युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
– गौरव प्रधान
संयुक्त राष्ट्र सङ्घीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले काठमाडौँ उपत्यकाका विश्व सम्पदालाई विगतमा झैँ यस पटक पनि खतराको सूचीमा राख्ने प्रस्ताव अघि सा¥यो । युनेस्कोको सम्मेलन जून ३० देखि जुलाई १० सम्म अजरवैजान वाकुमा हुनेछ । भूकम्पमा क्षतिग्रस्त पुरातात्विक दरबार र मन्दिर पुनर्निर्माण ढिलाइ गरेको, सम्पदा संरक्षणमा उचित ध्यान नदिएको र क्रङ्क्रिटको संरचना आदि बनाएको कारण युनेस्कोले विश्व सम्पदा स्थललाई खतराको सूचीमा राखेको बताइएको छ ।
भूकम्पले काठमाडौँ उपत्यकाका विश्व सम्पदा स्थलमा पनि असर पारेको यथार्थ हो । तर भत्किएका मठ, मन्दिर, सत्तल, पाटीजस्ता सम्पदाहरूको पुनः निर्माण, जीर्णाेद्धार तथा मर्मत सम्भार भइरहेको छ । सम्पदा संरक्षण भइरहेको छैन भन्ने युनेस्को दाबी सही होइन । भक्तपुर नपाले भक्तपुर दरबार क्षेत्रमा कति मन्दिरहरू पुनर्निर्माण गरिसकेको छ भने कति सम्पन्न हुन लागेको छ । भक्तपुरकै ऐतिहासिक एवम् पुरातात्विक स्थल टौमढीमा रहेको भैरवनाथको मन्दिर जीर्णाेद्धार गरिरहेको छ । भक्तपुर नपाले सम्पदा संरक्षणकै निम्ति सबभन्दा बढी लगानी गरिरहेको छ । यो वर्षको बजेटमा पनि सबभन्दा बढी बजेट सम्पदा संरक्षणमै छुट्याइएको छ । यसरी सम्पदा संरक्षणमा जुटिरहेको भक्तपुर दरबार क्षेत्रको सम्पदा स्थल कसरी खतराको सूचीमा पर्छ ? युनेस्कोले विनाअध्ययन, अनुसन्धान र खोजीनीति उपत्यकाका सात सम्पदालाई खतराको सूचीमा राख्ने काम कतै हचुवा या कसैको इसारामा भइरहेको त छैन ? होइन भने भक्तपुरको दरबार क्षेत्र कुनै हालतमा खतराको सूचीमा पर्ने स्थिति छैन । काठमाडौँ र ललितपुर दरबार क्षेत्रमा पनि सम्पदा संरक्षण गर्ने काम भइरहेको छ । भक्तपुरको चाँगुनारायण मन्दिरको पनि संरक्षण गर्ने कार्य भइरहेको छ ।
युनेस्कोले काठमाडौँको सम्पदा स्थललाई मात्र खतराको सूचीमा राखेको हो कि उपत्यकाका ललितपुर र भक्तपुरका दरबार क्षेत्र, पशुपतिनाथ मन्दिर, बौद्धनाथ, स्वयम्भूनाथ र चाँगुनारायण मन्दिरलाई पनि खतराको सूचीमा राखेको हो, स्पष्ट हुनुपर्छ । पशुपतिनाथ क्षेत्रको बीचमा सडक खोलेको र काठमाडौँ दरबार क्षेत्र वरिपरि क्रंक्रिटको संरचना बनाएको निहुँमा अरू सम्पदा स्थललाई खतराको सूचीमा राख्न मिल्छ ? बौद्धनाथ मन्दिर, स्वयम्भूनाथ र चाँगुनारायण मन्दिर विगतमा जस्तो थियो, अहिले पनि त्यस्तै छ, अनि किन ती सम्पदाहरू खतराको सूचीमा ? भक्तपुरको दरबार क्षेत्रमा जति सम्पदा स्थलको पुनः निर्माण कार्य अन्त कही भएको छैन ? युनेस्कोले सम्पदास्थलको यथार्थ विवरण नबुझी खतराको सूचीमा राखेको युनेस्कोको प्रस्ताव फिर्ता लिनुपर्छ । सो प्रस्ताव फिर्ता नलिए युनेस्कोले विश्व सम्पदा स्थलप्रति अन्याय गरेको हुने छ ।
Leave a Reply