‘विदेशी पुँजीले नेपालीको पुँजीलाई खाने खतरा छ’
- पुष १६, २०८२
सुर्खेत, ३ असार । कर्णाली प्रदेश सरकारले रारा–कर्णाली पर्यटन वर्षअन्तर्गतका प्रवद्र्धनात्मक क्रियाकलापका कारण ३४ प्रतिशत पर्यटक बढेको जनाएको छ । प्रदेशसभामा प्रस्तुत बजेट वक्तव्यमा चालु आर्थिक वर्षमा ३४ प्रतिशतले पर्यटकको सङ्ख्या वृद्धि भएको तथ्याङ्क सार्वजनिक गरिएको हो ।
चालु आवको समीक्षा गर्नुहुँदै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले रारा, शे–फोक्सुण्डो, काँक्रेविहार, सिञ्जा, पञ्चकोशी, कुभिण्डे दहलगायतका स्थलमा पर्यटक अघिल्ला वर्षभन्दा उल्लेख्य सङ्ख्यामा वृद्धि भएको बताउनुभयो ।
“पर्यटकीय स्थलको संरक्षण तथा सम्वद्र्धन, स्तरोन्नति, पर्यटन सडक र पदमार्ग निर्माण कार्य कार्यान्वयनकै चरणमा छन्”, बजेट वक्तव्यमा भनिएको छ, “कर्णाली रारा पर्यटन वर्षका कार्यक्रमलाई निरन्तरता दिँदै रारा राष्ट्रिय पर्यटन गन्तव्यको अभियान तथा ‘विश्वको गन्तव्य नेपाल र नेपालको गन्तव्य कर्णाली’ भन्ने मूल ध्येयलाई सार्थक बनाउन प्रवद्र्धनात्मक गतिविधि सञ्चालन गरिनेछ ।”
प्रदेश सरकारले आथिर्क वर्ष २०७६÷७७ मा ‘कर्णाली समृद्धिको आधार ः पर्यटन विकास र पूर्वाधार’ भन्ने लक्ष्यका साथ कर्णाली पर्यटन परिपथलगायतका आवश्यक पर्यटन पूर्वाधार निर्माणका लागि रु. २० करोड बजेट विनियोजन गरेको छ ।
Leave a Reply