भर्खरै :

किसानलाई पावर टिल्लर वितरण

भजनी ८ असार(रासस) :  भजनी नगरपालिकाले किसानलाई पावर टिल्लर वितरण गरेको छ । धान ब्लक कार्यक्रमअन्तर्गत ५० प्रतिशत नगरपालिकाको अनुदानमा वडा नं ४ का ११ कृषक समूहलाई पावर टिल्लरका साथै १९ बोरिङ लगायतका कृषि औैजार वितरण गरेको छ ।
नगरप्रमुख शेरबहादुर चौधरीले किसानले वर्षभरि काम गर्ने तर पनि खान नपुग्ने अवस्था रहेकाले कृषिलाई आधुनिकीकरणसँगै सिँचाइका लागि नगरपालिकाले धान ब्लक कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।
उहाँले सो कार्यक्रमअन्तर्गत हाल करीब १०० हेक्टर क्षेत्रफलमा चैते धानबाट समेत किसानहरुले खाद्यान्न आपूर्ति गर्न सफल भएका जानकारी दिनुभयो । नगरपालिकाले आव २०७५/७६ मा वडा नं ३, ४ र ८ का किसानलाई कृषि समूहमार्फत ३० भन्दा बढी पावर टिल्लर वितरण गर्नुका साथै कृषि सामग्री वितरण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *