भर्खरै :

डेङ्गुका कारण २८ को मृत्यु, १८ हजार विरामी

कोलम्बो, २३ जेठ (रासस/सिन्ह्वा) : श्रीलङ्कामा यस बर्षको पहिलो पाँच महिनामा डेङ्गुका कारण कम्तीमा २८ जनाको मृत्यु भएको छ ।
रोग नियन्त्रण तथा रोकथाम इकाईले बिहीबार दिएको जानकारी अनुसार यही अवधिमा डेङ्गुकै कारण अरु १८ हजार जना विरामी भएका छन् ।
गत मे ३१ तारिखसम्म प्राप्त विवरण अनुसार विरामी हुनेमा १८ हजार ७६० जना रहेका छन् । विरामीमध्ये सवैभन्दा धेरै कोलम्बो जिल्लामा रहेका छन् । कोलम्बोमा मात्रै चार हजार ६६ जना विरामी भएका छन् ।
कोलम्बोपछि दोस्रो धेरै विरामी गाम्फाहमा भएको अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार गाम्पाहमा दुई हजार ४८० विरामी भएको अधिकारीहरूले जनाएका छन् ।
तेस्रो धेरै विरामी भएका जाफ्नामा भने एक हजार ८८७ जना विरामी भएको रोग नियन्त्रण तथा रोकथाम इकाइको तथ्याङ्कमा उल्लेख छ ।
चिकित्सकहरुले उच्च ज्वरो, अनियन्त्रित वान्ता, असह्य पिडा, कमजोरी महशुस हुने लगायतका लक्षण देखिए तत्काल उपचारका लागि स्वास्थ्य संस्थामा पुग्न वा चिकित्सकहरुको सल्लाह लिन आग्रह गरेका छन् ।
“ज्वरो सम्वन्धी सवै विरामीलाई आरामको आवश्यकता पर्दछ, विद्यालय तथा कार्यालय लगायतका भीडभाड भएका ठाउँमा जानुहुदैन,” एक चिकित्सकले भने ।
श्रीलङ्कामा डेङ्गुकै कारण गत बर्ष ५० जनाको मृत्यु भएको थियो भने ४८ हजार जना विरामी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *