ढोँगीहरू/देशद्रोहीहरू
- आश्विन ५, २०८३
यसपालि पनि
सरकारको कुर्सीमा बसेकाहरू
शुभकामनाको नाममा
संविधानका बाचा दोहो¥याउँदै छन्–
‘नागरिक सर्वोच्चता
विभेद र असमानताको अन्त्य
समतामूलक समाज र सुशासन’
आदि ।
तर,
कोही देश जलाउनेहरू
कोही हेलिकप्टरमा बेपत्ता हुनेहरू
कोही रोएर कुर्सीमा टाँसिरहनेहरू
अनि,
संविधान
भाषणमा सीमित नभई के होला ?
कागजको खोष्टा नबनी के बन्ला ?
जनतासँगको बाचा कसरी पूरा होला ?
समाजवादउन्मुख राज्य
कुन चरोको नाम हुने नै भो ।
त्यसैले,
जनता औलो नउठाई
मौन कसरी बस्न मिल्ला ?
(२०८३ असोज ४)
Leave a Reply