भर्खरै :

यसो गरे कसो होला !

– महावीर पुन
राष्ट्रिय आविष्कार केन्द्र
देश विकासमा लागिरहनुभएका गाउँपालिका, नगरपालिकाका जनप्रतिनिधिहरू र प्रतिनिधिसभाका निर्वाचित सदस्यहरूले एकपटक योगासनमा बसेर सोच्नुहोस् त । मैले आफूलाई मनमा आएको अति महत्वपूर्ण कुरा भन्दै छु, यस्तो उत्पट्याङ्ग कुरा भन्यो भनेर कोही पनि नरिसाउनु र नबहुलाउनुहोला । गर्नै नसकिने कुरा मैले प्रस्ताव गरेको छैन होला । यसो गरे पनि देश विकासमा ठूलो योगदान हुनेछ । यसलाई कसैले पनि मैले पैसा मागेको भनेर पटक्कै नसम्झनुहोला । म लाटो मान्छेले सरसल्लाह गरेको मात्र हो । मैले मागेको सबभन्दा ठूलो दान त बुद्धिको दान हो । यो कुरामा सहमत हुने जनप्रतिनिधिहरूले सम्पर्क गर्नुहोला ।
आम नागरिकको सहयोगमा हाल सञ्चालन भइरहेको राष्ट्रिय आविष्कार केन्द्रलाई दिगो बनाउनको लागि भविष्यमा कुनै ठोस आर्थिक स्रोतको आधार नबनुञ्जेलसम्म निम्न तरिकाले सहयोग प्राप्त भयो भने पनि यसलाई मज्जासँग अगाडि बढाउन सकिन्छ । हजारौँ उपायहरूमध्ये यो एउटा उपायमात्र हो ।
१) हालको ७५३ ओटा नगरपालिका र गाउँपालिकाहरूले प्रत्येकले प्रतिवर्ष औसतमा रु. एक लाखको दरले दिने हो भने रु. ७ करोड ५३ लाख हुन्छ ।
२) अनि प्रतिनिधिसभामा निर्वाचित १६५ जना सदस्यहरूले आफ्नो निर्वाचन क्षेत्रको विकास गर्न प्रतिसदस्यले पाउने भनेको रु. ६ करोडबाट प्रत्येकले प्रतिवर्ष रु. ५ लाखको दरले छुट्याउने हो भने रु. ८ करोड २५ लाख हुन्छ ।
३) यो माथिको दुईवटा रकम जम्मा गर्यो भने रु. १५ करोड ७८ लाख हुन आउँछ । यदि माथि हिसाबमा देखाइएअनुसारको रकमको २५५ रकम जम्मा भयो भने पनि प्रतिवर्ष रु.३ करोड ९५ लाख अथवा झण्डै रु.४ करोड हुन आउँछ ।
प्रतिवर्ष यतिसम्म पनि गर्नसक्यो भने नेपालका थुप्रै प्रतिभाहरूलाई विभिन्न क्षेत्रको उद्यमी बनाउन सकिने छ र देशमा बिस्तारै रोजगारीको सृजना हुँदै जाने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *