भर्खरै :

भक्तपुर नपाद्वारा रेडियो प्रस्तोता तालिम सुरु

भक्तपुर, २६ जेठ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाद्वारा सञ्चालन हुने १५ दिने रेडियो प्रस्तोता तालिमको आइतबार उद्घाटन गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरपालिका ख्वप एफ.एम. र ख्वप टेलिभिजन सञ्चालन गर्ने तयारीमा रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “रेडियो प्रस्तोताहरूले अरूले तयार पारेको समाचार वाचन गर्नेमात्र नभई स्वअध्ययन, विभिन्न भाषामा दख्खल, शिष्टता र विषयवस्तुमा जानकार हुनुपर्छ ।”
समाजलाई व्यवस्थित ढङ्गले अगाडि बढाउन युवा पुस्तालाई सीप दिने उद्देश्यले नगरपालिकाले विभिन्न तालिमहरू दिँदै आएको चर्चा गर्दै प्रमुख प्रजापतिले तालिमबाट व्यक्तित्व विकासमा मद्दत पु¥याउने धारणा राख्नुभयो ।
उहाँले नयाँ पुस्तामा व्यापक दृष्टिकोण हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले युवाहरू भनपाको उद्देश्य र लक्ष्यबारे जानकार हुनुपर्छ भन्नुभयो ।
उहाँले ख्वप एफ.एम. भक्तपुर नगरपालिकाको भावना जनतामाझ पु¥याउने प्रभावकारी माध्यम बन्नेमा विश्वास व्यक्त गर्नुुभयो ।
कार्यक्रममा भनपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले भाषा राम्रो बनाउन साहित्य अध्ययनमा जोड दिनुपर्ने आवश्यकता औँल्याउँदै प्रशिक्षार्थीहरूलाई नगरपालिकाको उद्देश्य बुझेर अगाडि बढ्न प्रेरित गर्नुभयो ।
ख्वप सः कार्यक्रमका संयोजक एवम् भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले विदेश जाने लोभले नयाँ पुस्तामा ढाट्ने प्रवृत्ति विकास भइरहेको बताउँदै भक्तपुर नगरपालिकाले युवा लक्षित गतिविधि गरी शिक्षा सँगसँगै रोजगारी दिने उद्देश्यले विभिन्न तालिमहरूलाई निरन्तरता दिइरहेको बताउनुभयो ।
प्रशिक्षकको तर्फबाट तालिमका प्रशिक्षक मतिना त्वानाबासूले प्रशिक्षार्थीहरूलाई तालिमको महत्वबारे प्रकाश पार्नुभयो । कार्यक्रममा ख्वप सः कार्यक्रमका सञ्चालक सदस्य दीपेन्द्र प्रजापति र ओम धौभडेलले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *