भर्खरै :

तारकेश्वरमा ‘भेनेजुयला ः हिजो र आज’बारे अन्तरक्रिया

काठमाडौँ, ८ असार । नेपाल मजदुर किसान पार्टी तारकेश्वर नगर समितिको आयोजनामा शनिबार ‘भेनेजुयला ः हिजो र आज’ पुस्तकको अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले भेनेजुयलामाथि अमेरिकी साम्राज्यवादको षड्यन्त्र असफल भइसकेको बताउँदै साम्राज्यवादविरूद्ध विश्वका न्यायपे्रमी देश र जनताको ऐक्यबद्धता सधैँ रहने बताउनुभयो ।
तेल भण्डार कब्जा गर्ने र भेनेजुयाली समाजवादलाई खत्तम गर्न जननिर्वाचित राष्ट्रपतिलाई अपदस्थ गर्ने प्रयास भएको उहाँले बताउनुभयो ।
उहाँले गुठी विधेयक फिर्ता गर्न लगाउनु मोहियानी हक प्राप्त हुने गुठीको जग्गा कमाएका किसानको पक्षमा नरहेको प्रस्ट पार्नुभयो ।
अर्का केन्द्रीय सदस्य राजवीर डंगोलले भेनेजुयलामाथि हस्तक्षेपको विरोधमा र अमेरिकी साम्राज्यवादको विरोधमा नेमकिपाले विरोध गरेको स्मरण गराउनुभयो । पार्टीले अन्तर्राष्ट्रवादी भूमिका निभाउँदै कुनै पनि सार्वभौम देशमाथि हुने हस्तक्षेपको टुलुटुलु हेरेर बस्दैन भन्नुभयो ।
कार्यक्रममा नारायणबहादुर दुवाल, तारकेश्वर नगर समितिका अध्यक्ष स्यामकुमार महर्जन, धर्मसेन महर्जन, सविन महर्जनलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *