युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
राकस्था
२०७५ सालमा लिइएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परिणाम बिहीबार सार्वजनिक भयो । करिब साढे ४ लाख विद्यार्थी विभिन्न ग्रेडमा उत्तीर्ण भएको घोषणा गरिएको छ, असफलताको बिल्ला कसैले भिर्नुपरेन । झट्ट हेर्दा ठिक्कै भन्ने लाग्छ, तर कालान्तरमा कति विद्यार्थी जीवनका खाल्डाखुल्डीमा कति बल्ड्याङ खाएर निराश हुने हुन्, अहिले नै भन्न सकिन्न । जे होस्, एसईईको परीक्षामा गरेको मेहनतको फलको निम्ति सबैलाई शुभकामना !
माध्यमिक शिक्षा परीक्षालाई धेरैले जीवनको एउटा कोसेढुङ्गा मान्दै आएका छन् । कक्षा ११ र १२ पनि विद्यालय शिक्षाअन्तर्गत नै रहेको हिसाबमा आगामी दुई वर्षको पढाइपछि मात्र विद्यालय शिक्षा सकिने भएर पनि यस्तो सोच कायम रहनु पुरानो एसएलसीको ढङढङी रहिरहेको भन्न सकिन्छ । यद्यपि उच्च शिक्षाको दैलो खोल्ने परीक्षा भएकोले एसईईको महत्वलाई धेरै न्युनीकरण गर्नु उपयुक्त होइन । किनभने अब विस्तारै विशेषीकरण तर्फ विद्यार्थीको शिक्षा अगाडि बढ्ने छ ।
सरकारी अझै कमजोर
सरकारी र निजी विद्यालयको परीक्षाको परिणाम हेर्ने हो भने यस वर्षको परीक्षा परिणाम विगतभन्दा फरक निस्किएन । सरकारको अर्बौं रुपियाँको बजेटको सही उपयोगबारे प्रश्न फेरि पनि उठ्छ । करिब ७१ प्रतिशत विद्यार्थीले सरकारी विद्यालयबाट परीक्षा दिएमध्ये उच्च ग्रेडदेखि निम्नत्तम ग्रेड ल्याउने विद्यार्थी सङ्ख्या क्रमशः बढ्दै गएको र त्यसको ठीक उल्टो निजी विद्यालयबाट परीक्षा दिने २९ प्रतिशत विद्यार्थीको ग्रेड बढेअनुसार क्रमशः विद्यार्थी सङ्ख्या बढेको पाइन्छ । यसको अर्थ उच्च ग्रेड आउने विद्यार्थी प्रतिशतमा निजी विद्यालयकै बढी छ । सरकारी विद्यालयमा पढ्ने अधिकांश कम आय भएका सर्वसाधारण जनताका छोराछोरी हुन् र उनीहरू नै सरकारी असक्षमता वा लापरबाहीको कोपभाजन बनिरहेका छन् भन्दा फरक पर्दैन ।
भविष्यको खोजी र भ्रम
अब लाखौँ विद्यार्थी भविष्यको खोजीमा सक्रियतापूर्वक लाग्ने छन् । कक्षा ११ र १२ का विषय र ती विषयको अध्यापन हुने विद्यालयहरूको हिसाबमा धेरै छनोटहरू भएकाले पनि कैयौँ विद्यार्थी तथा अभिभावक किंकर्तव्यविमूढको अवस्थामा हुन्छन् । आँखा तिरमिराउने, चम्किला र सुकिला विज्ञापनहरूको कारण विद्यार्थी भ्रमजालमा पर्ने सम्भावना धेरै छ ।
अहिले काठमाडौँका धेरै (उच्च) माध्यमिक विद्यालयहरू जिल्ला–जिल्लाका आफ्ना ऐजेन्टहरू र विद्यार्थीसँग अनेक ‘बार्गेनिङ’ गरिरहेका छन् । उनीहरू कक्षा ११ पढ्ने हैसियतका विद्यार्थीलाई तौलिन तयारी अवस्थामा छन्, कति ग्रेडलाई कति शुल्क र कति छूट दिने, कति जना विद्यार्थी भर्ना गरेबापत कति कमिसन दिनेबारे छलफल गरिरहेका छन् । तथ्य यही नेपाली उच्च शिक्षाको विडम्बना भइरहेको छ ।
काठमाडौँका कति ब्रिज कोर्स सञ्चालकहरूले (उ) माविहरूको दलाली गरिरहेका छन्, जिल्लाका कति विद्यालय र त्यहाँ पढाउने शिक्षकहरू ती नै ब्रिज कोर्स सञ्चालकका दलाल भइरहेका छन् । ती नाफामुखी विद्यालयहरू प्रयोगशाला, पुस्तकालय, कक्षा कोठा पनि व्यवस्था गर्नमा ध्यान नदिई लिफ्ट, स्वीमिङ पुल, विदेश भ्रमण, विदेशमा उच्च शिक्षाको ग्यारेन्टीजस्ता कुरा अगाडि सारी विद्यार्थी तान्छन् । प्रोस्पेक्टसमा नाम छापेबापत पैसा लिने तथाकथित प्राध्यापक तथा डाक्टरहरूले विद्यालय सञ्चालकहरूलाई के सिकाइरहेका छन्, स्पष्ट छ । पैसा पाएपछि सबै पाइन्छ भन्ने पुँजीवादी मान्यता फैलाउन यी र यस्ता विद्यालय तथा प्राध्यापकहरू प्रत्यक्ष–परोक्ष लागिरहेका छन् ।
शैक्षिक माफियाको रूपमा लिइएका व्यापारीहरूले विभिन्न प्रवेश परीक्षा वा बोर्ड परीक्षामा प्रश्न बनाउने एक दुई जना तथाकथित प्राध्यापकहरूलाई किन्ने र विद्यार्थीलाई परीक्षाको प्रश्नको ‘हिन्ट्स’ वा महत्वपूर्ण प्रश्नको नाममा प्रश्नपत्र नै चुहावत गर्ने गरेको पाइन्छ । परिणाम राम्रो आएको भ्रम फाली फेरि जिल्ला–जिल्लाका सोझासीधा विद्यार्थीलाई ‘मुर्गा’ बनाइरहेका छन् । पाठ्यक्रममा निर्धारित घण्टी नपढाउने, प्रयोगात्मक कक्षा सञ्चालन नगर्ने ती शैक्षिक व्यापारीहरूको नाफाको ‘टेक्निक’ नै यही हो । बढी प्रयोगात्मक कक्षा सञ्चालनको अर्थ बढी खर्च त हुँदै हो, परीक्षामा बढी अङ्क पाउने काइदा पनि हो । किनभने प्रयोगात्मक परीक्षा विद्यालय आफैले सञ्चालन गर्छ, मनलाग्दी अङ्क दिन्छ, विद्यार्थीले पनि धेरै पढ्ने टन्टा गर्नुपर्दैन, कम पढी धेरै अङ्क पाउने यस्तो ‘बुद्धि’ व्यापारीसँग बाहेक अरुसँग हुनसक्दैन ।
सबै पहेँला चिज सुन हुन्न, सबै चम्किने चिज हिरा हुन्न । पैसा कमाउनकै निम्ति खोलिएका निजी विद्यालयहरूले राम्रो शिक्षा दिनै सक्दैनन् । उनीहरूले प्रमाणपत्रमा अङ्क बढाइदेलान् तर आवश्यक ज्ञान र सीप दिनसक्दैनन् ।
विषय र कलेज कसरी छान्ने ?
विषय र विद्यालय छनोटको सन्दर्भमा विद्यार्थीका अभिभावक, जानकार र शिक्षासेवीहरूको भूमिका महत्वपूर्ण हुन्छ । विद्यालय शिक्षा परीक्षा (एसईई) दिई बसेका विद्यार्थीलाई राम्रो परामर्शको आवश्यकता छ । थाहै नपाई विषय रोजेँ भनी पछि पछुताउने अवस्था नआओस् । साथीको लहैमा लागेर बिग्रिएँ भन्ने पनि नहोस् । घाँटी हेरी हाड निल्न नखोज्दा पढाइ बीचैमा छोड्नुप¥यो वा आफूले आफैलाई चिन्न नसक्दा दुःख पाएँ भन्ने गीत गाउन नपरोस्, यसमा मुख्यतः विद्यार्थीले ख्याल गर्नुपर्छ ।
एउटा अनुसन्धानले भक्तपुरका विद्यार्थीले (उ) मावि छनोट आफैले गरेको तर काठमाडौंका विद्यार्थीले अभिभावकको रोजाइअनुसार कलेज छनोट गरेको भन्ने छ । सबैको कुरा सुन्ने, अन्तिममा आफ्नो आर्थिक तथा शैक्षिक क्षमता, आमाबुबाको सल्लाह तथा सुझाव, समाज र देशको अहिलेको आवश्यकतालाई ध्यान दिनु अवश्यक हुन्छ ।
राज्यले आगामी पाँच–दश वर्षको निम्ति कस्ता खालका जनशक्ति आवश्यक छ भन्ने आधारमा विषय र कोटा निर्धारण गर्न सकेको भए आजको जस्तो शैक्षिक बेरोजगारीको विकराल अवस्था निम्तिन्नथ्यो होला । आफ्नो इच्छाका विषय छनोट गरिसकेपछि ‘गहिराइमा डुबिसकेपछि मोती नटिपी नछोड्ने’ प्रतिज्ञा गर्नु आवश्यक छ । जुनसुकै विषय लिएर पढे पनि गम्भीरतापूर्वक अध्ययन गर्ने र विशेषज्ञ बन्ने उद्देश्य राख्नु उपयुक्त हुन्छ ।
सबै विद्यार्थीले सैद्धान्तिक ज्ञानका विषयमा अध्ययन गर्नुपर्छ भन्ने होइन । मध्यम तथा कमजोर विद्यार्थीले प्राविधिक तथा सीममूलक शिक्षातिर जानु उपयुक्त हुन्छ । हुन त नेपालमा प्राविधिक शिक्षा झन्–झन् महँगो र नाफामुखी बन्दै गएकोले गरिव झन् पीडित एवम् प्रताडित हुने अवस्था छ । कमजोर विद्यार्थी नै आर्थिकरूपमा कमजोर हुने वा आर्थिक कमजोरीकै कारण पढाइमा कमजोर हुने चक्र चालू छ । तैपनि विद्यालयले दिने छात्रवृत्तिका कोटामा लडेरै भए पनि प्राविधिक शिक्षातिर भर्ना गर्न सकिन्छ ।
विषय छनोट गर्दा आजको समाजको आवश्यकता के हो भन्नेमा ध्यान दिनु आवश्यक छ । पैसा कमाउनकै निम्ति पढ्ने भन्ने दृष्टिकोण पनि गलत हुन्छ । ज्ञान, सीप र क्षमता हासिल गरी जनताको सेवा गर्ने भावना नभई देश बन्दैन ।
Leave a Reply