मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
बुटवल, ३ असार (रासस) : गौतमबुद्ध विमानस्थलबाट प्रहरीले हतियारसहित भारतका नागरिकलाई नियन्त्रणमा लिएको छ । भारतको सिन्दुनगर कृष्णनगर मानसनगर लखनउ उत्तर प्रदेश ठेगाना भएका ५० वर्षीय उमेश शुक्लालाई विमानस्थलमा सुरक्षार्थ खटेका प्रहरीले जाँचका क्रममा १६ राउण्ड गोलीसहित दुई म्यागेजिन र पेस्तोलसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिनुभयो ।
भैरहवास्थित गौतमबुद्ध विमास्थलबाट आज दिउँसो १ बजे बुद्ध एयरको उडानद्वारा पोखरा जाने क्रममा शुक्लाको लगेज जाँच गर्दा चेकोस्लाभाकियामा बनेको पेस्तोल र गोली फेलापरेपछि प्रहरीले तत्काल निजलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको प्रहरी प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।
Leave a Reply