नेपाली भूमिमा परचक्रीको किन गिद्दे दृष्टि ?
- जेष्ठ ८, २०८३
– प्रधान
‘कम्पनी भारतमा, ठगी नेपालमा, नेट वर्किङ्गमा फसाइँदै सयौँ युवा’ शीर्षकको समाचारमा – २०७६ असार ४ को कान्तिपुरले २००७ देखि आजसम्मका सरकारहरूले नेपाली युवाहरूलाई ठगीको सागरमा फाल्दै आएको निष्कर्षमा पु¥याएको छ । नेपाल–भारतबीच खुला सीमा हुनु, पढाइको राम्रो बन्दोबस्त नहुनु, देशमै रोजगारीको बन्दोबस्त नहुनु आदिले युवाहरू ठगीको शिकार भएका छन् । तिनीहरू मानव तस्करीमा फस्दै महिनाँै लगाएर आएका छन् । जङ्गल, समुद्री यात्रा र बगरैबगर हुँदै अमेरिकामा पक्राउ परेका घटनाहरू पहिले पनि पत्रपत्रिकाहरूले खुलासा गरेका थिए । हजारौँ होइन वर्षको लाखौँ युवाहरू ठगीका शिकार भएका छन् । तर, नेपालको गुप्तचर विभाग अर्थात् गृहमन्त्री र समुच्च सरकार निरीह र अकर्मण्य बनेका छन् ।
रोल्पा एमाओवादीको ‘जनयुद्ध’ को बेला धेरै चर्चामा थियो । त्यसको अर्थ हो– त्यहाँका जनता माक्र्सवाद – लेनिनवाद र माओ चेतुङ्ग विचारधाराजस्तो आलोचनात्मक दृष्टिकोण र देश एवम् जनताप्रति समर्पित शिक्षाबाट जागृत छन् ।
तर त्यहाँका सयौँ युवा नेपाली युवाहरूले भारतीय सेना र प्रहरीहरूलाई तालिम दिने भारतको गोरखपुरको नेट वर्किङ्गबाट हजारौँ र लाखौँको रुपैयाँ ठगिँदा साधारण पाठकहरू ‘प्रचण्ड’ र ‘बाबुरामको’ राजनैतिक ठगीलाई सम्झन बाध्य छन् ।
ब्रिटिश भारतसामु आफ्नो देशप्रति नेपाली काजीहरूको विश्वासघातले नेपाल – अङ्ग्रेजसँगको युद्धमा हा¥यो, सुगौली सन्धि भयो र नेपाल – बेलायतको अर्धउपनिवेश बन्यो । आज पनि नेपाल – भारतकै नवउपनिवेश हो र भयो– प्रचण्ड र बाबुरामहरूको तथाकथित जनयुद्धले । पूर्वप्रम प्रचण्ड र बाबुरामहरू सारमा ‘भारतीय ट्रोजन हर्स’ अर्थात् भारतीय श्यामकर्ण घोडा साबित भए । पदका लालची र विभीषणहरूकै कारण देशका युवाहरूले दुःख पाएका हुन् र उनीहरू बेरोजगार बनेका हुन् । प्रदेश सरकारहरूमा पनि एमाले ं एमाओवादी (नेकपा) कै बहुमत छ । ती प्रदेश सरकारका मुख्य मन्त्रीहरूले सबै बजेट खर्च गरेका छैनन् । के मुख्यमन्त्री र प्रदेश सरकारहरूले आ–आफ्नै प्रदेशमै शिक्षाको स्तर माथि उकास्न र युवाहरूको निम्ति शिक्षा, स्वास्थ्य र अन्य प्राविधिक तालिमहरू सञ्चालन गरेर रोजगारको बन्दोबस्त गर्न युद्धस्तरमा काम गर्न सक्दैनन् ? खाली मोटर किन्ने र आफ्ना मानिसहरूलाई पञ्चायत, नेका, एमाले, एमाओवादी र राप्रपाको सरकारले गरेकै काम प्रदेश सरकारहरूले दोहो¥याउने हुन् ?
अध्ययन गरी परीक्षामा बस्ने हो वा पाठ वा पाठ्यक्रमकै विषयमा थाहा नभएका लाहुरेहरू मुख्यमन्त्री हुने हुन् ? सिपाहीं बन्नु भनेको तालिम लिने नयाँ युवा हो, तालिम पाएअनुसार कर्तव्यपालन गर्ने व्यक्ति हो ।
तर मुख्यमन्त्री लाहुरे, ठेकेदार, व्यापारी, नाफाखोर, व्यवसायी र विदेशी एजेन्ट र सल्लाहकारहरूको सल्लाहमा काम गर्ने होइन । त्यसो नगरिएको हो भने अहिलेसम्म खोइ योजनाहरू ? केही मुख्यमन्त्रीहरू आफ्नै देशका चेलीहरूलाई वेश्या बनाउन ‘रेड लाइट एरिया’ वेश्यालयहरू खोल्ने योजनामा छन् । निर्लज्जहरू ! धिक्कार छ – विदेशी बुद्धिलाई ! नेपालीहरूको दुर्भाग्यको कारण यस्तै गल्लावालाको बुद्धिले हो !
Leave a Reply