भर्खरै :

ढोँगीहरू/देशद्रोहीहरू

ढोँगीहरू/देशद्रोहीहरू

१)
हिजो
देश मैनवत्तीसरि जलाए,
आज
मैनबत्ती बालेर दिवस मनाए ।
ती ढोँगीहरू हुन्
ती देशद्रोहीहरू हुन् ।
२)
हिजो
सिंहदरबारलाई दागबत्ती दिनेहरू
आज
दीप प्रज्ज्वलनको नाटक गर्दै छन् ।
ती ढोँगीहरू हुन्
ती देशद्रोहीहरू हुन् ।
३)
हिजो
रामको हनुमान भन्दै स्वदेशकै दहन गरे
आज
‘रामको रूप धारेर रावणको कुकर्म गर्दै छन्’ ।
ती ढोँगीहरू हुन्
ती देशद्रोहीहरू हुन् ।
४)
हिजो
रामराज्य आजै, अहिल्यै बनाउँछु भन्थे
आज
रामराज्य आउनेछ, आउनेछ…. भन्दै हिँड्दै छन् ।
ती ढोँगीहरू हुन्
ती जनद्रोहीहरू हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *