ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
– प्रकाश
बुधबार काठमाडौँको कलङ्कीको मालपोत कार्यालयलाई ‘नमुना मालपोत कार्यालय’ घोषणा गरियो । प्रधानमन्त्री केपी शर्मा ओली स्वयम् घोषणा कार्यक्रममा उपस्थित भए । कलङ्की मालपोतमा के त्यस्तो परिर्वतन भयो र नमुना घोषणा गरियो ? बहुमत सर्वसाधारण नागरिकमाझ मालपोत कार्यालयको छवि राम्रो छैन । धेरैले यसलाई भ्रष्टाचारको अखडा मान्छन् । घूस नदिइकन काम नै हुँदैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दालाई आधार मान्ने हो भने पनि भ्रष्टाचारमा मालपोत अगाडि नै आउँछ । यस स्थितिमा जनताको सर्वप्रमुख प्रश्न छ – के मालपोत कार्यालय अब भ्रष्टाचारमुक्त हुन्छ ? यो प्रश्नको जवाफ सम्बन्धित अधिकारीहरूले नै स्पष्ट दिन सकेका छैनन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि दुवाडी भन्छन्, “नमुना मालपोत कार्यालयमा प्रविधिको प्रयोगलाई जोड दिइएकोले जनताले सास्ती भोग्नुपर्दैन । अनियमितताको सम्भावना कम हुन्छ ।”
विभागका अनुसार अनियमितता कममात्र हुने हो अन्त्य हुने होइन । नमुना मालपोत कार्यालय प्रविधिमैत्री हुन्छन् । कार्यालयमा पूर्णरूपमा अनलाइन सेवा प्रारम्भ गरिएको हुन्छ । मालपोतको फारम अनलाइनमै भरेर दर्ता गर्न सकिने प्रबन्ध गरिएको छ । सेवाग्राही आफैंले घरमै बसेर यस्तो फारम भर्नसक्छ । यो फारम अनलाइनमा ‘सब्मिट’ गरेर त्यसको एकप्रति लिखत प्रिन्ट लिएर सेवाग्राही कार्यालय जाँदा काम छिटो हुन्छ । आफैं अनलाइन फारम भर्न नसक्नेहरूले नजिकको भू–सेवा केन्द्रमार्फत यो सुविधा लिनसक्ने पनि बताइएको छ । यो भनेको अरू मालपोत कार्यालयहरूमा कानुन व्यवसायी र लेखापढी व्यवसायीको सेवा लिएजस्तै हुने भयो ।
अझै अगाडि बताइएको छ, “धेरै जग्गा कारोबार गर्ने सेवाग्राहीले मालपोत कार्यालयबाट युजर नेम र पासवर्ड लिएर नै आफ्नो जग्गाको कारोबारको विवरण हेर्न, त्यसैबाट फारम भर्ने लगायतका काम पनि गर्नसक्छन् । नमुना मालपोत कार्यालयमा हरेक फाँटमा सेवाग्राही फाइल बोकेर दौडिनु पर्दैन । हरेक फाँटले टोकन नम्बरका आधारमा फाइल हेर्छन् र आवश्यक कारबाही गरेर अर्को फाँटमा आफैंले पठाउँछन् ।” धेरै जग्गा कारोबार गर्ने सेवाग्राही भनेका घरजग्गाका दलालहरू हुन् । सर्वसाधारण नागरिकको घरजग्गा कारोबार त सीमित नै हुन्छ । तसर्थ यो सर्वसाधारणलाई हप्तौं पर्खाउने र पहुँचवालाको काम छिट्टै गरिदिने नमुना मालपोत बन्ने सम्भावना बढी छ । हरेक फाँटले टोकन नम्बरका आधारमा फाइल हेर्ने र आवश्यक कारबाही गरेर अर्को फाँटमा आफैंले पठाउने कुरैमात्र हो । पहिले आएकालाई पहिले सेवा दिने नियम त आज पनि छ तर कतिवटा मालपोत कार्यालयमा त्यो नियम लागू भइरहेको भुक्तभोगीहरूलाई राम्ररी थाहा भएकै कुरा हो ।
Leave a Reply