भर्खरै :

लम्कीमा ५१ श्ययाको अस्पतालको शिलान्यास

लम्की, २४ जेठ (रासस) : कैलालीको लम्कीचुहा नगरपालिका–१० चुहामा सामुदायिक अस्पतालको शिलान्यास गरिएको छ । सो ५१ श्यया रहने अस्पतालको  शिलान्यास भएको हो । उहाँले अस्पताल निर्माण भएमा लम्कीचुहा नपा, बर्दगोरिया र मोहन्याल गाउँपालिकाका नागरिकलाई उपचारमा सहज हुने बताउनुभयो ।
लम्कीचुहाका प्रमुख महादेव बजगाईंले गाडी किन्नका लागि छुट्याएको रकम अस्पताल निर्माणमा खर्च गर्ने निर्णय गरेपछि लम्कीमा अस्पताल निर्माण हुनथालेको हो । नगरपालिकाले गाडी किन्न छुट्याएको रु ७५ लाख रकम छुट्याएको थियो । नगरकार्यपालिकाको बैठकले थप रु १५ लाख रकम थपेपछि अस्पताल निर्माणमा रु ९० लाख खर्च गरिने भएको छ ।
प्रमुख बजगाईंले निर्णय गरेपछि रु ३२ करोड लागत अनुमान गरिएको अस्पतालमा सांसद रावलले पूर्वाधार विकास कोषबाट रु एक करोड १० लाख र सोही क्षेत्रबाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य नन्दबहादुर साउदले पूर्वाधार विकास कोषबाट रु एक करोड १३ लाख विनियोजन गर्नुभएको छ ।
दुई वर्षमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिइएको अस्पतालका लागि आवश्यक जग्गा चुहास्थित राष्ट्रिय नव जागृति माध्यमिक विद्यालयले साढे पाँच बिघा जमीन निःशुल्क उपलब्ध गराएको छ । उक्त अस्पतालको बिहीबार शिलान्यास गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *