समयमै कम्पनी अध्यावधिक गरौँ, नत्र तिर्न पर्ला जरिवाना चर्को
- कार्तिक २५, २०८२
जमिला
समाजवादी देश प्रजग कोरियाबारे पश्चिमा सञ्चारमाध्यमले कहिल्यै सही र सत्य कुरा छापेन । बरु झूटको खेती गर्दै विश्वजगतलाई दिग्भ्रमित बनाइरह्यो । यद्यपि प्रकाशलाई छेक्न कहाँ सकिन्छ र ? उज्यालो प्रकाश मसिनो प्वालबाट पनि बाहिर आउँछ भनेझैँ संसारका कुनाकाप्चासम्म प्रजग कोरियाको तेज, उज्यालो प्रकाश पुग्दैछ । प्रजग कोरियालाई हेर्ने आँखा फरकफरक छन् । समाजवादप्रति आस्था राख्ने न्यायप्रेमी जनताको निम्ति प्रजग कोरिया आस्थाको एउटा धरोहर हो । साम्राज्यवादीहरूका निमित्त भने प्रजग कोरिया आँखाको धुलोसमान हो । विदेशीका आँखामा प्रजग कोरिया के हो भन्नेबारे जानकारी दिने एउटा पुस्तिका वि.सं. २०५१ फागुनमा प्रकाशित भयो । पुस्तिका ‘विदेशीको आँखामा कोरिया र किम जङ इल’ भित्र प्रजग कोरियाको राजनीतिक, आर्थिक, रणनीतिक, सांस्कृतिक उन्नयनबारे चर्चा गरिएको छ ।
पश्चिमा सञ्चारमाध्यमले हल्ला गर्नेभन्दा पूर्णरूपमा फरक र उत्कृष्ट व्यवस्था भएको प्रजग कोरियाले जनताको समाजवादी सिद्धान्तप्रतिको उँचो भरोसा, नेतृत्वप्रतिको उच्च सम्मान, देशप्रेम, उच्च संस्कृतिबारेमा बुझ्न पुस्तिका अत्यन्त पठनीय छ । कोरियाली जनताका प्रिय नेता किम जङ इलको सङ्क्षिप्त जीवनी समेटिएको यस पुस्तिकाको सान्दर्भिकता आज पनि महसुस गर्न सकिन्छ । एक अमेरिकी विचारक र समाजवादले अस्थायी हार व्यहोरेको देश रुसका एक पत्रकारको आँखामा प्रजग कोरिया कस्तो छ ? पुस्तिका यही विषय वरिपरि घुमेको छ ।
‘कोरियाबारे अमेरिकी समिति’ को कार्यकारिणी निर्देशक जोन एम स्वमेलीले प्रजग कोरिया भ्रमणपछि लेखे –“एक स्वतन्त्र देश ।” उनमा प्रजग कोरियाले अमिट छाप पारेको थियो । कोरिया युद्ध (१९५०–५३) पछि पुनःनिर्माणको तीव्रता, त्यहाँको कृषि बन्दोवस्त र आत्मनिर्भरताले उनलाई सबैभन्दा बढी छोयो । प्रजग कोरिया अनिकाल र भोकमरीको देश भनी प्रचार भइरहँदा कोरियाली शान्त गाउँ, उन्नत शिक्षा, जनताको चेतनास्तर, आफ्नो देश निर्माणका लागि कोरियाली जनताको दृढ सङ्कल्प र समर्पणले उनको हृदय छोयो । बाँच्नको लागि परिश्रम र अस्तित्वका लागि सङ्घर्ष गरिरहेका कोरियाली जनताको स्वतन्त्रताले उनमा प्रभाव पा¥यो । त्यतिमात्र होइन प्रिय नेता किम जङ इलप्रतिको जनताको गहिरो स्नेह र विदेशीहरूलाई गर्ने शिष्टाचारले उनको हृदय जित्यो । सारमा उनले प्रजग कोरियालाई उपनिवेशवादी र साम्राज्यवादी देशहरूसँग पटक्कै नझुकेको स्वतन्त्र र सार्वभौम देशका रूपमा पाठकलाई चिनाएका छन् । प्रजग कोरियाका लागि सोभियत सङ्घका अन्तिम राजदूत अलेक्जेन्डर कापुतोले लेखेका छन् – “पूर्वी महादेशमा प्रजग कोरिया नै सबैभन्दा शिष्ट नैतिक सिद्धान्त भएको देश हो !”
राजनेता किम इल सङको निधनले प्रजग कोरियाली जनता शोकमा डुबेका बेला पुँजीवादी सञ्चारमाध्यमले सत्ता हस्तान्तरणको कुरालाई लिएर अनावश्यक शङ्का र हो–हल्ला ग¥यो । अधिनायकवादको हो–हल्ला ग¥यो । एउटा राजनीतिक स्थिरता र बलियो एकताको जगमा उभिएको देशले नेतृत्वको तयारी गरेकै हुन्छ । देश र जनताको हितमा उभिन सक्ने क्षमतावान् र कोरियाली जनताका प्रिय नेता किम जङ इलको उदयले प्रजग कोरियाली जनताको हृदयमा विश्वास र भरोसाको दिप प्रज्वलित ग¥यो । उहाँको नेतृत्वले प्रजग कोरियालाई अझ बलियो बनायो । जापानी साम्राज्यवादविरोधी तथा अमेरिकी आक्रमणविरोधी देशभक्तिपूर्ण र वीरतापूर्ण सङ्घर्षको कष्टपूर्ण समयमा बाल्यकाल बिताउनुभएका उहाँको जीवन सङ्घर्षको पर्याय बन्यो । मेहनती, इमानदार र अध्ययनशील स्वभावका उहाँले राजनीतिशास्त्र, अर्थशास्त्र, गणित, रणनीति र कुटनीतिको गहन अध्ययन गर्नुभयो । माक्र्सवाद–लेनिनवाद र जुछे–विचारधाराको विश्लेषण गर्नुभयो भन्ने जानकारी पुस्तिकाबाट मिल्छ । क्रान्तिकारी स्वभावका उहाँ आफ्नो माटो र जनताप्रति अत्यन्त समर्पित रहेको थुप्रै प्रमाण पुस्तिकाभित्र छन् । त्यो मार्मिक शब्दचित्रले पाठकको हृदयमा किम जङ इलप्रतिको श्रद्धालाई अझ गाढा बनाउने निश्चित छ ।
का. किम जङ इलबारे नेमकिपाका अध्यक्ष श्रद्धेय नारायणमान बिजुक्छेँ भन्नुहुन्छ – “मानिसकै निम्ति मानिसमै भर परेर मानिसलाई केन्द्र विन्दु मानेर अगाडि बढेको जुछे विचारधारामा आधारित कोरियाली शैलीको समाजवादको निर्माणलाई बुझ्दै र भाग लिँदै प्रौढता प्राप्त गर्ने कोरियाली क्रान्तिका उत्तराधिकारी का.किम जङ इल वास्तवमै कोरियाली राष्ट्रकै प्रतीक हुन् ।”
का. किम जङ इलले सानै उमेरदेखि पार्टी सङ्गठनको जिम्मेवारी वहन गर्दै जुछे विचारधाराको व्याख्याता र कोरियाली समाजवादको नयाँ सिद्धान्तकारका रूपमा आफ्नो छवि विकास गर्नुभयो । रुसको समाजवादको अस्थायी हारपछि प्रतिक्रियावादीहरू र साम्राज्यवादीहरू ‘समाजवाद पतन भयो’ र ‘माक्र्सवाद पुरानो भयो’ भनी हल्ला गरिरहँदा उहाँले ‘समाजवाद विज्ञान हो’ भन्दै चोटिलो जवाफ दिनुभएको स्मरण यस पुस्तिकाले गराउँछ । सैद्धान्तिक र वैचारिकरूपले खारिनुभएका उहाँ एक सच्चा देशभक्त हुनुका साथै सशक्त अन्तर्राष्ट्रवादी पनि हुनुहुन्थ्यो । आज पनि न्यायप्रेमी जनता उहाँलाई सम्झन्छन् । उहाँको व्यक्तित्व र योगदानबारे गम्भीर चर्चा गर्छन् ।
प्रिय नेता किम जङ इलका थुप्रै अन्तर्राष्ट्रिय स्तरमा प्रसिद्ध रचनाहरूले समाजवादी आन्दोलनलाई ऊर्जा थपिरहेको छ । उत्तिबेला ‘समाजवाद विज्ञान हो’ भन्ने रचनाले रुसी जनताको मनोबल बढायो । उहाँको सो लेख अध्ययनपछि रुसको पालेया प्रकाशन गृहको प्रधान सम्पादक निकोलाई मिशिनले ‘वैज्ञानिक समाजवाद अजेय छ’ भन्ने लेख लेखेको प्रसङ्ग पुस्तिकामा छ ।
कोरियाली नेताहरूले माक्र्सवादलाई कोरियाको परिस्थितिमा लागू गरी समाजवादबारे अद्वितीय सिद्धान्त जुछे सिद्धान्त प्रतिपादन गरिएको जानकारी पुस्तिकाबाट मिल्छ । सोही जुछे विचार, सामूहिकता, समाजवादी विचारको चेतना, भौतिक पक्ष, मातृतुल्य पार्टी र सबैलाई अङ्गाल्ने कोरियाली राजनीतिकै उपज हो, आजको प्रजग कोरिया ।
ज्ञान, प्रतिभासँगै वीरता पनि भएका का. किम जङ इल जनतालाई प्रेम गर्ने असल मानव हुनुहुन्थ्यो । ‘हामी जनताको सेवा गर्छाँै’ भन्ने नारालाई उहाँले पथप्रदर्शक सिद्धान्तको रूपमा हुर्काउनुभयो । आफ्नो जीवन देश, जनता र समाजवादको रक्षाका निम्ति समर्पित गर्नुभयो । पुस्तिकाले उहाँको जीवनबाट सिक्न हौस्याउँछ ।
प्रजग कोरियाको इतिहास र सैद्धान्तिक धरातलसमेत बताउने सदाबहार प्रकृतिको यस पुस्तिका अत्यन्त सङ्ग्रहणीय छ । यो पुस्तिका नयाँ पुस्ताका पाठकमाझ पु¥याउन सके प्रजग कोरियाबारे यथार्थ बोध हुनेछ । समाजवादप्रति भरोसा बढ्नेछ । समाजवादी आन्दोलनलाई थप ऊर्जा मिल्नेछ । आजभन्दा २७ वर्ष अगाडि प्रकाशित यस पुस्तिकाभित्रको विचार मननीय छ । अत्यन्त पठनीय यस पुस्तिकाको प्रकाशक कोरिया अध्ययन मण्डलप्रति साधुवाद छ ।
Leave a Reply