक्नुपर्छ । दाबीका साथ भन्न सकिन्छ, अधिकांश सम्पादकले आफैसँग भएको ‘कस्तुरी’ चिनेका छैनन् । यदि त्यसो हुँदैन थियो भने सम्पादक ‘आफ्नो टीम’ लाई अविश्वास गर्नुपर्ने कारण थिएन । एउटा सम्पादकले ‘गणेश’ प्रवृत्तिलाई निरुत्साहित गर्नसक्दैन भने ऊ सफल हुन पनि सक्दैन । एउटै मानिस दिनको दर्जनौँपटक चेम्बरमा छिरेर ‘ज्यूहजुरी’ गरिरहन्छ भने त्यस्ता पात्रमाथि शङ्का गर्नुपर्छ कि पर्दैन ? उसले ‘कार्यकक्ष’ भन्दा सम्पादकको ‘चेम्बर’ मा समय बिताउनेलाई सचेत गराउन सक्नुपर्छ । सम्पादकसँग ‘कुरा’ को खेती गर्नेले ‘अवसर’ पाउने र जसले काममा जोतिँदा जोतिँदा सम्पादकको चेम्बरमा छिर्न नै भ्याउँदैन ऊचाहिँ विनाकसुर दण्डित हुनुपर्ने अवस्था आइरहेको हुनसक्छ । ठूलो टीम वा अन्य जुनसुकै बहानामा सम्बन्धित पक्षको कुरा नसुनी निर्णय लिनु पनि सम्पादकहरूको समस्या हो । अनि ‘हेरेर’ भन्दा ‘सुनेर’ निर्णय लिनु अर्को कमजोरी हो ।
सम्पादक एक ः भूमिका अनेक हुन्छन् । सम्पादक टीमको मात्र नभई ‘कन्टेन्ट’ को पनि सम्पादक हो । सम्पादक भनेको ‘आधार व्यवस्थापक’ त हुँदै हो । अन्य व्यवस्थाकीय काम गर्नुपरेकोले ‘कन्टेन्ट’ व्यवस्थापन गर्न सकेन भने ऊ सफल सम्पादक हुनसक्दैन । सम्पादकहरू अहिले पनि व्यवस्थापक वा ‘मालिक’ सँग लड्न गा¥हो छ भन्ने भ्रममा छन् । कतिसम्म ‘हुस्सु सम्पादक’ छन् भने आफूले नेतृत्व गरेको सञ्चारमाध्यमलाई कुनै अमुक दलको ‘प्रवक्ता’ बनाइसक्दा पनि थाहा पाएका हुँदैनन् । कुनै व्यक्ति वा स्वार्थ समूहको प्रवक्ता भएको पत्तो पाउँदैनन् । किन यस्तो हुन्छ भन्दा ऊ ‘गणेश’ प्रवृत्तिमाथि विश्वास गर्ने तहमा पुगिसकेको हुन्छ । सबै सम्पादकलाई प्राविधिक पक्षसहित अन्य कतिपय विषयको जानकारी नहुन सक्छ । त्यसकै लागि पत्रकारितालाई सामूहिक कार्य भनिएको हो । तर, कुनै एक व्यक्तिले भनेको मात्रै सही, अरु सबै गलत भन्ने धारणाबाट निर्देशित हुनु पनि घातक हो । पत्रकारले शङ्का गर्नुपर्छ भन्ने तर कुनै एकको अन्धभक्त हुने, बाँकी सबैलाई शङ्कामात्रै गरिरहने पनि सुहाउँदैन कि ?
पुसको ४ देखि ६ गतेसम्म विराटनगरमा नेपाल पत्रकार महासङ्घले विधान अधिवेशन आयोजना ग¥यो । उद्घाटन सत्रमा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसप्रति आक्रामकरूपमा प्रस्तुत भए । प्रेस युनिययनका अध्यक्ष बद्री सिग्देल सरकारप्रति कठोर देखिए । दुवैजनाले पत्रकारिता र पत्रकारको विषयमा एक अर्काप्रति परस्पर बाझिने गरी धारणा राखे । बस्नेत र सिग्देल कुनै न कुनै सञ्चारमाध्यममा आबद्ध छन् । यसरी कुनै विचारबाट निर्देशित भएकाहरूले नेतृत्व गरेको सञ्चारमाध्यममा त्यहीँअनुसारको सामग्री जान्छन् कि जाँदैनन् ? विचार र आस्थाका आधारमा कुनै सामग्री निषेध त भइरहेका त छैनन्, हेर्नु जरुरी छ । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष शिव गाउँलेले यी दुईको भन्दा फरक धारणा राखे । सत्तारुढ दलको भ्रातृ सङ्गठन र प्रमुख प्रतिपक्षी दलको भ्रातृ सङ्गठनको नेतृत्वले पत्रकारिताको आलोचना गर्नुले नेपाली पत्रकारिता सही बाटोमा रहेको निष्कर्ष सुनाए, हलमा गड्गडाहट ताली गुञ्जियो । गाउँले खोज पत्रकारिता केन्द्रका सम्पादक पनि, उनले त्यही कार्यक्रममा नेपाली पत्रकारिताको ‘हविगत’ पनि एकै वाक्यमै प्रस्ट्याइदिए । गाउँलेले भनेका थिए, “अहिले पत्रिकासँगै पत्रकार पनि पाठकको घरघर पुग्नुपर्ने अवस्था छ ।” अर्थात् पत्रकारले मैले लेख्न खोजेको यो हो नि भनेर व्याख्या गर्नुपर्दछ ।
हेर्दा कहिलेकाहीँ त्यस्तै लाग्छ । त्यति टाढा जानुपर्दैन, सरकारले विद्युतीय बस चीनबाट किन्यो कि भारतबाट ल्यायो भन्ने विषयमा देशका ठूला भनिएका दुई दैनिकको समाचार हेर्दा प्रस्ट हुन्छ । एउटा ‘दस्तावेज’ छापेर एक दैनिकले चीनबाटै बस ल्याइएको भन्यो, अर्कोले भारतबाटै ल्याइएको ठोकुवा ग¥यो । यसले नै देखाउँदैन र नेपाली पत्रकारिताको स्तर ?
त्योभन्दा अलि अघि जाऊँ– नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी जहाजको सम्बन्धमा नेपाली मिडिया कसरी प्रस्तुत भए, त्यो हेर्दा पनि प्रस्टिन्छ । त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीको अनसन होस् वा गोरखा फुजेलकी गंगामाया अधिकारीको अनसन–पत्रकार र मिडियाले आफ्नो रङ्ग र ढङ्ग देखाइसकेका छन् । पछिल्लो समय नेत्रविक्रम चन्द नेतृत्वको नेकपा र सिके राउतसँग सरकारले गरेको सहमतिलाई लिएर मिडियामा आउने सामग्रीलाई मसिनो गरी हेर्नु जरुरी छ । यस्तो विषयमा ‘सम्पादकत्व’ जीवित छ या ‘मृत’ ? मूल्याङ्कन यस्तै घटनाले गर्ने हो ।
स्रोत ःसंहिता
Leave a Reply