भर्खरै :

प्रधानमन्त्री रोजगारी कार्यक्रममाथि केही प्रश्न

नङ्गा नाचे हजार दाउ । शुक्रबार प्रधानमन्त्री र श्रममन्त्रीको उपस्थितिमा देशभरिकै ‘प्रधानमन्त्री रोजगारी कार्यक्रम’ को उद्घाटन भनिएको भेलासँग जोडेर केही प्रश्न उठेका छन् ।
क. विभिन्न जिल्लामा यसअघि नै सुरू भइसकेको प्रधानमन्त्री रोजगारी कार्यक्रमको भक्तपुरमा फेरि उद्घाटनको के तुक ?
ख. भोजघरमा तामझामका साथ आयोजना गरिएको सो कार्यक्रमको हिसाब–किताब सार्वजनिक हुन्छ वा हुँदैन ? कार्यक्रमको लागि भएको खर्च कुन निकायले कसरी व्यहोर्ने हो ?
ग. कार्यक्रमबाट रोजगारी प्रदान गरिएका मजदुरले कति समयको लागि कुन ठाउँमा कस्तो काम पाएका हुन् ? उनीहरूले वास्तवमै रोजगारी पाएका हुन् भने तोकिएको काम सकेपछि उनीहरूलाई कसरी कहाँ रोजगारी दिइने छ ? बौद्धिक श्रम गर्ने क्षमता भएका शिक्षित बेरोजगारलाई सो कार्यक्रमले कस्तो रोजगारी दिने हो ?
घ. कार्यक्रमको भनी सार्वजनिक एउटा तस्वीरमा सामान्यतः शारीरिक श्रम गर्दा नलगाइने जुत्ता र पोशाक लगाएका मानिसहरूले मकै बारी फाडिरहेको देखिएको छ । ती मानिसहरूले टाउकोमा पहेँलो र·को हेल्मेट पनि लगाएका छन् । मकैबारी फाड्न लगाएर सरकारले कस्तो रोजगारी दिन लागेको हो ? अन्तर्राष्ट्रिय चलनअनुसार पहेँलो हेल्मेट निर्माण क्षेत्रमा काम गर्ने शारीरिक मजदुरहरूले लगाउने हुन् । मकैबारी फाडिरहेका मानिसहरूलाई पहेँलो हेल्मेट लगाउन दिनुले सो कार्यक्रमको अपरिपक्वता मात्र प्रस्ट हुँदैन बरू हेल्मेट र ज्याकेट खरिदमा कमिसनखोरीको सम्भावनालाई कसरी नकार्ने ?
ङ) शुक्रबारको कार्यक्रमको प्रचारार्थ भनी अरनिको राजमार्गअन्तर्गत कोटेश्वरदेखि पूर्वका विभिन्न आकाशे पुलमा भक्तपुर जिल्लाका चारै नगरपालिकाका मेयर र दुई क्षेत्रका सांसदहरूको तस्वीरसहितको व्यानर राखियो । तर, केही दिनपश्चात् ती व्यानरमा क्षेत्र नं १ का सांसद प्रेम सुवालको तस्वीर छोपिने गरी लोगो टास्न लगाइयो । प्रथमतः व्यानरमा तस्वीर राख्नुअघि व्यानरमा तस्वीर भएका जनप्रतिनिधिको अनुमति लिइएको थियो वा थिएन ? अनुमति प्राप्त नभएको अवस्थामा कसले कुनै हैसियतमा तस्वीर प्रचार सामग्रीमा राखेको हो ? प्रचार सामग्रीमा पछि एकजना सांसदको तस्वीर छोप्ने निम्न कोटीको पागलपन किन देखाइयो ?
च. रोचक कुरा, प्रधानमन्त्रीले सो कार्यक्रममा ‘अब कोही पनि नेपाली युवा रोजगारीको लागि विदेशिन नपर्ने’ बोले । तर, शुक्रबार नै अनलाइनखबरले समाचार छाप्यो–शनिबार र आइतबार कोरियन भाषाको परीक्षा, १० हजार कोटामा ९२ हजार युवाको प्रतिस्पर्धा । कोरियामा रोजगारीको लागि जान चाहने युवाहरू नै सो परीक्षामा सामेल भएका हुन् । ती ९२ हजार नेपाली युवालाई कोरिया नगई नेपालमै रोजगारी दिने सरकारको योजना के हो ? उनीहरूले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ प्रति किन विश्वास गरेनन् ?
छ. जबरजस्ती गुण्डागर्दीमा चल्न सक्छ । राजनीति विवेकको प्रतिस्पर्धा हो । तर्कहीन मानिस बहुलाउँछ । बहुलाले राजनीति गर्दा समाजको हित हुनसक्दैन । बहुलठ्ठीपना केही बेर हेर्न रमाइलो नै हुन्छ । तर, बहुलाइ मनोरोग हो । मनोरोगीले समाजमा पु¥याउने हानी नोक्सानीबारे कसलाई थाहा नहोला ?
ज. संविधानले स्थानीय तहलाई शक्तिसम्पन्न बनाएको छ । अब मानिस सानातिना कामको लागि प्रधानमन्त्रीको दरबारसामु चाकडी जान नपर्ने सोच नै वर्तमान संविधानको मूल आशय हो । तर, केही चाकडीबाजहरूले भने प्रधानमन्त्रीको आँगनमा चाकडी जाने सामन्ती चिन्तन छोड्न सकेका छैनन् । यसरी लोकतन्त्र र गणतन्त्र कसरी बलियो हुनसक्ला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *