भर्खरै :

चीन–अमेरिका व्यापार विवादबारे दोस्रो चिनियाँश्वेतपत्र

पेइचिङ, ३ जुन । चिनियाँराज्य परिषद्को सूचना कार्यालयले चीन–अमेरिका आर्थिक परामर्शमा चीनको अडान शीर्षकमा श्वेतपत्र सार्वजनिक गरेको छ ।
सो श्वेतपत्र गत वर्षको सेप्टेम्बरमा चीन–अमेरिका आर्थिक विवादको वास्तविकता र चीनको अडान शीर्षकको श्वेतपत्र सार्वजनिक भएपछि फेरि एकपटक चीन र अमेरिकाबीचको आर्थिक समस्याबारे सार्वजनिक भएको श्वेतपत्र हो । केही विद्वानले यो श्वेतपत्रमा चीन–अमेरिका आर्थिक परामर्शमा चीनको समानता, पारस्परिक लाभ र इमानदारीको अडान स्पष्ट देखिएको विचार व्यक्त गरेका छन् ।
सो श्वेतपत्रमा ८३ सय चिनियाँशब्दहरू रहेका छन् । यो विषयमा चीन–अमेरिका आर्थिक विवादको कारण, प्रक्रिया र अहिलेसम्मको परिस्थितिबारेको जानकारी प्रस्तुत गरिएको छ । साथै चीन–अमेरिका आर्थिक परामर्शमा चीन सरकारको निर्णय र अडान पनि सो श्वेतपत्रमा समेटिएको छ । उक्त श्वेतपत्रका अनुसार, चीन–अमेरिका आर्थिक सम्बन्ध दुई मुलुकबीचको सम्बन्धमा ‘आधारभूत’ र ‘इन्जिन’ जस्तै महत्वपूर्ण मानिन्छ । आर्थिक सम्बन्धमा यी दई मुलुकका जनताको हितलाई अझै विस्तार गर्नु नै विश्वको सुदृढ र स्थिरताका लागि महत्वपूर्ण मानिन्छ ।
श्वेतपत्रका अनुसार चीन–अमेरिका आर्थिक परामर्शमा कुनै दुवै मुलुकको सार्वभौमिकता तथा मर्यादालाई सम्मान गर्नुपर्ने उल्लेख छ । दुवै पक्षबाट भएका सम्झौताहरू समानता र पारस्परिक लाभ पुग्ने हुनुपर्ने र महत्वपूर्ण समस्यामा चीनले पछि नहट्ने अडान लिएको श्वेतपत्रमा लेखिएको छ । चीनको विदेशी आर्थिक
विश्वविद्यालयका विश्व व्यापार सङ्गठन अनुसन्धानका प्रमुख धु सिन च्यानले श्वेतपत्रले चीनको आधाररेखा देखाएको विचार व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *