भर्खरै :

गुठीको जग्गा खोटो सिक्काजस्तै भएको छ

सुदन नगरकोटी
हजारौँ रोपनी जग्गा गुठीका नाममा छन् । कुनै सांस्कृतिक गुठीमा होलान्, कुनै नाम मात्रका । हाम्रो ठाउँमा (चाँगुनारायण, छालिङ) मा भएका गुठीहरू नाममात्रका छन्, गुठीले अहिलेसम्म केही गर्न सकेको छ जस्तो हामीलाई लाग्दैन । उब्जनी नहुने जग्गा, बाटोले खाएको जग्गाको पनि सयौँ वर्षदेखि बाली तिर्नु परिरहेको छ । उब्जनी हुँदा त बाली तिर्नु ठिक्कै हो ।
जमिनको लगान सिद्धान्तअनुसार उब्जनी कम हुँदै जान्छ, यसको तुलनामा तिर्नुपर्ने बाली कम हुँदै जानुपर्ने हो, तर महन्तले हरेक वर्ष अन्नको भाउअनुसार रकम बढाउँदै लान्छन् । हामी जस्ताको पाखोमा रहेको जग्गालाई गुठीमा राखेर सांस्कृतिक धरोहरको रक्षा गरेको भन्नु गरिबलाई दलेर गुठी संस्थानको कर्मचारीलाई पोस्नेमात्र हो, सरकारको भ्रष्टाचारलाई बढावा दिनु हो । सांस्कृतिक सम्पदाहरूको लागि चाहिने, नभई नहुने जग्गालाई बाँकी राखेर दूरदराजमा रहेका जग्गालाई मोहीको नाममा गरिदिनुपर्छ । हाम्रो ठाउँमा रहेको जग्गाले सांस्कृतिक सम्पदालाई कुनै टेवा पु¥याएजस्तो लाग्दैन । उल्टै रचनात्मक काम गरी नयाँ कार्य गर्नलाई बाधा पु¥याएको छ । हामीसँग भएको जग्गा हामीलाई खोटो सिक्काझैँ भएको छ र ऋण काढी खाडी मुलुकतिर लाग्नु परेको छ । वर्षौँदेखि खनजोत गरे पनि हाम्रो कुनै अधिकार छैन । बैङ्कले लोन दिन्न, सहकारीले हेर्दै हेर्दैन । खनजोत गरेर बाली लगायो, दुई महिना खान पुग्दैन, उल्टै वर्षैपिच्छे कर बढिरहेको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *