भर्खरै :

उपभोक्ता समितिको उदाहरणीय कार्य

– हिमांशु कार्की
गाउँ–गाउँमा सिंहदरबार होइन टोल–टोलमा भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, ठेकेदारहरूको गुणस्तरहीन कामले बनिसकेको पुलबाट गाडी गुडाउन नमिल्ने, प्रधानमन्त्री नजिकका ठेकेदारले बनार्उदै गरेको पुल भत्कियो, प्रचण्डका घरपति ठेकेदारले जिम्मा लिएको सडकको काम वर्र्षौदेखि अलपत्र, धुलोपीडित स्थानीय जनता सडक कालोपत्रे गराउन आन्दोलनमा, भूमाफियाले बालुवाटार जग्गा खायो, सार्वजनिक जग्गामा र्पाचटारे होटेल, वडाध्यक्ष लागूपदार्थसहित पक्राउ, वडाध्यक्षले केटी लगी बम्बइमा बेच्यो, बलात्कारीलाई सरकारको संरक्षण, अख्तियारकै हाकिम घुससहित पक्राउ, ठूला सुन तस्कर सरकारको संरक्षणमा जस्ता दिनर्हु आइरहने समाचारबाट वाक्क–दिक्क भएका जनता सामाजिक सञ्जालमा आएको एउटा पोष्टले केही झिनो आशाको किरण जगाएको छ ।
“यस्तो अचम्म भनपाबाहेक अन्त कता होला ? इमानदार जनप्रतिनिधि र सचेत जनता भएपछि भ्रष्टाचार, कमिसन, ढिलासुस्ती, दलाल सबै भागाभाग हुन्छ । अनि देश विकास कसले रोक्न सक्छ, मखुला पासा ?” भन्ने स्टाटससहितको उपभोक्ता समितिले र्टास गरेको हिसाब विवरणसहितको फोटो खाइजू ज्ञानेन्द्र भक्तपुरियनको नामबाट फेसबुकमा पोस्ट गरिएको कालो बादलभित्र र्चादीको घेरा हुन्छ भन्ने भनाइले चरितार्थ गरेको छ ।
उक्त पोष्टमा उपभोक्ता समितिको सूचनाअनुसार भक्तपुर नगरपालिकाबाट लालार्छे द्योर्छेको छाना ममर्तसमेतको लागि लागत इष्टिमेट रू. ११ लाख भएकोमा उपभोक्ता समितिले पहिलो र दोस्रो किस्ताबाट प्राप्त पेश्की रकम रू. ७,३९,६५९।७१ र निर्माण सम्पन्न र्हुदासम्मको खर्च रू. ६,५९,२२१।७१ र र्बाकी भएको रकम रू. ८०,४३८। भनपालाई फिर्ता गरेको रहेछ ।
यस्तो इमानदार र उदाहरणीय कार्यको लागि उपभोक्ता समितिका महानुभावहरूलाई सम्मान प्रकट गर्दै हार्दिक धन्यवाद दिन चाहन्छु । यर्हाहरूको यो उदाहरणीय कार्य अन्यत्र पनि फैलियोस् भने शुभेच्छा व्यक्त गर्दछु ।
हुन त भक्तपुर नगरपालिकाले पचपन्न झ्याल दरबार पुनःनिर्माण, भैरव मन्दिर जीर्णोद्धार, भाजुपोखरी जीर्णोद्धार, ख्वप कलेज भवन, ख्वप इन्जिनियरि· कलेजका भवनहरू, नपाको आफ्नै कार्यालय भवनदेखि पुल बनाउने र बाटोमा ईटा छपाइ आदि अधिकांश भौतिक निर्माणका कार्य कम लागतमा गुणस्तरीय निर्माण भएको चर्चा सुनेको थिए तर यस्ता राम्रा कार्यबारे देशको सञ्चारमाध्यमले प्रचार गर्नुपर्ने हो तर सञ्चारमाध्यमको ध्यान नपुगेको हो वा बुझपचाइ हो त्यो पत्रकार महोदयहरू नै जानून् ।
मध्यपुर थिमी नगरपालिकाले पनि धेरै कामहरू उपभोक्ता समितिमार्फत गरार्उदै आएको छ । तर यर्हाका उपभोक्ता समिति सबै नभर्नौ धेरैको काम भनेको सहीमात्र गर्नु हो । र्बाकी सबै काम ठेकेदारमार्फत हुन्छ ।
कतिपय उपभोक्ता समितिका मानिसले ठेकेदारर्सग कमिसन लिने गरेको, भर्खर भर्ना भएका कर्मचारीलाई हुँदै नभएको कामको धम्की दिएर मूल्याड्ढन गरी पैसा लिने गरेको पनि चर्चा छ । सोझा कार्यकर्ताहरूलाई उपभोक्ता समितिमा सही गराएर नेताहरूले कमिसन खाने गरेको कार्यकर्ताहरूको गुनासो झिनो स्वरमा सुनिन्छ । सचेत र इमानदार नगरवासीहरू यसले समाज भ्रष्टीकरणतिर लैजान्छ कि भनी चिया पसलमा चिन्ता व्यक्त गर्दछन् । ६ महिनादेखि नपाको बोर्ड बैठक बस्न सकेको छैन ।
नपामा भ्रष्टाचार, अनियमितता, बेथितिका कुराहरू सुनिन्छ तर त्यस्ता स्वरहरू कमजोर छन् । विकासको नाममा खान पल्केकाहरूको हालीमुहाली छ, अनियमितता, अपारदर्शी कामबारे कसैले कुरा उठाए विकासविरोधीको बिल्ला भिराउने उपभोक्ताहरू छन् । भक्तपुर नगरपालिकाको उदाहरणीय काम मध्यपुर थिमिसम्म पनि आउन सकेको छैन । कसैले यसबारे चर्चा गर्न खोज्यो भन्ने खानपल्केकाहरू मिलेर छोपछाप गरिदिने चलन छ, राम्रो कामको प्रचार गराउनै चाहँदैन ।
himansukarki14@gmail.com 

Leave a Reply

Your email address will not be published. Required fields are marked *