ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
प्रकाश
नेपाली भाषामा एउटा आहान छ – सर्प मर्छ तर त्यसको पुच्छर चलिरहन्छ । सर्प मरे पनि बाँचिरहने पुच्छरले सर्प नमरेको भ्रम छर्दै तर्साइरहन्छ । आज हाम्रो देशमा परोक्ष कारण जेसुकै रहे पनि प्रत्यक्षतः जनविरोधका कारण सामन्तवादी शासनका नायक राजतन्त्रको अन्त्य भइसकेको छ । राजतन्त्र वैधानिकरूपमा समाप्त भएर गणतन्त्र आइसके तापनि सामन्तवाद विभिन्न तवरले अगाडि आइरहेका छन् । कतिपयले राजतन्त्र पुनःस्थापना हुनसक्ने भ्रम फैलाउँदै जहाँजहाँ पूर्वराजा पुग्छन्, त्यहाँ त्यहाँ ‘राजा आऊ देश बचाऊ’ नारा लगाउन छोडेका छैनन् । तिनीहरू हिजो राजाको शासनमा प्रत्यक्ष वा परोक्षरूपमा राजा वा दरबारबाट जीविकाको राम्रो साधन तथा दाम कमाउने निगाहा पाएकाहरू नै हुन् । सामन्तवादका बाँकी बक्यौताहरूले राजतन्त्र वा सामन्तवाद फर्काउने माग गर्नु नौलो कुरा पनि भएन । विडम्वना त आफूलाई गणतन्त्रको प्रतीक र पयार्य दाबी गर्ने गणतन्त्रवादी शासकहरूले आफूलाई हिजोका राजाहरूभन्दा महाराजाको रूपमा प्रस्तुत गर्नु, सुविधा र सलामी माग गर्नु तथा पहिलेका राजाहरूले गरेकै काम र कदमको नक्कल गर्नु पो हो । सचेत नेपाली जनताले भने शासकहरूसित राजतन्त्र र सामन्तवादको धङ्धङी हटाउन माग गरिरहेका छन् ।
यसैबीच सरकारले ‘गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक– २०७५’ संसद्मा दर्ता ग¥यो । उक्त विधेयकले संस्कृति मास्ने वा प्रवद्र्धनको लागि विशेष काम गर्ने दुवै होइन तर गुठीको मूलभूत मान्यताअनुरूप राजगुठी, सार्वजनिक गुठी र निजी गुठीलाई व्यवस्थित गरी सामाजिक न्यायको आधारमा गुठी जग्गामा भोगाधिकार रहेका किसान र गुठीको अधिकार संरक्षण गर्ने सोच राख्यो । विधेयकले प्रचलित गुठी संस्थान खारेज गरी राष्ट्रिय गुठी प्राधिकरण तथा प्रदेश गुठी व्यवस्थापन समिति गठनको परिकल्पना ग¥यो । विधेयकमा भूमिमा सामन्तवादको अवशेषलाई समाप्त पार्ने प्रावधान थियो । विधेयकमा संस्कृतिको रूपमा रहेका गुठीहरूलाई निष्प्रभावी पार्ने वा समाप्त पार्ने कुरा कतै छैन । तर, सामन्तवादका अवशेषहरू अर्थात् गुठी जग्गाको आम्दानी जम्मा गरेर वा गुठी जग्गा नै व्यक्तिगत वा सामूहिक नाममा लगेर बेचबिखनबाट करोडपति बनेका महन्तहरूले गुठी जग्गामा मोहियानी दिएपछि गुठी जग्गा नरहने र जग्गा नरहेपछि गुठीको संस्कृति नै नरहने झूटो प्रचार गरी जनतालाई सडकमा उतारेका छन् । काठमाडौं उपत्यकाका संस्कृतिप्रेमी जनतालाई मोहडामा राखेर गुठी विधेयक फिर्ता गराउन लागिपरेका छन् । प्रधानमन्त्री ओली स्वयम् पनि ती सामन्तवादका अवशेषको प्रभावमा परेको देखिएको छ । गुठी विधेयक मङ्गलबार फिर्ता लिन लगाइयो । त्यसैले राजतन्त्र अन्त्य भए पनि सामन्तवाद जीउँदै छ ।
Leave a Reply