नेपाली भूमिमा परचक्रीको किन गिद्दे दृष्टि ?
- जेष्ठ ८, २०८३
मथिनपा वडा नं. ३ र सूनपा ३ को सिमानामा रहेको हनुमन्ते खोलाको प्राकृतिक बहावलाई भूमाफियाहरूले विगत १० वर्षदेखि परिवर्तन गर्ने प्रयास गर्दै आएका छन् । स्थानीय जनताको पहलमा सो भूमाफियाहरूको प्रयास असफल हुँदै आएको हो । हाल हनुमन्ते करिडोरको नाममा पुनः उक्त प्राकृतिक बहावलाई परिवर्तन गर्न खोजेपछि स्थानीय जनताले रोकेका छन् । स्थानीय जनताले सोबारे मथिनपाको प्रमुखलाई जानकारी दिई प्राकृतिक बहाव परिवर्तन नगराउन पहल गरिदिन आग्रह गरे ।
नगर प्रमुख मदनसुन्दर श्रेष्ठले खोला सार्न ३ महिनाअगाडि नै सूर्यविनायक नपासँग सहमति भएको जवाफ दिएपछि स्थानीय जनता छाँगाबाट खसेजस्तै भयो । मथिनपा वडा नं. ४ को दुई पोखरीमा उद्धार कार्यको नमुना प्रदर्शन कार्यक्रममा भक्तपुर क्षेत्र नं. २ का सांसद महेश बस्नेतले प्राकृतिक बहाव परिवर्तन गर्न नहुने अडान राखेका स्थानीय जनतालाई विकासविरोधीको बिल्ला भिराए ।
नगर प्रमुख मदनसुन्दर श्रेष्ठले सो विषयमा छलफल गर्न भनी मिति २०७६÷३÷१ गते शङ्खधर पार्टी प्यालेसमा बोलाए । उक्त भेलामा सांसद महेश बस्नेतले खोला सारी छाड्ने बताउँदै विरोध गर्नेलाई तह लगाउने धम्की दिएपछि स्थानीय जनता त्रस्त भएका छन् । हनुमन्तेको प्राकृतिक बहाव परिवर्तन नगराउन वर्षाैँ वर्षदेखि सङ्घर्ष गरी आएका जनताले आफ्ना जनप्रतिनिधिप्रति ठूलो भरोसा राखेका थिए । तर, जनप्रतिनिधिहरू नै भूमाफियाको पक्षमा लागी सङ्घर्षरत जनतालाई विकासविरोधी र कुनै पनि हालतमा तह लगाई छाड्ने धम्की दिन पछि परेनन् । प्रहरी प्रशासन गुहार्न जाँदा आफ्नो जनप्रतिनिधिलाई भन्नु भन्छ । जनप्रतिनिधि उल्टै हामीलाई धम्क्याउँछन् । अब जनताले कोसँग गुहार्ने ?
–श्यामकृष्ण, हरिप्रसाद र साथीहरू
सुन्दरनगर टोल
Leave a Reply