नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
लान् सिन्चेन्
वर्तमान अवस्थामा चीन र संरा अमेरिकाबीच भइरहेको व्यापारिक द्वन्द्वलाई धेरैजसो मानिसहरूले आर्थिक द्वन्द्वको रूपमा लिइरहेका छन् । तर, वास्तवमा यो घटना माथिल्लो सतहमा आर्थिक देखिए पनि सारमा भने यो आर्थिक नभई वैचारिक द्वन्द्व हो । यो द्वन्द्व मुख्यतः तीन वटा विचारको कलहको कारणले आएको हो । ती विचारहरू निम्नलिखित छन् –
प्रथमतः मानवताको निम्ति सबैको लागि भविष्य बाँडिएको समाज बनाउने चीनको अवधारणा डोनाल्ड ट्रम्प प्रशासनको अमेरिका पहिलो नीतिसँग अमिल्दो छ ।
यस विचारको प्रस्ताव चिनियाँ राष्ट्रपति सि चिन फिङले अघि सारेका थिए । फेब्रुअरी २०१७ मा संयुक्त राष्ट्रसङ्घले मानवताको निम्ति भविष्य बाँडिएको समाज बनाउने विचारलाई औपचारिक प्रस्ताव (प्रतिबद्धता) को रूपमा समावेस ग¥यो ।
सिकाअनुसार यस विचारका पाँच मुख्य पक्षहरू छन्– पहिलो, हामी वार्ता र कुराकानीको माध्यमबाट विश्वमा स्थायी शान्ति निर्माण गर्न प्रतिबद्ध हुनुपर्छ, दोस्रो, सामूहिक प्रयासको माध्यमबाट हामीले समान सुरक्षा भएको विश्वको निर्माण गर्नुपर्छ, तेस्रो, हामीले सबैले जित्ने अवस्था हुने गरि समान समृद्धि भएको विश्वको निर्माण गर्नुपर्छ, चौथो, आदान–प्रदानहरू र आपसी अध्ययनबाट खुला र समावेशी विश्व निर्माण गर्नुपर्छ र पाँचाँै, हामीले हरियाली र कम कार्बन विकासलाई पछ्याई हाम्रो विश्वलाई सफा र सुन्दर बनाउनुपर्छ ।
अमेरिका पहिलो नीति ट्रम्पको राष्ट्रपति बन्ने अभियानबाट आएको थियो र अहिले संरा अमेरिकाको परराष्ट्र नीतिको मार्गनिर्देशक बन्यो ।
यस नीतिअन्र्तगत संरा अमेरिकाले विभिन्न अन्तर्राष्ट्रिय सम्झौताहरूबाट हात झिकेको छ । जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता, इरान परमाणु सम्झौता, मध्यवर्ती तहका परमाणु शक्तिहरूको सम्झौता र युनेस्कोबाट संरा अमेरिकाले हात झिक्नु अन्तर्राष्ट्रिय सम्झौताका केही उदाहरणहरू हुन् । संरा अमेरिकाले संसारका प्रमुख अर्थतन्त्रहरू र तिनका सहयोगीहरूलाई थप करको भार थपी आर्थिक द्वन्द्वको सुरुवात ग¥यो । यसले विश्व अर्थतन्त्रको स्थिर विकासलाई कमजोर बनायो ।
मानवताको निम्ति भविष्य बाँडिएको समाज बनाउने विचारको आधार सहकारिता, सबैले जित्ने अवस्था र सम्पूर्ण मानवजातिको समृद्धि हो । यद्यपि संरा अमेरिकाको अमेरिका पहिलो नीति यसको ठीकविपरीत आफ्नो हितमा आधारित छ । यसले गर्दा संरा अमेरिका अन्तर्राष्ट्रिय जिम्मेवारीहरूबाट पन्छिने प्रयास गर्दै छ । यी दुई विचार पूर्णरूपले आपसमा विपरीत छन् ।
दोस्रो कुरा, चीनले समर्थन गर्ने बहुपक्षीयता र ट्रम्प प्रशासनले अँगाल्ने एकपक्षीयता एक अर्कासँग अमिल्दो स्थितिमा छ ।
पछिल्लो केही वर्षमा व्यापार बहुपक्षीयताको रक्षा गर्ने काममा चीनले महत्वपूर्ण भूमिका निर्वाह गर्दै छ ।
दोस्रो अन्तर्राष्ट्रिय सहकारीको लागि बेल्ट एण्ड रोड फोरम कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै सीले भने, “बेल्ट एण्ड रोड एउटा खेलकुद संस्था होइन, यसले हरियाली प्रवद्र्धन गर्ने लक्ष्य राख्छ । हामी हरित आधारभूत संरचना कार्यक्रमहरू सुरु गर्न, हरियालीको लागि लगानी गर्न र हामी आफ्नो घर ठान्ने पृथ्वीलाई जोगाउनको लागि हरित आर्थिक सहयोग पनि प्रदान गर्नसक्छौँ ।
उनका शब्दहरूले चीनको बहुपक्षीयतालाई झल्काउँछन् र यस कुरालाई अन्तर्राष्ट्रिय जगतले निकै रुचाएको थियो ।
अन्तर्राष्ट्रिय सम्झौता र संस्थाहरूबाट पछि हट्ने कार्य र कर वृद्धिसहित अन्य नीति र कार्यहरूले ट्रम्प प्रशासनको एकपक्षीयतालाई प्रस्ट बनाएको छ । अन्तर्राष्ट्रिय जगतका न्यायोचित चाहनाहरू, आलोचना, अनि निन्दालाई पूर्णरूपमा बेवास्ता गरी बस्ने संरा अमेरिकाको व्यवहार अन्तर्राष्ट्रिय शान्ति, विकास र प्रगतिको लागि विनासकारी छ ।
तेस्रो, चीनको प्रगति रोक्ने चाहना भएको संरा अमेरिकाको नीति चीनको सबै जना जित्ने स्थिति बनाउने सहकारिता गर्ने प्रयाससँग बेमेलको स्थितिमा छ ।
चीनलाई दबाउनु ट्रम्प प्रशासनको बढ्दो व्यापारिक द्वन्द्वको एउटा महत्वपूर्ण कारण हो । चीनको अर्थतन्त्र, समाज, विज्ञान र प्रविधिको प्रगतिले गर्दा अगाडि बढ्दै गरेको चीनले संरा अमेरिकालाई सबैभन्दा ठूलो शक्तिको रूपमा प्रतिस्थापन गर्ने हो कि भन्ने डर छ ।
संरा अमेरिका चीनलाई ‘थुसाइडेसिस सिद्धान्त’ को आँखाले हेर्ने गर्दछ । यस सिद्धान्तअनुुसार जब कुनै प्रगतिउन्मुख शक्तिले ¥हासउन्मुख शक्तिलाई प्रतिस्थापन गर्ने धम्की दिन्छ तब ती दुई शक्तिहरूको बीचमा युद्ध निश्चित हुन्छ ।
संरा अमेरिकाको सामाजिक र आर्थिक विकासमा बाधा पु¥याउने समस्याहरूको समाधान गर्नको निम्ति ट्रम्प प्रशासनले अमेरिका पहिलो नीति र एक पक्षीयता नीति सुझायो । यी उपायहरू सही होइनन् किनभने आन्तरिक समस्याहरूको समाधान व्यापारिक मित्रहरूलाई करको भार बोकाएर भन्दा आन्तरिक सुधारहरूबाट गरिनुपर्छ ।
चीन र संरा अमेरिकाबीचको सुमधुर सम्बन्धमा आउने सबैभन्दा ठूलो तगारो संरा अमेरिकाका चीनलाई दबाउने प्रयास हो । दुईपक्षीय व्यापार सम्झौता गरिए पनि संरा अमेरिको चीनलाई दबाउने विचारको कारण भविष्यमा पनि यो दुईतर्फी व्यापार युद्ध चलिरहने छ ।
BEIJING REVIEW- June 2019
(Mindset clashes)
– Lan Xinzhen
अनु–महेश
Leave a Reply