भर्खरै :

युवा–विद्यार्थीहरुको सुझाव सङ्कलन

भक्तपुर, २० जेठ । भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०७६÷७७ को बजेट तर्जुमासम्बन्धी नगरवासीहरूसँग राय सुझाव सङ्कलन गर्ने क्रममा सोमबार नगरवासी युवा, विद्यार्थी र खेलाडीहरूसँग सुझाव सङ्कलन ग¥यो ।
कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले हातमा सीप भएका युवाहरू रोजगारको लागि विदेश जान नपर्नेे बताउँदै भक्तपुरका दक्ष डकर्मी, सिकर्मीलगायतका जनशक्तिले देशभरिकै सम्पदा संरक्षण कार्यमा योगदान गरिरहेको बताउनुभयो ।
उहाँले भक्तपुरका युवाहरू उच्च शिक्षा अध्ययनको लागि विदेशिने तर रोजगारीको लागि कम मात्र विदेशिएको तथ्याङ्कले देखाएको बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख रजनी जोशीले भक्तपुरको भौगोलिक सीमिततालाई अवसरको रूपमा प्रयोग गर्दै योजनाबद्ध ढङ्गले अगाडि बढिरहेको बताउनुभयो ।
कार्यक्रममा युवा–विद्यार्थीहरूले नगरभित्रका पुस्तकालयहरूको स्तरोन्नति गर्नुपर्ने, पर्यटकीय क्षेत्रको सडक सुधार गर्नुपर्ने, युवा–विद्यार्थी र खेलाडीहरूलाई सामाजिक कार्यमा परिचालन गर्नुपर्ने, सांस्कृतिक अनुसन्धान केन्द्र स्थापना गर्नुपर्ने, सिद्धपोखरीदेखि सल्लाघारीसम्म सडकबत्ती व्यवस्था गर्नुपर्ने, परम्परागत बाजा निर्माण र मर्मत सम्भार तालिम सञ्चालन गर्नुपर्ने, नगरका खेलाडीहरूको प्राप्त पदको आधारमा भनपाबाट सहुलियत दरमा ऋण प्रदान गर्नुपर्ने, कभर्ड हल निर्माण गर्नुपर्ने, विद्यालयहरूमा पनि ब्यायाम सामग्री वितरण गर्नुपर्ने, परम्परागत उपचार विधिको अध्ययन अनुसन्धान गर्नुपर्नेलगायतका सुझावहरू दिएका थिए ।
सुझाव सङ्कलन कार्यक्रममा ३ नं. वडाका वडाध्यक्ष राजकृष्ण गोराले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *