“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
हेटौँडा, ११ असार । प्रदेश नं. ३ को प्रदेशसभाको बैठकमा आर्थिक वर्ष २०७६÷७७ को विनियोजन विधेयकमाथिको छलफल बुधबार पनि जारी रह्यो ।
छलफलमा नेपाल मजदुर किसान पार्टीका सांसद सृजना सैंजूले प्रदेश सरकारको बजेट समाजवादी खोलको पुँजीवादी बजेट भएको धारणा राख्नुभयो ।
बजेटमा समाजवादउन्मुख दाबी गरिएझैँ नभएको विचार राख्दै उहाँले भन्नुभयो, “पुँजीवादी व्यवस्थाको मसानको खरानीबाट मात्र समाजवादको उदय सम्भव हुन्छ । गर्भदेखि चिहानसम्म मानिसको आवश्यकता राज्यले दायित्वको रूपमा ग्रहण गर्दै स्थापना हुने शोषणविहीन व्यवस्था नै समाजवाद हो । कामदार जनताको जीवनस्तर उकास्ने दिशातर्फ विनियोजन विधेयक केन्द्रित छैन ।”
सांसद सैंजूले भूकम्पको चार वर्षपश्चात् पनि पीडित जनताको अवस्था दयनीय भएको चर्चा गर्दै भन्नुभयो, “यो बजेटले भूकम्प पीडितलाई सम्झनसमेत आवश्यक ठानेन । प्रदेश सरकार किन गैरजिम्मेवार र निर्दयी बन्यो ।”
उहाँले बजेट विनियोजन अवैज्ञानिक, असमानुपातिक तथा अव्यवहारिक भएको प्रस्ट पार्दै बजेटमा एनजीओ र आईएनजीओको छाया देखिनु दुःखद् छ भन्नुभयो ।
सांसद सैंजूले अगाडि भन्नुभयो, “प्रदेश मुख्यमन्त्रीहरूको निम्ति काठमाडौँमा अर्बौँ लगानी गरी आलिसान आवास निर्माण हुँदै छ । यसले सङ्घीयतालाई नै गिज्याइरहेको छ । काठमाडौँमा दरबारमाथि दरबार थपेर गणतन्त्र र सङ्घीयतामाथि सरकार किन निरन्तर प्रहार गर्दै छ ?”
छलफलमा भाग लिने अधिकांश सांसदले बजेट विनियोजनमा चरम पक्षपात भएको, सरकारले अल्पदृष्टि तथा सङ्कुचित सोच देखाएको भनी कडा विरोध गरे । बजेट मन्त्रीमुखी भएको भन्दै सांसदहरूले सिङ्गो प्रदेशलाई समेटेर टालटुलेभन्दा पनि ठोस योजना ल्याई सन्तुलित विकास निर्माण सुनिश्चित गर्नुपर्ने धारणा व्यक्त गरे ।
विनियोजन विधेयकमाथिको छलफल बिहीबार पनि जारी रहनेछ । सत्ताधारी दलका सांसदहरूबीच व्यापक असन्तुष्टि तथा विरोधका कारण प्रदेशसभाको बैठक दुई पटक सारिएको थियो । बैठक निर्धारित समत्न्दा चार घण्टा ढिलो सुरू भएको थियो ।
Leave a Reply