भर्खरै :

चीनविरुद्धको संरा अमेरिकी व्यापार युद्ध र अन्तर्राष्ट्रिय परिदृश्य

सुरेन्द्रराज गोसाई
एउटा प्रसिद्ध चिनियाँ भनाइ छ, Don’t Say We didin’t Warn You अर्थात् बेलैमा सचेत किन नगराएको भनी पछि गुनासो गर्न पाउँदैनौ । अन्तर्राष्ट्रिय सन्दर्भमा चीनले यो अत्यन्त गम्भीर अर्थसहितको वाक्य योभन्दा अगाडि कोरिया युद्ध र भियतनाम युद्ध ताका मात्र प्रयोग गरिएको थियो भने तेस्रोपटक संरा अमेरिकाले सुरु गरेको व्यापार युद्धको सन्दर्भमा हालै प्रयोग ग¥यो ।
दोस्रो विश्व युद्धपछि इतिहासका भयानक युद्धमध्ये कोरियाली युद्ध र भियतनाम युद्ध पर्छन् । ती दुई युद्धमा प्रयोग गरिएका विनाशकारी हातहतियारको मात्रा, अमेरिकी साम्राज्यवादबाट गरिएको नरसंहार, अकल्पनीय क्षति आदि हेर्दा मानव सभ्यताको इतिहासमा अक्षम्य अपराध तथा कलङ्कको रूपमा आजसम्म पनि स्मरण गरिन्छ ।
ती दुईवटै युद्धको उद्देश्य समाजवादी विचार तथा व्यवस्थाको अन्त्य, तत्कालीन सोभियत सङ्घ र जनवादी गणतन्त्र चीनलाई अप्ठ्यारोमा पार्ने थियो ।तर, ती दुईटै युद्धमा संरा अमेरिकी साम्राज्यवादले इतिहासमै सबैभन्दा लज्जापूर्ण पराजय बेहोर्नुप¥यो । कोरिया र भियतनामको स्वतन्त्रता तथा अस्तित्व रक्षाको निम्ति चीनले निर्वाह गरेको भूमिकाको आज पनि गौरवका साथ स्मरण गरिन्छ ।
चीनले संरा अमेरिकालाई सम्भावित क्षति तथा परिणामबारे बेलैमा खबरदारी नगराएको होइन ।विश्वका न्यायप्रेमी तथा शान्तिकामी जनताले संरा अमेरिकाको युद्धपिपासु नीतिको कडा विरोध गरेका थिए । तर, अमेरिकाले त्यतिखेर भीर नै रोज्यो र त्यसको परिणाम भोग्यो । त्यसो त अमेरिकी साम्राज्यवाद अफगानिस्तान, इराक, लिविया, सिरिया या अन्य कुनैपनि मुलुकमा जहाँ–जहाँ बन्दूक लिएर पुग्यो, ती कुनैपनि ठाउँमा सफल हुन सकेन । वाचा गरिएझैँ ती देशमा न ‘प्रजातन्त्र’ वहाली गरियो, न स्वतन्त्रताको प्रत्याभूति दिलाउन सकियो न त शान्ति नै छायो । बरु युद्धको श्रृङ्खला जारी रह्यो ।शान्ति, स्वतन्त्रता झन अपहरित भयो ।
एक पछि अर्को युद्धबाट विश्वका जनताले बर्बादी बेहोरे भने संरा अमेरिकी साम्राज्यवाद बद्नाम, झन् बढी बद्नाम हुँदै गयो । यी सम्पूर्ण हमला या युद्ध आप्mनो कठपुतलीलाई शासक बनाउन, तत् तत् देशको कच्चा पद्धार्थ, खनीज तथा तेलमा कब्जा जमाउन, प्रभुत्व स्थापित गर्न, बजार कब्जा गर्न अर्थात् साम्राज्य विस्तार गर्न कै निम्ति भएका थिए भन्ने वास्तविकता विश्वले बुझ्न थालेदेखि संरा अमेरिकाप्रतिको विश्व समुदायको विश्वास ओरालो लागेको हो । साथै अनुभवबाट अफ्रिका र एसियाले शत्रु र मित्र चिन्न थाले । विश्वका जनताले र अझ विशेष गरी चीनले निरन्तर संरा अमेरिकालाई खबरदारी गर्दै आइरहेको छ । संरा अमेरिकाले एकतर्फी सुरु गरेको व्यापार युद्धको आजको अत्यन्त गम्भीर मोडमा पनि चीनले दोहो¥यायो Don’t Say We didin’t Warn You अर्थात् बेलैमा खबरदारी गराएको भए यस्तो क्षति नहुने थियो भनेर भोलि पश्चाताप गर्न नपरोस् ।
व्यापार युद्धको सन्दर्भमा चीनले अझै पनि शालीनतापूर्वक, धैर्यपूर्वक भन्दैछ – ‘व्यापार युद्धले कसैको हित गर्दैन । यो अमेरिकाको निम्ति पनि फाइदाजनक छैन र चीनको निम्ति पनि ।’ चीनको यो भद्र जवाफलाई बेवास्ता गरी हात–हतियारको मातमा हिजोको शैली र स्वभाव देखाएको खण्डमा संरा अमेरिकाको निम्ति दूर्भाग्यबाहेक हात नलाग्ने निश्चित छ । यो इतिहासमा भएका आजसम्मका व्यापार युद्धले दिएको शिक्षा हो । कति महाशक्ति इतिहासको एउटा कुनामा थन्किए इतिहासप्रति इमानदार नहुनाले, इतिहासबाट पाठ बेलैमा सिक्ने चेष्टा नगर्नाले ।
आजको विश्व हिजोको पचास या साठीको दशकको भन्दा निकै भिन्न भइसकेको बुझ्न नसक्नु निश्चय पनि विडम्बना हो । संरा अमेरिका आज पनि हातहतियार कै भरमा धम्की दिने, भयभित पार्ने र शासन गर्ने आदि प्रयास गर्दैछ र जताततै प्रभुत्व कायम राख्ने दिवास्वप्न देख्दैछ । समय सँगसँगै चीनले परिपक्वता हासिल गरिसकेको र अन्य समाजवादी तथा स्वाधीनताप्रेमी देशहरू पनि हिजोको स्थितिबाट निकै माथि उठेर अगाडि बढिसकेको वास्तविकता बोध विशेष गरी संरा अमेरिकी साम्राज्यवाद र उसका पिछलग्गू देशहरूले गर्नुमा कल्याण हुनेछ ।
प्रजग कोरियाले युद्ध कै स्थितिमा पनि हासिल गरेका आश्चर्यजनक उपलब्धि, समाजवादी देश क्युवाले ६० वर्ष लामो संरा अमेरिकी नाकाबन्दीबीच समाजवादी निर्माण र साम्राज्यवादविरोधी आन्दोलनमा पु¥याइरहेको योगदानबाट समाजवादी व्यवस्था र विचारको तागत या पौरख उजागर गर्छ र स्वर्णिम भविष्यको सङ्केत दिन्छ । ल्याटिन अमेरिका र अफ्रिकाले उपनिवेशवाद तथा साम्राज्यवादसामु नझुकी लड्ने सङ्कल्पका साथ अगाडि बढेर विश्वलाई उत्साह थपिरहेको छ र स्वतन्त्रता आन्दोलनको महिमा गान गाउँदैछ । अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका जनताबीच मित्रता र सहकार्यको सम्बन्ध प्रगाढ बन्दै गइरहेको कसैबाट लुकेको छैन । यी फरक भू–भागबीच आर्थिक, सांस्कृतिक, राजनीतिक आदान–प्रदान सघन बन्दै छ र भावनात्मक सम्बन्ध प्रगाढ हुँदैछ । यस परिस्थितिले न्यायप्रेमी जनतामा उत्साह सञ्चार गर्दैछ भने यी र यस्तै स्थितिले साम्राज्यवादीहरूलाई हतास मनस्थितिमा पु¥याउँदैछ । त्यसैको प्रतिक्रियास्वरुप संरा अमेरिकाले चीनविरुद्ध व्यापार युद्ध थालेको अनुमान लगाउन गा¥हो छैन ।
अफ्रिकामा संरा अमेरिकाले बेहोरिरहेको अकल्पनीय क्षति, उपनिवेशवादी–साम्राज्यवादी दासताको निरन्तरताप्रतिको अफ्रिकाको अस्वीकृति, पराधीनताप्रतिको अफ्रिकाको अलगाव र चीनको जीत–जीत नीति, विश्व समुदायको एउटै भाग्य निर्माण तथा सभ्यताको पुनरुत्थानप्रतिको आकर्षण, ऐक्यबद्धता र सहमति देखेर संरा अमेरिकी साम्राज्यवाद इतिहासमै नराम्ररी झस्केको परिणति व्यापार युद्धको रूपमा परावर्तन भएको हो भन्नु अन्यथा हुने छैन । संरा अमेरिकाको ‘करेसाबारी’ मा आज उसैलाई साख जोगाउनसमेत धौ–धौ भइरहेको पनि त्यतिकै सत्य हो । ल्याटिन अमेरिकाका जनता फेरि पनि बोलिभारियाली झण्डा उँचो पार्दैछन् । फलस्वरुप संरा अमेरिकाको प्रभुत्ववादविरुद्ध जनता जाग्दैछन् र चीनसँगको मित्रतामा आफ्नो भविष्य उज्यालो देख्दैछन्, चीनसँगको सहयात्रामा आफ्नो सुरक्षाको अनुभव गर्दैछन् र चीनसँगको सहकार्यमा अस्तित्वको सुनिश्चितताको आभास गर्दैछन् ।
यही नै संरा अमेरिकाको ठूलो टाउको दुखाइको विषय बन्दैछ । रक्ताम्य भइसकेको बाघझैँ संरा अमेरिका आज जताततै बोलिभार देख्दैछ, चे र चाभेजको छायामाथि तरवार नचाउँदै छ । हालै झन् कडा पारिएको क्युवामाथिको नाकाबन्दी, भेनेजुयलामाथि निरन्तरको हमला एवम् हस्तक्षेप, निकारागुवा र अन्य ल्याटिन अमेरिकी देशप्रतिको कडा नीति, इरानलाई बरोबर दिइरहेको युद्धको धम्की संरा अमेरिकी नेतृत्वको बहुलठ्ठीपनको परिणामबाहेक अरु के होला र ? ऊ आफ्नै घरमा आगो झोस्ने मूर्खता देखाउँदैछ । ल्याटिन अमेरिकालाई एसियासँग जोड्न नदिने, सि·ो महादेशलाई नाकावन्दी गरी आप्mनो पञ्जामा कैद गर्नेे र ल्याटिन अमेरिकालाई बन्धकको स्थितिमा राख्ने दुस्साहस गर्दैछ संरा अमेरिका । विश्वलाई विभाजित बनाई आफ्नो पुरानै विश्व व्यवस्था कायम राख्न खोज्दैछ अमेरिकी साम्राज्यवाद । तर जतिसुकै राम्ररी झ्याल–ढोका बन्द गरिए पनि पूर्वमा सूर्दोदय भएसँगै खापाका काप–कापबाट किरण पुगेर ज्योति छर्ने प्राकृतिक नियमबारे अनभिज्ञ हुनु मूर्खताको पराकाष्टा हो । आजको आधुनिक युगमा चीन र ल्याटिन अमेरिका र यी दुई भू–भागका जनताबीच मैत्रीभाव छेक्न या रोक्न कुनै विशाल समुद्र या मरुभूमिले तागत राख्दैन । यो ऐतिहासिक सत्य हो । कुनैपनि प्रकारका युद्ध या अत्याधुनिक हतियारले जनताको भावना, विचार र समयको अनिवार्य आवश्यकताको संहार गर्न सक्दैन । व्यापार युद्ध त्यसको अपवाद बन्न सक्दैन । हिजो ल्याटिन अमेरिकी भूमिबाटै विश्वलाई नै उत्साहित पार्दै उद्घोष भएको थियो, ‘संरा अमेरिकी साम्राज्यवादलाई अझ दुई–चारवटा भियतनाममा फसाउन आवश्यक छ ।’ कामरेड चे
ग्वे भाराको त्यो रणनीतिक योजना या आह्वान केबल प्रतिध्वनितमात्र भइरहने छैन, बरु साम्राज्यवादविरोधी जनता त्यसलाई आत्मसात् गर्दैछन् र त्यो भावनाले कुनै दिन अवश्य साकार रूप लिनेछ । साठीको दशकमा ल्याटिन अमेरिका जागी उठ्दा संरा अमेरिकी साम्राज्यवाद चिच्याउन बाध्य भएको थियो, ‘more Cuba, No more Cuba’ । साठी वर्षपछि आज ऊ विश्वका विभिन्न भागमा क्युवा देख्दैछ, क्युवा बेहोर्दैछ र क्युवा एक्लो नभएको पाउँदैछ । हजार उपाय गर्दा पनि कोरिया, क्युवालाई एक्ल्याउन नसकेको स्वयम् महसुस गर्दैछ ।
आज ऊ भन्न बाध्य छ,’Let’s live a day without China !’अर्थात् विना चिनियाँ सामान एक दिन बिताई हेरौं । त्यो दिन पनि आउने छ, जुन दिन पछुताउँदै उसले भन्नुपर्नेछ, ‘चीनसँगको व्यापार युद्ध इतिहासकै अविवेकी निर्णय, आत्मघाती कदम र नकारात्मक शिक्षा ।’ तर त्यतिखेरसम्ममा इतिहास निकै अगाडि बढिसकेको हुनेछ, मिसिसिपी र ह्वाङ्हो नदीमा निकै पानी बगिसकेको हुनेछ ।
व्यापार युद्धको अर्को आयाम पनि छ । सन् १९९१ देखि आजसम्म लगभग तीन दशक विश्व एक ध्रुवीय ढ·मा चल्यो । विश्वव्यापी हैकम संरा अमेरिका कै छ । विश्वका प्रमुख प्राकृतिक स्रोतमाथि आजसम्म उसैको रजाइँ चल्दैछ । शीत युद्धको अन्त्यको ठीक तीस वर्षपछि अर्थात सन् २०२१ सम्ममा चीन विश्वको पहिलो अर्थतन्त्र बन्ने लगभग पक्का भइसकेको छ । संरा अमेरिकाको निम्ति यो सह्य हुने कुरै भएन । ऊ आफ्नो स्थान गुमाउन चाहँदैन र आधिपत्य कायम राख्न चाहन्छ । संरा अमेरिका जे–जसरी पनि आफ्नो विरासतको निरन्तरता सुनिश्चित गर्न चाहन्छ । तर समय कसैको चाहनामा नचल्ने ध्रुवसत्य हो ।
क्षेत्र तथा मार्ग अगुवाइमार्फत चीन विश्वसँग जोडिन प्रयासरत छ, हातेमालो गर्न खोज्दैछ । विशाल तथा उदात्त हृदयका साथ विश्व मानव समुदायको भाग्यसँग आफूलाई एकाकार गर्न खोज्दैछ । साथै त्यसलाई विश्वको गरीबी, भोकमरी, अभाव, अशान्ति आदि विरुद्ध लड्ने एउटा उपायको रूपमा अपनाउँदै छ । विश्वमा समृद्धि, शान्ति र सह–अस्तित्व यही उपायबाट सम्भव हुने चीनको दृढ विश्वास छ । सभ्यताको पुनरुत्थान प्रयास आवश्यक ठान्दैछ र सोहीबमोजिम नयाँ सभ्यता अभियान थाल्दैछ, चीन ।
त्यसको ठीक विपरीत संरा अमेरिका आजको युगमा समेत संसारलाई विचार र विकासबाट होइन बम–बारुद र बन्दुकबाट तह लगाउने, निर्माण होइन विनाश गर्ने, मानिसहरूको दरिद्रतामाथि व्यापार गर्ने सोचका साथ विश्व बजारमा एकहट्टी कायम राख्ने र त्यसको निम्ति हतियारको व्यापार गर्ने सपना देख्दैछ । युद्ध, फेरि पनि युद्ध नै रच्ने षड्यन्त्रको जालो बुन्दैछ । यही गलत मनसायको परिणति हो, चीनविरुद्धको संरा अमेरिकी व्यापार युद्ध । तर संरा अमेरिकाले आज बेमौसमी बाजा बजाइरहेकोमा विश्वका शान्तिकामी जनता आश्चर्यचकित छन् । यो व्यापार युद्धलाई नजिकबाट नियालिरहेका जनता भन्दैछन् – यो पटक संरा अमेरिका साँच्चिकै जिउँदो मान्छेको पञ्जामा पर्दैछ । संरा अमेरिका उसको जघन्य अपराधको निम्ति अन्तिम पटक दण्डित हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *