लोकतन्त्र भनेको ‘एल्गोरिदमतन्त्र’ होइन, न त ‘मिदासतन्त्र’ नै हो !
- बैशाख २८, २०८३
भक्तपुर, ३ असार । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले मठाधीशहरूले गुठी विधेयकले मोहीलाई जग्गाको मालिक बनाउने उद्देश्य राखेको भन्नु र मोही मालिक भए गुठी लोप हुने गरेको तर्क झूटा भएको बताउनुभएको छ ।
मङ्गलबार नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर नगर समितिको आयोजनामा गुठी विधेयकबारे आयोजित जनसभामा उहाँले जोताहालाई मोहियानी हक लिने प्रावधान कायम राखी गुठी विधेयक संशोधन गरी पारित गर्नुपर्नेमा सरकारले मठाधीशहरूको दबाबमा विधेयक फिर्ता लिएको बताउनुभयो ।
भक्तपुरको हनुमानघाटको ठूलो महादेवको एक सय रोपनीभन्दा बढी जग्गा मठाधीशहरूले बेचेर अकुत सम्पत्ति कमाएको हुनाले छानबिन गर्नुपर्ने माग गर्दै उहाँले ललितपुरको मछिन्द्रनाथको रथ बनाउन जङ्गलबाट काठ ल्याउने पुतुवारहरूको १४४ रोपनी जग्गाको फिल्डबुकको जोताहा महलमा पुतुवारहरूको नाम र जग्गा महलमा मछिन्द्रनाथ गुठी स्पष्ट उल्लेख भए पनि पुतुवारहरूलाई मोहियानी हक नदिइनु ऐनविपरीत भएको भन्नुभयो ।
“पुतुवारहरूले मछिन्द्रनाथ गुठीको जग्गा पुर्खाैंदेखि जोती आएको हुँदा उनीहरूलाई मोहियानी हक दिनुपर्ने छ”, सांसद सुवालले भन्नुभयो ।
गुठी विधेयक फिर्ता गर्नुले एमाले र माओवादीको ओली सरकार जोताहा किसानको पक्षमा नरहेको उहाँले प्रस्ट पार्नुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा प्रदेशसभा सदस्य सृजना सैंजूले नेमकिपा जोताहा किसानको मोहियानी हकको पक्षमा रहेको र नेपालको बहुमत किसानको जीवनस्तर उकास्न र आत्मनिर्भर अर्थतन्त्र विकास गर्न श्रमजीवी किसानहरूको पक्षमा उभिनुपर्ने विचार राख्नुभयो ।
भूमि समस्या नेपालको प्रमुख समस्या भएकोले क्रान्तिकारी भूमिसुधार नै दिगो समाधान हुनसक्ने धारणा उहाँले राख्नुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपाले ३०–४० वर्ष अगाडि नै देशमा सांस्कृतिक हमला र अतिक्रमणको विरोधमा जनता जाग्नुप¥यो भनेको थियो । सांस्कृतिक हमलासँगै राजनीतिक हमला हुन्छ भन्दै आएका छौँ ।”
सभामा नेक्राकिसङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवाल, कानुन अध्ययन समाजका अनिता जधारी, उपेन्द्र सुवाल, गंगाराम ज्याख्वलगायतले बोल्नुभएको थियो ।
Leave a Reply