भर्खरै :

मालीमा भएका साम्प्रदायिक हमलामा ९५ जनाको मृत्यु

बामाको, २७ जेठ (रासस/एएफपी) : साम्प्रदायिक हमलामा परी मालीको मध्य भागमा रहेको एउटा गाउँमा कम्तीमा ९५ जना मारिएका छन् ।
बन्दुकधारी डोगोन समुदायका आक्रमणकारीहरूले आइतबार रातभरी आक्रमण गरेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
स्थानीय सुरक्षा श्रोतले सोमबार भन्यो, “अहिले सम्म ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ, शवहरू जलेका छन् । मृतकको सङ्ख्या थप केही बढ्नसक्ने सम्भावना छ ।”
कौन्डौ जिल्ला अन्तर्गत पर्ने सोबाने गाउँमा आक्रमण भएको अधिकारीहरुले एएफपीलाई बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *