युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
चे ग्वेभारा
(यो लेख चेले संयुक्त राष्ट्र सङ्घ र अफ्रिकी देशहरूमा घुम्ने क्रममा उरुग्वेली पत्रिका ‘Marcha’ को निम्ति ‘अल्जेरियर्सबाट’ (From Algiers) शीर्षकमा लेखेका थिए । पछि यो ‘क्युवामा समाजवाद र मानिस’ (Man and Socialism in Cuba) शीर्षकमा छापियो । यहाँ विषयको भावलाई लिएर समाजवाद र नयाँ मानव शीर्षकमा प्रस्तुत गरेका छौं । –प्र.)
प्रिय कामरेडहरू,
अफ्रिका घुम्ने क्रममा केही ढिला भए पनि आफूले वाचा गरेझैं यस लेखलाई पूरा गर्दैछु । शीर्षकको उद्देश्यसँग सम्बन्धित भएर म यो काम गर्नेछु । उरुग्वेली पाठकहरूको लागि पनि यो चासोको विषय बन्न सक्छ ।
समाजवादमा देश निर्माणको निम्ति व्यक्तिको भूमिका विलीन हुन्छ भन्ने साझा तर्क पुँजीवादका प्रवक्ताहरूले हामीमाझ राख्दै आएका छन् । म एक्लै यसको सैद्धान्तिक खण्डन गर्दिन बरु क्युवामा रहेका केही तथ्यलाई राख्न खोज्छु र त्यसमा केही सामान्य प्रकृतिका कुरा जोड्नेछु । मलाई राज्य शक्ति हातमा लिन अघि र पछिका क्रान्तिकारी सङ्घर्षको इतिहासबाट अगाडि बढ्ने अनुमति दिनुहोस् ।
सबलाई थाहा भएकै कुरा हो, जनवरी १९५९ मा उत्कर्षमा पुगेको क्युवाली क्रान्तिकारी सङ्घर्ष सन् १९५३ जुलाई २६ बाट नै सुरु भइसकेको थियो । का. फिडेल क्याष्ट्रोको नेतृत्वमा रहेको टुकडीले ओरियन्टे (Oriente) प्रान्तको मोनकाडा (Moncada) व्यारेकमा सबेरै हमला गरेको थियो । हमला असफल भयो, असफलता अभिशाप भयो, बाँचेका जति सबै जेलमा कोचिए । आममाफीको माध्यमले जेलबाट छाडिएपछि फेरि अर्को सङ्घर्षको सुरुवात भयो । यो प्रक्रिया जहाँ समाजवादको बीउ मात्र छ, त्यहाँ व्यक्ति महत्वपूर्ण तत्व हो । हामीले त्यो व्यक्ति, नितान्त त्यो व्यक्तिलाई विश्वास ग¥यौं– विजय होस् या पराजय हामीले उसैको एक्लो नेतृत्वलाई विश्वास ग¥यौं । अनि गुरिल्ला युद्धको चरण आयो । यसले ठीक दुई परिस्थिति तयार पा¥यो ः एउटा जनसमूह जो आफै पनि सुतिरहेका थिए तर परिचालित गर्नु आवश्यक थियो भने अर्को त्यसको रक्षकदल, गुरिल्लाहरू, परिचालनका चालक शक्ति क्रान्तिकारी सचेतना तथा सैन्य उत्साहका ऊर्जा स्रोतहरू । रक्षकदल (ख्बलनगबचम) विजयको निम्ति आवश्यक वस्तुगत परिस्थिति तयार पार्ने उत्पे्ररक थिए ।
यहाँनिर वैचारिक सर्वहाराकरणको पृष्ठभूमिमा, व्यवहार र सिद्धान्तमा भएको क्रान्तिमा व्यक्तिको भूमिका महत्वपूर्ण थियो । क्रान्तिकारी बलको उच्च ओहदामा पुगेका सियरा माइस्ट्रा (Sieraa Maestra) का प्रत्येक लडाकूहरूले उल्लेखनीय योगदान पु¥याएका थिए । उनीहरूले यसैको आधारमा त्यो पद पाएका थिए ।
पहिलो साहसिक चरण
आफ्नो जिम्मेवारी पूरा गर्नु नै आफ्नो एक मात्र कर्तव्य ठानी ठूला खतरा मोल्दै हाम्रा लडाकूहरूले ठूला जिम्मेवारी पूरा गरिरहँदा हामी पहिलो साहसिक चरणमा थियौं । हाम्रो क्रान्तिकारी शिक्षाको काममा हामी बारम्बार यो शिक्षाप्रद निचोड सम्झिरहेका हुन्थ्यौं । हाम्रा लडाकूहरूमा भविष्यका नयाँ मानवका झिल्काहरू देखिन्थे ।
इतिहासमा पनि क्रान्तिकारी उद्देश्यकै निम्ति सम्पूर्ण कुरा दाउमा लगाएको कुरा दोहोरिसकेको छ । सन् १९६२ को मिसाइल समस्या (Missile Crisis) र सन् १९६३ को फ्लोरा (Flora) आँधीवेहरीको बेला सम्पूर्ण जनताले अतुलनीय योगदान पु¥याएको हामीले देखेका छौं । वैचारिक दृष्टिकोणबाट यही साहसिक मानसिकतालाई दैनिक जीवनमा लागू गराउने तरिका खोज्नु नै हाम्रो आधारभूत कार्य हो ।
सन् १९५९ जनवरीमा षड्यन्त्रकारी पुँजीपतिहरूको सहभागितामा क्रान्तिकारी सरकार गठन गरियो । विद्रोही सेनाको उपस्थितिले सरकारको शक्तिलाई सुनिश्चित बनाएको थियो । त्यति नै बेला गम्भीर अन्तरविरोधहरू देखापरे । पहिलो चरणमा फेब्रुअरी सन् १९५९ को उत्तरार्धमा त्यो समस्याको समाधान फिडेल क्याष्ट्रोको प्रधानमन्त्रीत्वमा सरकार बनाएर गरियो । यो प्रक्रियाको उत्कर्ष जुलाईमा जनदबाबका कारण राष्ट्रपति उरुसिया (Urrutia) ले राजीनामा दिएपछि पुग्यो ।
त्यसपश्चात् क्युवाली क्रान्तिको इतिहासमा स्पष्ट भूमिकाको एउटा नयाँ पात्र देखा प¥यो । जुन बारम्बार दोहरिरहन्छ– त्यो हो जनता । यिनीहरू भनिएजस्तै छैनन्, उनीहरू एउटै किसिमका तत्वहरूका जोड मात्र हो जो भेडाको बथानझैं व्यवहार गर्छ । यो सत्य हो कि उनीहरू आफ्ना नेतालाई विना कुनै हिच्किचाहट मान्छन् विशेषतः फिडेल क्याष्ट्रोलाई । उहाँले यो जुन विश्वास जित्नुभएको छ त्यसले जनताको इच्छा र उत्साहलाई प्रतिनिधित्व गर्छ । यस कुराले उहाँले इमानदारीपूर्वक पूरा गर्ने वाचाको पनि प्रतिविम्वित गर्दछ ।
जनसहभागिता
पुनः निर्माण तथा कठिन प्रशासनिक काममा जनताको सहभागिता बढ्दै गयो । त्यो साहसिक अनुभव पिगको खाडी (Bay of pigs ) मा पनि देखियो । सीआईए द्वारा तालिम दिइएका हतियारबन्द डाँकूहरूसँगको लडाइँमा यो अझ उत्साहजनक भयो । अक्टोबरको मिसाइल समस्याको यो एउटा निर्णायक शक्ति थियो र यो आज पनि समाजवाद निर्माणमा क्रियाशील छ ।
साधारण रूपले हेर्दा, राज्यको पक्षमा भन्दा व्यक्तिको पक्षमा बोल्ने सत्य लाग्न सक्छ । सरकारले अघि सारेका हेरक क्षेत्रहरू चाहे त्यो आर्थिक होस् वा साँस्कृतिक, रक्षा होस् वा खेलकुद वा अन्य कुनै क्षेत्रमा जनताले अतुलनीय उत्साह र अनुशासन देखाएका छन् । सुरुवात का. फिडेल क्याष्ट्रो वा क्रान्तिकारी नेतृत्वबाट हुन्थ्यो, जनतालाई बुझाइन्थ्यो र उनीहरू त्यसलाई आफ्नो बनाउँथे । कुनै ठाउँमा पार्टी र सरकारले स्थानीय स्तरबाट सिकेर त्यसलाई सामान्यीकरण गरी अरु ठाउँमा पनि त्यसरी नै गर्ने प्रयास गरिन्छ ।
तर, राज्यले पनि केही त्रुटी गर्छ । जब एउटा यस्तो गल्ती हुन्छ तब जनता उठ्ने प्रत्येक तत्वमा गुणात्मक ¥हासको कारण उत्साह पनि घट्न थाल्छ । कामको गति नगन्य मात्र होइन पङ्गु बन्न पुग्छ । त्यतिबेला सच्याउनु नै पर्ने हुन्छ । ठीक यस्तै स्थिति सन् १९६२ मा एनिवल इश्कलान्ते (Anibal Esclante) ले सचिवमण्डलीय नीति पार्टीमा लागू गरेपछि भएको थियो । जनतासँग कसिलो सम्बन्धको आवश्यकता छ । आगामी वर्षमा हामीले त्यो अवश्य सुधार गर्नैपर्छ । जहाँसम्म योजना बनाउने सरकारको उच्च तह सम्बन्धित छ, हामी अहिले हाम्रो अगाडि रहेका कठीन समस्याहरूलाई सहजतापूर्वक समाधान गर्ने प्रयास गरिरहेका छौं ।
यसमा फिडेल नेतृत्वकर्ता/गुरु हुनुहुन्छ । उहाँको जनतासँग भिज्ने आफ्नै विशिष्टतालाई हेरेरमात्र प्रशंसा गर्न सकिन्छ । ठूल–ठूला जनसभामा जो कोहीले क्याष्ट्रो र जनताको कुराकानी सुन्न सक्छन् । त्यो संवाद त्यतिबेलासम्म चल्थ्यो जतिबेलासम्म उनीहरू सङ्घर्ष र विजयको आफ्नो कथाको उत्कर्षमा पुग्दैनथे । क्रान्तिको अनुभवबाट नआएकालाई त्यो व्यक्ति र जनताको सम्वाद एकै समयमा हुने कुरा नबुझिने हुनसक्छ ।
जब केही लोकप्रिय विचारहरू जनतामाझ राख्नुपर्ने हुन्छ, तब यस्ता दृश्य पुँजीवादमा पनि देखिन्छ । यदि ती सबै पवित्र सामाजिक उद्देश्य होइनन् भने ती सबै त्यत्रिबेलासम्म बाँच्छन् जतिबेलासम्म उनीहरूलाई उत्साह दिने व्यक्ति रहन्छ वा भनौं पुँजीवादी समाजले जनताको आँखामा भ्रमको पर्दा राखेको हुन्छ ।
पुँजीवादका अद्वश्य नियमहरू
पुँजीवादी समाजमा प्रत्येक व्यक्तिहरू सोच्न नसकिने कठोर कानुनबाट बाँधिएका हुन्छन् । दबिएका मानिसहरू ‘मूल्यको नियमले’ समाजमा पूर्णतः बाँधिएका हुन्छन् । त्यही नियमले मानिसको जीवनको सबै चक्रमा उसको चरित्रदेखि भाग्य बनाउनेमा पनि भूमिका खेल्छ । सामान्य मानिसको लागि अदृश्य रहने यी पुँजीवादी नियमहरूले व्यक्तिको चेतना पूर्व नै कार्य थाल्दछ । यसरी नै पुँजीवादी हल्लाबाजहरूले हल्ला फैलाउने गरेका छन् । त्यो सत्य होस या गलत रकफेलर (Rockfeller) लाई उदाहरण दिएर व्यक्तिगत सफलताको उदाहरण दिन्छन् । सफलता पाउन रकफेलरले भोगेको अभाव तथा दुःख र राम्रो भविष्यको क्रममा भएका गलत बाटाहरूको अनुशरणहरू सबै छाडेर उसको सफल पक्षलाई मात्र बाहिर ल्याइन्छ ।
जस्तो भएपनि, सफलता खतराले भरिएको बाटोबाट गएको पाइन्छ भन्ने चित्रित गरिएको हुन्छ । त्यो खतरा त्यस्तो हो कि राम्रो (उचित) गुण भएकाले गन्तव्य पाउन सक्छन् । पुरस्कार टाढा राखिएको हुन्छ र यात्रा एक्लोको हुन्छ । अझ भन्नुपर्दा, यो ब्वाँसोहरूको प्रतिस्पर्धा हो जहाँ एउटाले हारेपछि मात्र अर्कोले विजय पाउन सक्छ ।
व्यक्ति र समाजवाद
अब म यो अनौठो र गतिशील समाजवाद निर्माणको अभियानको महत्वपूर्ण पात्र, ‘व्यक्ति’ को अद्वितीय प्राणी तथा समाजको सदस्यको दोहोरो रूपमा व्याख्या गर्ने प्रयास गर्दैछु ।
मेरो विचारमा मानिसको अपूर्णताबाट सुरुवात गर्नु ठीक होला । पुराना कुप्रथाहरू उनको चेतनामा रहिरहन्छ र यसलाई निर्मूल पार्न निरन्तर वैचारिक सङ्घर्षको आवश्यकता पर्छ । यो दोहोरो प्रक्रिया हो । एकातिर समाजले औपचारिक शिक्षाको माध्यमबाट काम गर्छ भने अर्कोतिर व्यक्तिले स्वध्ययनको सचेतना फैलाएको हुन्छ । त्यस पुरानो समाजले व्यक्तिलाई समाजबाट अलग्याएको छ र मानिसलाई माल सामानको रूपमा प्रयोग गर्छ । त्यसैले जबसम्म त्यो रहन्छ पहिले त कारखानाको उत्पादनमा प्रभाव पार्छ, त्यसपछि चेतनामा असर पु¥याउँछ ।
माक्र्सले संक्रमणकालीन अवस्थालाई आफ्नै अन्तरविरोधबाट विनाशपछिको विस्फोटक रूपान्तरण हो भन्नुभएको छ । तथापि, हामीले लेनिनले भन्नुभएझैं साम्राज्यवादका कमजोर हाङ्गाविङ्गा देशहरू पहिला ध्वस्त भएको देखिरहेका छौं ।
त्यस्ता देशमा, पुँजीवाद त्यति धेरै विकसित भएको हुन्छ कि मानिसहरूले यो वा त्यो रूपमा त्यसलाई महसुस गर्न सक्छन् । तर, यहाँ सबै कुरा गलाएर व्यवस्थालाई ध्वस्त पार्न पुँजीवादको अन्तरविरोधले भूमिका खेलेको थिएन । बरु, विदेशी हस्तक्षेपबाट मुक्त हुन भएको सङ्घर्ष, युद्धजस्ता बाह्य घटनाले दिएको दुःख, नव उपनिवेशवादबाट स्वतन्त्रताको सङ्ग्राम नै नियमित कारक तत्वहरू हुन् । बाँकी सचेततापूर्वक चालिएका कदमहरू हुन् । सामाजिक श्रमको लागि पूर्ण शिक्षा यी देशहरूमा अझै भइसकेको छैन र धन सामान्य जनमानसको पहुँचबाट साधारण प्रक्रियाको आधारमा धेरै टाढा छ । एकातिर न्यून विकास र अर्कोतिर पुँजीको स्थानान्तरणले गर्दा तीव्र सङ्क्रमण बलिदानविना असम्भव हुन्छ । आर्थिक आधार तय गर्न अझ लामो यात्रा तय गर्न बाँकी नै छ र कार्यप्रतिको प्रतिबद्धताले हरेक विकास कार्यमा गति प्रदान गर्दछ ।
रुखहरू देखेर पनि जङ्गल नदेख्ने खतरा पनि छ । पुँजीवादले छोडेका थोत्रा यन्त्रहरूको सहयोगमा, निर्माण गरेका हतियारले मात्र समाजवादको निर्माण हुन्छ भन्नु मूर्खता हुनेछ । लामो बाटो हिंडिसकेपछि धेरै दोबाटाहरू आउन सक्छन् । हामीले कहाँ गलत बाटो लियौं भन्न गा¥हो हुन्छ । त्यति नै बेला स्थापित आर्थिक जगले चेतनाको विकासलाई नजरअन्दाज गर्ने काम गरिसकेको हुन्छ । त्यसैले, साम्यवाद स्थापना गर्न सिलसिलाबद्ध रूपमा नयाँ भौतिक आधार र नयाँ मानवको स्थापना आवश्यक छ ।
नवीन चेतना
त्यसैले गर्दा, सम्पूर्ण जनतालाई परिचालित गर्न सही र सबल नेतृत्वको आवश्यकता पर्दछ । वस्तुतः नैतिक र सामाजिक हतियार नै समाज परिवर्तनको मूल हो ।
मैले अघि नै भनिसकेँ नैतिक रूपले नै ठूला–ठूला खतराहरू सजिलै टार्न सकिन्छ । तथापि, तिनीहरूको प्रभाव बाँकी नै रहने हुनाले नयाँ मूल्यको नयाँ सचेतना विकास गरिनुपर्दछ । समाज आफैलाई विशाल विद्यालयमा रूपान्तरित गरिनुपर्दछ ।
सामान्यरूपमा हेर्दा पुँजीवादीहरूले पनि यो प्रक्रियालाई आरम्भका दिनमा प्रयोगमा ल्याएको देखिन्छ । पुँजीवादले बल प्रयोग त गर्छ नै तर उसले शिक्षा पनि दिन्छ । वर्गीय समाजको आवश्यकताको बारेमा, अलौकिक शक्तिद्वारा मानव समाजको विकास वा समाज विकासमा प्राकृतिक प्रक्रियाद्वारा मानव शोषणको आवश्यकताबारे पुँजीवादी शिक्षा दिने प्रयास गरिन्छ । यसले गर्दा जनता यति दिग्भ्रमित हुन्छन् कि उनीहरू आफूलाई कुनै दानवले सताइरहेको र त्यसको विरुद्ध सङ्घर्ष गर्न असम्भव छ भन्ने सोच्छन् ।
अर्कोतिर केही आशाहरू पनि छन् जहाँ पुँजीवाद पहिलेको जातीय व्यवस्थाभन्दा फरक छ । केही मानिसमा जातीय व्यवस्थाको असर बाँकी नै रहलाः आज्ञाकारी व्यक्तिको बक्सिस मृत्युपछि कुनै अर्को रमाइलो संसारमा पु¥याइने जहाँ पुरानो मान्यताअनुसार असल मानिसलाई पुरस्कृत गरिन्छ र यस्तै यस्तै … । अर्का थरीको निम्ति यो नयाँ परिर्वतनको सुरुवात हो– वर्ग भाग्यले निर्धारण गर्छ तर श्रमको कारण आफ्नो वर्गभन्दा माथि उठ्न सक्ने उनीहरू सोच्छन् आदि इत्यादि । यो प्रक्रिया र आफैले बनाएको मानवको पौराणिक कथा दुवै गहिरो स्वाङ हुनुपर्दछ । यो झूठ नै सत्य हो भन्ने प्रदर्शन मात्र हो ।
हाम्रो लागि प्रत्यक्ष शिक्षाले ठूलो महत्व राख्दछ । यो सत्य हो, कुनै जालझेलको आवश्यकता छैन । राज्यस्तरबाटै प्राविधिक र सैद्धान्तिक शिक्षाको निम्ति शिक्षा मन्त्रालय र पार्टीको विशेष अङ्ग छुट्याइएको हुन्छ । क्रान्तिकारी शिक्षाले जनताको आचरणमा परिवर्तन ल्याउँछ । जनताले त्यसलाई आफ्नो बनाउँदैछन् र अशिक्षितहरूमाझ त्यसलाई प्रवाह गर्दैछन् । यो जनतालाई शिक्षित पार्ने अप्रत्यक्ष माध्यम हो ।
स्वध्ययनको सचेत प्रक्रिया
तर, यो प्रक्रियाबारे सबैले चाल पाउँछन् । नयाँ सामाजिक शक्तिको प्रत्यक्ष प्रभाव प्रत्येक व्यक्तिमा परेको हुन्छ । त्यो परिवेशमा बाँच्नको लागि स्वाभाविक रूपमा स्वयं परिवर्तित हुनुपर्छ । अप्रत्यक्ष शिक्षाको दबाबमा उनीहरू आफूले सोचेको सही मानेर ज्ञानको कमीले धेरै वर्ष पछाडि परेको अनुभव गर्छन् । त्यसैले शिक्षाको निम्ति उनीहरू आफै लागि परेका छन् ।
समाजवाद निर्माणको यो अवधिमा नयाँ मानवको श्रृजना हुँदै गरेको हामी देखिरहेका छौं । तर, त्यसको आकृति पूर्ण भएको छैन र हुँदैन पनि किनकि यो प्रक्रिया निकै लामो छ जुन नयाँ आर्थिक विकास सँगसँगै अगाडि बढ्छ ।
यसका अलावा, अशिक्षितहरू व्यक्तिगत स्वार्थ पूर्तिको निम्ति एक्लै अघि बढ्न थाल्छन् । परिवर्तनकामी जनता पनि क्रान्तिकारी चेतनाको अभावको कारण यस बाटोको अवलम्वन गर्न सक्छन् । त्यसैले समाजबाट अलग्गिएर कहिल्यै अघि बढ्न सकिँदैन भन्ने कुरा जनताहरू बुझ्दैछन् । आखिर समाज परिवर्तनका चालक शक्ति जनता नै हुन् ।
हाम्रो यात्रा लामो र सङ्घर्षमय छ । कुनै समय हामी बाटो बिराउन सक्छौं र फर्कन बाध्य हुन्छौं । कहिले जनसम्पर्कबाट टाढिने गरी अघि बढ्छौं त कहिले घाउबाट बगिरहेको तातो रगतको न्यानोपना महसुस हुने गरी ढिला हिंड्छौं । हाम्रो यात्रामा देखा परेका हरेक अप्ठ्यारालाई पन्छाउँदै जनतासँगको सम्बन्धलाई निरन्तरता दिन्छौं । हामी जनताबाट उत्साह र ऊर्जा लिन्छौं, हामी उदाहरण भई देखाएको खण्डमा त्यो द्रूतगतिमा अगाडि बढ्नेछ ।
सामाजिक र नैतिक ज्ञानलाई प्राथमिकता दिंदा पनि समाजमा दुई किसिमका मानिसहरू छन् ः क्रान्तिकारी सेना र साधारण जनता । अघिल्लो समूह बौद्धिक रूपले सक्षम छन् र समाजको निम्ति बलिदान दिन तयार छन् भने पछिल्लो समूह विस्तारै नयाँ मूल्य मान्यता बुझ्दैछन् । हाम्रो उद्देश्य सर्वहारा हुकुम कायम गर्नु हो । यो हारेका वर्गमा मात्र हैन, जितेका वर्गका प्रत्येक जनतामा लागू हुन्छ ।
यी सबैबाट क्रान्तिको सफलताको निम्ति आन्दोलनलाई संस्थागत गर्नुपर्छ भन्ने कुरा थाहा हुन्छ । क्रान्तिमा सँगै हिडेका जनतालाई संस्थागत गर्न सकेमा हाम्रो उद्देश्य पूर्तिमा टेवा मिल्छ । यसले क्रान्ति नायकहरूलाई उच्च स्थानमा राख्छ भने विश्वासघातीलाई सजाय दिन्छ ।
क्रान्तिको संस्थानीकरण
क्रान्तिको संस्थानीकरणमा पूर्ण सफलता पाइसकेका छैनौँ । हामी त्यस्तो केही नयाँ खोजिरहेका छौं जसले सरकार र जनताबीच नयाँ परिचय स्थापना गर्छ, जसले पुँजीवादी प्रजातन्त्रलाई रोक्दै समाजवाद निर्माणमा महत्वपूर्ण भूमिका बनाउँछ ।
क्रान्तिलाई संस्थागत गर्ने केही प्रयासहरू हतारमा गरिएका छन् । यसकारण कतै हामीलाई जनताबाट टाढिने हो कि भन्ने चिन्ता पनि छ । त्यसैकारण सम्पूर्ण मानव जातिलाई शोषणको पासोबाट मुक्त गर्ने क्रान्तिको आह्वानलाई जनताले गुमाउने हो कि ?
आज त्यो संस्थाको अभाव खट्किरहँदा पनि जनताले यस क्रममा विकास गरेको सामूहिक नेतृत्वले इतिहास रच्दैछन् । पुँजीवादका मानिसहरूभन्दा समाजवादका मानिसहरू मापदण्डविना नै बढी पूर्ण छन् । समाजको एक सदस्यका रूपमा जनताले देखाएको एकताको भावना निक्कै महत्वपूर्ण छ ।
व्यक्ति, समूह र सम्पूर्ण जनतालाई हामीले व्यवस्थापन र उत्पादनको ज्ञानको आवश्यकताबारे सचेत पार्नुपर्दछ ताकि हरेकलाई यी प्रक्रियाहरू एक अर्को निर्भर र समानान्तर छ भन्ने कुराको जानकारी होस् । जनता समाजको रूपमा विकास भएपछि मात्र हामी बन्धनका जन्जिरहरू चुँडाउन सक्नेहुन्छौं, नयाँ समाजमा रूपान्तरित हुनसक्छौं । त्यस्तो समाजमा नै मानिसको कलाको महत्व रहन्छ ।
कामप्रतिको सम्मान
नयाँ संस्कृतिको निर्माण गर्न कामलाई नयाँ स्थान दिइनुपर्दछ । मानिस अब मालसामानको रूपमा बाँच्नु पर्दैन । कर्तव्य पूरा गर्न छुट्टै कोटाको व्यवस्था गरिन्छ । उत्पादनका सबै साधनहरू समाजको स्वामित्वमा रहनेछ । कलकारखानाले जनतालाई काम गर्न सजिलो बनाइदिन्छ । काम गर्नु गौरवको विषय बन्नेछ । कुनै प्राणीको पेट भर्न व्यक्तिले श्रमदान गर्नुपर्दैन । समाजवादका मानिसहरूले हरेक कार्यमा आफ्नो प्रतिविम्व रहेको बुझ्न थाल्छन् । तसर्थ, श्रमको बेचविखन समाजवादमा हुँदैन समाजको उत्थानको निम्ति योगदानसरह उनीहरू काम गर्छन् ।
कामप्रतिको आस्था बढाउन र प्राविधिक विकाससँग यसको सम्बन्ध जोड्न हामी त्यसलाई हरसम्भव प्रयास गरिरहेका छौं । एक त यसले व्यक्तिगत स्वतन्त्रता प्रदान गर्छ भने अर्कोतिर माक्र्सवादी दृष्टिकोणअनुसार मालसामान बन्नबाट मानिसलाई रोकी पूर्ण मानिस बनाउँछ । काम स्वतस्फूर्त गर्नु भनिए तापनि बलजफ्तीलाई रोक्न सकिने छैन । विभिन्न सामाजिक परिस्थिति (फिडेलका अनुसार नैतिक दबाब) का कारण यो क्रम चालू रहनेछ । तसर्थ, बौद्धिक पुनःजागरणको आवश्यकता छ, त्यो साम्यवादमा हुनेछ । नयाँ समाज स्थापना कुनै जादू होइन । आर्थिक विकासझैं जनचेतना फैलाउन पनि समय लाग्छ । यो कहिले गतिमा जान्छ त कहिले निकै विस्तारै त कहिले विपरित गतिमा समेत जान्छ ।
यसका अलावा माक्र्सले आफ्नो कृति ‘गोथा कार्यक्रमको आलोचना’ मा भन्नु भएजस्तै हामी पूर्ण सङ्क्रमणकालमा पुगिसकेका छैनौं तर हामी उहाँले देख्नुभएको नयाँ युगमा छौं ः हामी साम्यवादतिरको सङ्क्रमणमा अथवा समाजवाद निर्माणको पहिलो खुट्किलोमा छौं । यो प्रक्रिया समाजवादतिरको सङ्क्रमणमा अथवा समाजवाद निर्माणको पहिलो खुट्किलोमा छौं । यो प्रक्रिया समाजवादको उद्देश्य, यसको सारतत्वलाई छायाँमा पार्न खोज्ने वर्ग शत्रुहरूसँगको हाम्रो भीषण सङ्घर्षबीच भइरहेको छ ।
माक्र्सको दर्शनलाई लुकाउन खोज्ने मध्ययुगीनहरूले सङ्क्रमणकालीन स्थितिको व्यवस्थित नीति निकालेका छन् । त्यसैले हामी धेरै पछि छौं । तसर्थ, राजनैतिक र आर्थिक सिद्धान्तबारे विस्तृत खोजीनीति गर्नु आवश्यक छ ।
परिणाम, समाजवादका मूल आधारहरू ः नव मानवको शिक्षा र प्राविधिक विकासमा गहिरो धक्का पर्नेछ । त्यसैले सकेसम्म यी दुवै विकास क्रमलाई तीव्र पार्नुपर्छ तर अन्धानुकरण गरेर होइन । प्राविधिक विकासलाई अझ जोड दिनुपर्छ । आज प्राविधिक क्षेत्रमा विश्वका आधुनिक देशहरू धेरै अघि पुगिसकेका छन् । त्यसैले का. फिडेल विशेष गरी नेतृत्व तहमा विज्ञान र प्रविधिको विकासमा जोड दिनुहुन्छ ।
बाँकी भोलिको अङ्कमा
अनुवादः अनिता
Leave a Reply