युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
प्यारी छोरी हेल्डिता,
तिम्रो सम्झनामा आज म केही कुरा लेख्दैछु, तर लामो अन्तरालपछि मात्र यो चिट्ठी तिम्रो हात पर्नेछ । तिम्रो जन्मदिनको सन्दर्भमा तिमीलाई न्यानो सम्झना अनि आशा छ, यो जन्मदिनले तिमीलाई अझ सुखी बनाउनेछ । छोरी, अब तिमी सानी बच्ची रहिनौ । त्यसैले अब मैले चिट्ठीमा आदर्श उपदेशका बखानहरू लेख्न उचित छैन ।
तिमीभन्दा म धेरै टाढा र भिन्न परिवेशमा छु र अझ धेरै समय हामीले यो विछोड भोग्नुपर्नेछ । हाम्रा शत्रुहरू (साम्राज्यवादी तथा प्रतिक्रियावादीहरू, अनु.) विरुद्धको कठिन सङ्घर्षमा हामी सबै कामहरू आफ्नै सामथ्र्यले गरिरहेका छौँ । यो सङ्घर्षमा मेरो योगदानपूर्ण त होइन, यद्यपि केही भने अवश्य छ । अनि मलाई आशा छ–तिमी आफ्नी बाबाप्रति गौरव गर्नेछौ जसरी तिम्री बाबा तिमीप्रति गौरव गर्छ ।
हामीले अङ्गिकार गरेको सङ्घर्षका धेरै श्रृङ्खलाहरू अझ बाँकी नै छन् । तिमीले पनि ठूली भएपछि यो सङ्घर्षमा योगदान गर्नुपर्नेछ । अनि त्यसको निम्ति यतिबेला तिमीले आफू असल क्रान्तिकारी बन्न तयारी गर्नुपर्छ । तिम्रो उमेरमा यो तयारी भन्नु आफ्नो अध्ययनप्रति गम्भीर बन्नु हो । तिमी न्यायोचित विचारको पक्षमा सदा प्रतिबद्ध भएर उभिनु सक्नुपर्छ । आफूलाई कहिल्यै पनि धेरै माथि राखेर सोच्नु गल्ती हो, यो त समयसँगै आउने कुरो हो । अहिले भने तिम्री आमाको कुरा शिरोपर गर्नु राम्रो हुनेछ ।
आफ्नो विद्यालयकै उत्कृष्ट विद्यार्थी बन्न तिमीले कडा परिश्रम गर्नुपर्छ, सबै पक्षहरूमा उत्कृष्टताको लागि । तिमीले मैले भन्न खोजेको कुरा बुझेकी हुनुपर्छ – अध्ययन र क्रान्तिकारी आचरण । अर्को शब्दमा श्रमप्रति गम्भीर अवधारणा, मातृभूमिप्रति अगाढ माया, क्रान्तिकारी आस्था र कामरेडेली भावना अनि अरु धेरै कुराहरू । म तिम्रो उमेरको हुँदा परिवेश आजको जस्तो थिएन । म त्यस्तो भिन्न समाजमा हुर्केको थिएँ जहाँ मानिसहरू एक–अर्काका शत्रु हुन्थे । समयले धेरै काँचुली फेरिसकेको छ र फेरिएको समयमा हुर्कनु तिमीहरूको भाग्यको कुरा नै हो । तिमीले यसमा गर्व गर्न सिक्नुपर्छ ।
आफ्ना भाइबहिनीहरूलाई राम्रो स्याहार गर्न कहिल्यै नभुल्नु । उनीहरूलाई पनि आफ्नो पढाइप्रति गम्भीर र असल व्यवहारमा अभ्यस्त बनाउन आवश्यक छ । विशेषतः तिमीले अल्डिताप्रति ध्यान दिने गर्नु जसले तिमीलाई ठूली दिदीको रूपमा विशेष आदर गर्छे ।
लौ त, छोरी ! जन्मदिनको फेरि एकपल्ट शुभकामना । तिम्रो आमा र जीनाप्रति न्यानो माया सुनाइदिनु र हाम्रो लामो विछोडका प्रत्येक पलको न्यानो आलिङ्गन स्वीकार्नु ।
तिम्री बाबा
Leave a Reply