भर्खरै :

ढुङ्गा प्रहार गरी हत्या

जाजरकोट, १५ चैत । भेरीमालिका–३ का रवीन्द्र शाहको आज अपरिचित समूहले हत्या गरेको छ ।
शाहको जिल्ला सदरमुकामस्थित अस्पताल नजिकै पाँच÷छ जनाको समूहले ढुङ्गा, मुडा प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ ।
उनी नेपाल विद्यार्थी सङ्घका पूर्वकेन्द्रीय सदस्य तथा पाँचतारा युवा संरक्षण मञ्चका अध्यक्षसमेत रहेका थिए । घटनाका प्रत्यक्षदर्शी हिटलरसिंह राठोर भने भागेर ज्यान बचाउन सफल भएको बताइएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *