ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
हरिसुन्दर सुवाल
सन् २०१८ जुलाइबाट अमेरिका– चीनबीचको व्यापार युद्ध अहिले विश्वभरका जनताको चासोको विषय बनेको छ । अमेरिकाले अन्य देशहरूमाथि व्यापार युद्ध थोपरेको इतिहासमा यो पहिलो भने होइन । सन् १९३० मा युरोपियन युनियनविरुद्ध संरा अमेरिकाले व्यापार युद्ध थोपरेको थियो । अर्थतन्त्रमा साम्राज्यवादी बेलायतलाई उछिन्नेको अमेरिकाले १२५ वर्षदेखि अर्थतन्त्रमा पहिलो नम्बरमा राज गर्दै आइरहेको छ । अर्थतन्त्रमा दोस्रो नम्बरमा रहन सफल देशहरू जर्मनी, सोभियत सङ्घ, फ्रान्स, जापान आदि देशहरू कहिल्यै नम्बर एक हुनसकेनन् । यसको कारण अरु केही नभई संरा अमेरिकी दादागिरी नै रहेको पुष्टि हुन्छ । चाहे फ्रान्स–जर्मनीविरुद्धको चिकेन युद्ध होस् वा २००२ को स्टिल आयातमा ३० प्रतिशतसम्मको भन्सार वृद्धि नै किन नहोस् । समाजवादी व्यवस्थाले चौतर्फी समृद्धि चुम्ने पथमा अग्रसर रहेको चीनको अर्थ व्यवस्था र दूरदर्शी असल नेतृत्वका कारण विश्वभरि बजार जमाउन सफल छिमेकी देश चीनप्रति अमेरिकी राष्ट्रपति ट्रम्प त्यति सकारात्मक देखिंदैन ।
२०१८ मार्च २२ का दिन चिनियाँ लगानीमाथि प्रतिबन्धको घोषणाको प्रतिवादमा चीनले ३ अर्ब अमेरिकी डलर बराबरको अमेरिकी १०६ वटा मालसामानमाथि भन्सार दर वृद्धि ग¥यो । सेप्टेम्बर ७ मा चीनबाट अमेरिका आयात थप २६७ सामानहरूको भन्सार १० प्रतिशतबाट बढाई २५ प्रतिशत पु¥याइयो । यसरी सेप्टेम्बर २४ सम्ममा २५० अर्ब अमेरिकी डलर बराबरको सामानमाथि कर वृद्धि गरियो । अर्जेन्टिनामा भएको जी ट्वान्टीको शिखर सम्मेलनमा अमेरिका चीनबीचको व्यापार युद्ध ९० दिनको लागि विश्राम भयो । तर सन् २०१९ जनवरी ३०–३१ मा चीनले ५० लाख अमेरिकी सोयाबिन खरिद गर्ने सकारात्मक दिशामा वार्ता अघि बढ्दा बढ्दै मार्च १९ का दिन चिनियाँ राष्ट्रपति सी ची फिङ र अमेरिकी राष्ट्रपति ट्रम्पबीच तय भएको भेट वार्ता हुनसकेन ।
त्यसपछि २०१९ को फेब्रुअरी १५ मा चीनको पेइचिङ र मार्चमा अमेरिकाको वाशिङ्टनमा भएका वार्ताहरू विनानिष्कर्ष टुङ्गिए । व्यापार युद्ध सुरु भएको ३३२ औं दिन चीनले श्वेतपत्र जारी ग¥यो । श्वेतपत्रमा दर्जनाँै उच्चस्तरीय वार्ताहरू उल्लङ्घन भएको र व्यापार युद्धबाट कसैको पनि हित नहुने विचार उल्लेख गरी चिनियाँ सरकारले अत्यन्तै जिम्मेवारीपूर्ण तथा उदाहरणीय उपस्थिति जनाउँदै आएको अध्ययनले देखाउँछ । अमेरिकाको चीनसितको व्यापारमा सन् २०१७ मा ६६५ अर्ब अमेरिकी डलर बराबरको सामानमा ३७५ अर्ब, २०१८ मा ६५९ अर्ब र २०१९ को हालसम्म उपलब्ध तथ्याङ्कअनुसार १३२ अर्बको व्यापार घाटा रहेको छ । चिनियाँहरूले अमेरिकामा गर्ने खर्चको हिसाब हेर्ने हो भने अमेरिकालाई चीनसितको सम्बन्धमा आर्थिक फाइदा ७.२ अर्ब रहेको छ ।
संरा अमेरिकाले हालै चीनमाथि बौद्धिक सम्पति चोरीको आरोपमा हुवावेलाई गुगल नेटमा प्रतिबन्ध लगाएको छ । चीनले यसको खण्डन गरेको छ । चिनियाँ आविष्कारमा चीनले १७.७ प्रतिशत पेटेन्ट राइट पाइसकेको छ । चिनियाँ जनमुक्ति सेनाका निवृत्त अधिकृतले हुवावे ५ जी सञ्चालनका लागि अनुसन्धान र लगानी गरिरहेको समाचार छ । १५० जना कर्मचारी उक्त कार्यमा अभ्यस्त छन् । चिप्सलगायत अन्य सामग्री उत्पादन गर्न चीन सक्षम रहेको छ । ४ जीभन्दा कैयौँ गुणा चल्ने उक्त सेवाले २०१७ मा ३९ प्रतिशत, २०१८ मा २५ प्रतिशतमात्र आम्दानी गरेको भए तापनि कम्पनीलाई कुनै असर नपर्ने तथ्य बाहिर आएको छ । विश्वमा दोस्रो स्थानमा रहन सफल हुवावे कम्पनीको ५ जी सेवाले अमेरिकी कम्पनी एप्पललाई उछिटेको छ । नेट इन्टरनेट सञ्जालमार्फत जोडेर ब्चतषष्अष्ब िक्ष्लतभििष्नभलअभ को सेवा केवल छन् ले मात्र दिन सकिने बताइन्छ । त्यस्तै चिनियाँ कम्पनी अप्पोले युरोपमा मात्रै ६९ प्रतिशत बजार पाउन सकेको स्थिति छ ।
विश्व अर्थतन्त्रमा ठूलो प्रभाव पार्नसक्ने दूर सञ्चारमा पहिलो श्रेणी पुष्टि गर्न नसकेको कारण देखाई व्यापार वितरणमा चीनलाई अलग्याउने नीतिले व्यापार युद्ध छेडेको र यसले परिणामतः अमेरिकालाई नै बढी घाटा हुने निश्चित देखिन्छ । चिनियाँ हुवावे कम्पनीले २०१८ मा ११ अर्ब अमेरिकी डलर बराबरको कमाइ गरेको र अमेरिकी ग्रामीण क्षेत्रमा यसका प्रयोगकर्ताहरू २५ प्रतिशतबाट वृद्धि भई ९० प्रतिशत पुगेका छन् । मानव जातिको विकासको निम्ति सहकार्य गर्नुको कुनै विकल्प छैन । संरा अमेरिकाको १२० वटा देशहरूसित व्यापार घाटा रहेको छ । यसको कारण बहुराष्ट्रिय कम्पनीहरूले सस्तो श्रम खोज्ने प्रवृत्ति जिम्मेवार रहेको पुष्टि चिनियाँ सञ्चारमाध्यमहरूले गर्दै आइरहेका छन् । अमेरिकाले हवाईजहाज, खेलकुद सामग्री, मेसिनरी, सोयाबिन, गाडी कपासलगायतका मालसामानहरू चीनलाई बेच्दै आएको छ । संरा अमेरिका व्यापार युद्धका कारण बर्सेनि ७ सय विलियन अमेरिकी डलर बराबरको घाटा व्यहोर्न बाध्य छ । १ अर्ब ३० करोड जनसङ्ख्या चीनका लागि बजार पाउन अमेरिकालाई त्यति कठिन छैन । अमेरिकाले चीनमा निर्यात गर्ने उच्चस्तरको मालसामान अन्य एसियाली तथा अफ्रिकी विकासोन्मुख देशहरूले खरिद गर्नसक्ने हैसियत राख्दैन ।
यसले गर्दा ३०–३५ करोड जनसङ्ख्या भएको अमेरिकाले यथोचित बजार पाउन नसक्ने स्थिति विद्यमान छ । अर्कोतर्फ एक क्षेत्र एक मार्गको अवधारणा अगाडि सार्दै युरोपेली, एसियाली तथा अफ्रिकी देशहरूसित समकक्षीको व्यवहार गर्दै आएको कारण चीन विश्वभरिका जनताका लागि आशाको केन्द्रविन्दुको रुपमा स्थापित हुँदै छ । भूगोल, अर्थतन्त्र, जनसङ्ख्यामा अत्यन्त ठूलो देश भएर पनि चीनले कहिल्यै कुनै देशमाथि हैकम जमाउन,े हस्तक्षेप गर्ने नीति लिएको छैन । जापानी उपनिवेश, साम्राज्यवादी दमनको पीडा र अनुभवबाट सिकेर अगाडि बढिरहेको चीनबारे अध्ययन र अनुसन्धान गर्नु समयको माग हो ।
चीन जापानजस्तै अमेरिकी मोडेलको विकासको मार्गमा नभई आफ्नै किसिमको मौलिक विकासको मोडेलमा अगाडि लम्किरहेको देश हो । चीनले कहिल्यै आफ्नो सिमाना विस्तारबारे सोचेको छैन । बरु चीनले पूर्वाधार निर्माणमा सबैलाई निरन्तर सहयोग गर्दै आइरहेको छ । गरिब विकासोन्मुख देशहरूले चीनलाई भरपर्दो विकल्पको रूपमा लिइरहेका छन् । विदेशी ऋण चुक्ता गर्न राहत सहयोग उपलब्ध गराउँदै आएको चिनियाँ विशेषतासहितको विश्वव्यापीकरणको नमुना द्यभति बलम च्यबम क्ष्लष्तष्बतष्खभ लाई लिन सकिन्छ । कतिपयले यसलाई ऋणको पासोको रूपमा लिइरहेका छन् भने प्रगतिशील जमातले ऋण मिनाहा गरिदिने चीनको उक्त प्रयासलाई सहअस्तित्वको आधारको संज्ञा दिएका छन् । यसमा ६ खर्ब अमेरिकी डलरको हिसाबले लगानी बढेको र ३ लाखले रोजगारी पाएका छन् । कोरिया युद्ध, भियतनाम युद्धमा अविस्मरणीय भूमिका गरेकोे चीन अहिले अफ्रिका, एसिया, ल्याटिन अमेरिकाबीच भावनात्मक एकता गाँस्न सफल भएको छ । २१ औँ शताब्दीमा पनि हातहतियारकै बलमा अन्य देशहरूमाथि हस्तक्षेप र थिचोमिचो गर्दै आइरहेको अमेरिकाले चीनबाट ठूलो पाठ सिक्ने विश्लेषकहरू बताउँछन् ।
चीनले विश्व व्यापार सङ्गठनको सिद्धान्तलाई छोडेको छैन । सार्वभौम देश चीन देशी वा विदेशी कुनै पनि शक्तिको अगाडि झुक्नेछैन । व्यापार युद्धले सबै देशलाई घाटा हुन्छ । अन्तर्राष्ट्रिय बजारको भाउ बढ्ने हुनाले मालसामानको मूल्य स्वतः बढ्न गई ठूलो आर्थिक मन्दी निम्त्याउने सम्भावनालाई नकार्न सकिन्न । आप्mनो फाइदालाई मात्रै फाइदा देख्ने अमेरिकी ट्रम्प स्वतन्त्र व्यापारको पक्षमा छैनन् । प्राचीन सभ्यता, कन्प्mयुसियस दर्शन र माओका निर्देशनबमोजिम अगाडि बढिरहेको चीनको उदयलाई अब कुनै शक्तिले रोक्नसक्ने अवस्था देखिँदैन ।
Leave a Reply