युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
– प्रकृति
पैसा लिएर विद्यार्थीलाई नम्बर थपिदिने त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुका गोप्य शाखा प्रमुख अख्तियारको हिरासतमा परेको घटनाले त्रिविका पदाधिकारीहरूमाथि त ठूलो प्रश्न खडा भयो नै, सारा विद्यार्थीलाई हिनताबोध गराइदियो । त्रिविमा अर्थशास्त्रको गोल्ड मेडलिस्ट हुन विचौलियामार्फत सुरेन्द्र कोइराला नामका विद्यार्थीबाट परीक्षा नियन्त्रण कार्यालय बल्खुका गोप्य शाखा प्रमुख रामु कर्माचार्यले मोटो रकम लिएको अख्तियार दुरुपयोग निवारण आयोगले अभियोग लगाएको छ । गोप्य शाखाले फेल भएका विद्यार्थीसँग पैसा लिएर नम्बर थप्दै पास गराइदिने गरेको अख्तियारको दाबी छ । यसपटक घूस दिने लिने दुवै अख्तियारको नियन्त्रण रहेका छन् । यो एक प्रतिनिधि घटनामात्र हुनसक्ने आङ्कलन गर्न गा¥हो छैन । गोप्य शाखाको प्रमुख एक्लैबाट मात्र यस्तो काम भइरहेको होला र भन्ने प्रश्न स्वाभाविकरूपमा उठ्छ । नेपालमा यस्ता खालका भ्रष्टाचारहरू सेटिङ मिलाएर गरिन्छ र कुरा नमिलेपछि दोषीहरूबाटै यथार्थ बाहिर आउँछ । पिउनदेखि माथिल्लो निकायका कर्मचारीको मिलेमतोमा भ्रष्टाचार भइरहेका बग्रेल्ति घटना बाहिर आएका छन् । प्रस्तुत घटनामा पनि सिङ्गो परीक्षा नियन्त्रण कार्यालय बल्खुमाथि नै प्रश्न उठेको छ ।
घटनामा संलग्न विद्यार्थीको रूपमा देखिएका कोइरालाले चारवटा विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरिसकेको बताइएको छ । यसले हाम्रो शिक्षाले विद्यार्थीलाई प्रमाणपत्र त दियो तर नैतिक बनाउन सकेको छैन भन्ने पुष्टि हुन्छ । शिक्षाका ठेकेदारहरू भ्रष्ट भए, शिक्षार्थीले त्यसैलाई पछ्याए । घटनाले शिक्षा ज्ञानको निम्ति नभई देखाउन, व्यापार गर्न वा स्वाङ पार्नको निम्ति हुँदै छ भन्ने देखाउँछ । घटनाले हाम्रा शिक्षालयहरूले बुद्धि त दियो तर विवेक दिएन भन्ने देखाउँछ । त्रिविबारेको यो विचार लेख्दै गर्दा त्रिविका सहायक डिन शम्भु कट्टेल घूससहित पक्राउ परेको अर्काे लाजमर्दाे समाचार आयो । विज्ञान सङ्कायको एउटा कलेजलाई सम्बन्धन गराइदिने भन्दै सेवाग्राहीबाट ५० हजार रुपैयाँलिँदै गर्दा उनलाई पक्राउ गरिएको हो । त्रिविको शाख गिराउने यस्ता चरित्रका कर्मचारी कति होलान्, यस्तै भन्न सकिन्न, तर त्रिविले समय र आवश्यकताअनुसारको काम गर्न नसक्नुमा यस्ता भ्रष्ट पदाधिकारी नै मुख्य दोषी हुन् भन्ने स्पष्ट छ । त्रिविका विषय थपको निम्ति वा नयाँकुनै सङ्काय सञ्चालनको अनुमति लिन कलेजहरूलाई कति अलमल्याइन्छ भन्ने कुरा हरेक कलेजले आ–आफ्ना अनुभव बताए पुष्टि हुन्छ । विषय थप गर्न निजी कलेजहरूलाई सजिलै अनुमति दिने तर कम शुल्कमा पठनपाठन गर्ने सार्वजनिक कलेजहरूलाई विषय थपको अनुमति दिन आनाकानी गर्नुको कारण अरु होइन, घूस खान नपाउनु नै हो भन्ने ठोकुवा गर्न सकिन्छ । भ्रष्टाचारीको जालो चिर्न नसकेसम्म त्रिविले उँभोगति लिने छैन ।
Leave a Reply