रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
महुआ मोइत्रा
(भारतको हालै सम्पन्न सत्रौँ लोकसभा निर्वाचनमा तृणमुल काङ्ग्रेसबाट निर्वाचित सांसद हुुनुहुन्छ । उहाँले गत मङ्गलबारमा भारतको लोकसभामा दिनुभएको चर्चित भाषणको पूर्ण पाठ प्रस्तुत छ ।)
हाम्रो संविधान आज खतरामा परेको छ । निःसन्देह तपाईं मसँग असहमत हुनसक्नुहुन्छ । तपाईं भन्न सक्नुहुन्छ, “राम्रा दिन आएका छन् ।”
अनि फेरि तपाईं भन्न सक्नुहुन्छ–“वर्तमान सरकारले बनाउन खोजेको भारतीय साम्राज्यमा कहिल्यै सूर्यास्त हुनेछैन ।”
तर, यसो भनिरहँदा तपार्इं खास कुरा भुलिरहनुभएको छ । तपाईंले आफ्नो आँखा थोरैमात्र पनि खोल्नुभए जताततै नराम्रा सङ्केतहरू देख्नुहुनेछ ।
यो देशलाई आज च्यातिंदै छ । मलाई दिइएको केही समयावधिभित्र म ती खतरनाक सङ्केतबारे चर्चा गर्न चाहन्छु ।
पहिलो सङ्केत, हाम्रो राष्ट्रिय बनोटभित्र एउटा आक्रामक, शक्तिशाली र अविछिन्न राष्ट्रवाद हुर्किरहेको छ । (पछाडिबाट हो–हल्ला, सभाध्यक्ष हल्ला नगर्न आग्रह गर्छन्) यो (राष्ट्रवाद) सतही छ, यो जातीय घृणामा आधारित छ ।
(हल्ला चालू रहन्छ) सभामुख महोदय, यो महान् कक्षभित्र कोही पेशेवर उपद्रयाहालाई हल्ला गर्ने कुनै स्थान हुनुहुन्न । म सभामुख महोदयलाई संसद्मा सुव्यवस्था कायम राख्न आग्रह गर्न चाहन्छु ।
यो राष्ट्रवाद सङ्कीर्ण छ । यो राष्ट्रवाद हामीबीच विभाजन ल्याउन अभिशप्त छ । हामीबीच एकता ल्याउने यसमा कुनै चाहना छैन । सर्वसाधारण नागरिकलाई तिनका घरबाट निकालिएको छ र उनीहरूलाई ‘गैरकानुनी आप्रवासी’ को संज्ञा दिइएको छ । पचासौँ वर्षदेखि यो देशमा बस्दै आएका जनतासँग भारतीय भएको प्रमाणित गर्ने कागजको एक टुक्रा मागिंदै छ ।
यो देश जहाँ मन्त्रीहरूले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्रसमेत देखाउन सकिरहेका छैनन्, ती विपन्न गरिब जनतासँग आफू यो देशको नागरिक भएको प्रमाण देखाउन कागजको टुक्रा मागिंदै छ ।
देशप्रतिको निष्ठा परीक्षण गर्न नारा र प्रतीकको प्रयोग गरिंदै छ । भारतीय जनतासँग आफूलाई देशभक्त देखाउन कुनै एउटैमात्र नारा छैन, कुनै एउटैमात्र प्रतीक पनि पुग्दो छैन । कुनै एउटैमात्र परीक्षा हुनेछैन, कुनै एकैजना परीक्षक पनि हुनसक्दैन । (हल्ला सुनिन्छ, सभाध्यक्ष चुप लाग्न आग्रह गर्छन् ।)
दोस्रो सङ्केत, (फेरि हल्ला सुनिन्छ । सभामुख–“उहाँलाई आफ्नो कुरा टुङ्ग्याउन दिऔं । कृपया बस्नुहोस्”) दोस्रो सङ्केत सभामुख महोदय, सरकारको हरेक तहमा मानव अधिकारको खुलमखुला उल्लङ्घन भइरहेको छ ।
सन् २०१४ देखि २०१९ को बीचमा घृणामा आधारित अपराधको सङ्ख्या दस गुणाले बढेको छ । १० गुणा ¤ महोदय, मानौँ कि ई–कमर्सको मोलमोलाइ भइरहेको छ । देशमा अपराधको यो सङ्ख्यालाई अझ माथि धकेलिरहेका शक्तिहरू पनि छन् ।
दिनको उज्यालोमा पनि सर्वसाधारण नागरिकको भीडबाट हत्या र मारपिट भइरहेको छ । गएको साल राजस्थानमा पहेलु खानदेखि हिजो झारखण्डमा तबरेज अन्सारीसम्म, यो क्रम अझै रोकिएको छैन ।
तेस्रो सङ्केत, आज आमसञ्चारमाथि अकल्पनीय नियन्त्रण र दमन गरिएको छ । भारतका सबभन्दा ठूला पाँच सञ्चारमाध्यमलाई आज यो देशको एकजना मान्छेको या त अप्रत्यक्ष नियन्त्रणमा राखिएको छ अथवा अप्रत्यक्षरूपमा उत्तरदायी बनाइएको छ । टीभी च्यानलहरूले आफ्नो प्रसारणको अधिकांश समय सत्तासीन दलको प्रचारबाजीमा खर्चिरहेका छन् । सबै विपक्षी दलसम्बन्धी सामग्री पन्छाइएको छ । प्रत्येक मिडिया गृहमा विज्ञापन गर्न सरकारले कति खर्च ग¥यो, तथ्य तथ्याङ्कसहित प्रस्तुत होस् । ती पैसा केमा खर्च भइरहेको छ र कुन मिडियालाई उनीहरूले निषेध गरेका छन् ।
सूचना तथा सञ्चार मन्त्रालयले हरेक दिन टीभी च्यानलमा प्रसारण गरिने सामग्रीमाथि निगरानी गर्नमात्र १२० जना मानिसलाई काममा लगाएको छ । सरकारविरोधी कुनै पनि समाचार प्रसारण नभएको पक्का गर्न यसरी मानिस परिचालन गरिएका छन् ।
झूटा समाचारको प्रसारण सामान्य बनिरहेको छ । यो चुनाव सरकार वा किसानको निराशाका विषयमाथि लडिएको चुनाव थिएन । यो चुनाव बेरोजगारीको विषयमा लडिएको थिएन । यो चुनाव ह्वाटसएपको भरमा लडिएको थियो । झूटा समाचार र मानिसको बुझाइ परिवर्तन गरेर लडिएको थियो यो चुनाव । (हो हल्ला)
यो सरकारले दोहो¥याउने हरेक टुक्रा समाचार, सरकारले प्रसारण गर्ने हरेक झूटलाई ‘सत्य’ नबनेसम्म त्यसलाई बारम्बार प्रसारण गरियो । यो राक्षसी चिन्तन हो ।
तपाईं नामदार र कामदारको कुरा गर्नुहुन्छ ? सुन्नुस्, काङ्ग्रेस पार्टीले सन् १९९९ भन्दा यता ३६ जना राजा–महासामन्तलाई संसद्मा ल्याएको थियो । तर, भाजपाले ३१ जना त्यस्ता मान्छेलाई संसद्मा ल्याएको छ । म भन्छु, तपार्इंले जब कुनै एउटा झूटो कुरा प्रस्तुत गर्नुहुन्छ, तपाईंले भारतको बनोटलाई धुजाधुजा पारिरहनुभएको छ ।
हिजो काङ्ग्रेस पार्टीको संसदीय नेता (होहल्ला बढ्छ), यो ठाउँ कुनै पेशेवर उपद्रयाहाको होइन । सभाध्यक्ष महोदय, यो संसद्लाई व्यवस्थापन गर्न आग्रह गर्न चाहन्छु । (हो हल्ला) म यो सदनमा अमनचयन कायम नहुञ्जेल प्रतीक्षा गर्ने छु, म कुर्छु । (सभाध्यक्ष–“यो सदन व्यवस्थित छ”) धन्यवाद ¤ हिजो काङ्ग्रेस पार्टीका संसदीय दलका नेताले बङ्गालमा सहकारी आन्दोलन असफल भएको भन्नुभयो । म उहाँलाई आफ्नो तथ्यमाथि पुनः जाँच गर्न अनुरोध गर्न चाहन्छु । उहाँले भन्नुभएको एउटा सहकारी मुर्सिदाबादको भाग्यरथी देवी सहकारी अहिले नाफामा चलेको छ । हामीले उल्लेख गर्ने प्रत्येक झूटो तथ्यले यो देशलाई ध्वस्त बनाउन मद्दत गर्ने छ ।
चौथो सङ्केत, राष्ट्रिय सुरक्षा सनकको भरमा चलाउन खोजिएको छ । (होहल्ला चालू रहन्छ) सभाध्यक्ष महोदय, यो मेरो संसदमा पहिलो मन्तव्य हो । मलाई मेरो कुरा टुङ्ग्याउन दिनुहोस् । शत्रु पहिचान गर्ने नाममा राष्ट्रिय सुरक्षा सनकको भरमा चलाइएको छ । हामी साना छँदा मेरी आमा भन्नुहुन्थ्यो–यसो गर, यसो नगर । नत्र कालो भूत आउने छ । यस्तो लाग्दै छ–आज यो देशमा हामी सबै नाम नभएको, लाज नभएको कुनै कालो भूतको त्रासमा भयभित छौँ । जताततै भयको राज छ । सेनाले प्राप्त गरेका सबै सफलतालाई एकजना व्यक्तिको नाममा नामसारी गर्न खोजिएको छ । के यो उचित हो ? हरेक दिन नयाँ–नयाँ शत्रुको रचना गरिंदै छ । (होहल्ला) सभामुख महोदय, म संसदभित्र पेशेवर उपद्रव रोक्न आग्रह गर्न चाहन्छु । विरोधाभासको कुरा त के हो भने बितेका पाँच वर्षमा आतङ्कवादी हमला धेरै गुणाले बढेको छ । कस्मिरमा सेनाका जवानहरूको हत्या १०६ प्रतिशतले बढेको छ ।
पाँचौँ सङ्केत, यो देशमा आज धर्म र राजनीतिलाई एकै घानमा पिसिंदै छ । के मैले यो विषयमा धेरै कुरा बोलिरहन पनि जरुरी छ र ? हामी नागरिक हुनुको परिभाषालाई पनि पुनःपरिभाषित गरेको कुरा स्मरण गराउन आवश्यक छ र ? अहिलेको अराजक अवस्था र नागरिकता संशोधन विधेयकले आप्रवासीविरोधी कानुनमार्फत एउटै समुदायलाई निशाना बनाउन खोजिंदै छ ।
(सभाध्यक्ष–टुङ्ग्याउनुहोस् माननीयज्यू) संसद् सदस्यहरू पूरा भारतको ८१ करोड २० लाख एकड भूमिभन्दा २.७७ एकड भूमिको भविष्यबारे बढी चिन्तित हुनुहुन्छ । यो केबल २.७७ एकड भूमिको मामिला होइन । यो पूरै ८१ करोड एकड भूमिलाई अक्षुण्ण राख्ने विषय हो ।
छैटौँ सङ्केत, सबभन्दा खतरनाक सङ्केत । बौद्धिक समुदाय र कलामाथि पूर्ण दमन गरिएको छ । सबै भिन्न मतमाथि दमन गरिएको छ । सैद्धान्तिक विषयको शिक्षामा बजेट कटौती गरिएको छ । संविधानको धारा ५१ ले वैज्ञानिक चिन्तनको माग गर्दछ । हामीले गरिरहेका सबै कामले भारतलाई अँध्यारो युगतिर धकेलिरहेका छौँ । (सभाध्यक्ष–“उहाँ आफ्नो भनाइ टुङ्ग्याउँदै हुनुहुन्छ ।”) माध्यामिक तहका पाठ्यपुस्तकलाई बङ्ग्याइएको छ र जे लेखिएको छ, त्यसलाई अन्धविश्वास गर्न लगाइएको छ । तपाईं (सरकार) ले भिन्न मत राख्न दिनु त परको कुरा, प्रश्न गर्नसमेत छुट दिइएको छैन । म यहाँ महान हिन्दी कवि रामधारी सिंह दिङ्करको कवितांश उद्धृत गर्न चाहन्छु ः
“हो हो दुर्योधन बाँध मलाई
मलाई बाँध्न नै त आएका छौ तिमी,
सिक्री ठूलो ल्याएका छौ तिमी ?
सुनमा साँध लगाउन सक्दैनौ भने
तिमी मलाई कहिल्यै सक्छौ र बाँध्न ?”
भिन्न मत राख्नु भारतको मूल भावनाको अभिन्न अङ्ग हो । हामीबाट यो भावना तिमीले छिन्न सक्दैनौ । तिमीहरू हामीलाई दबाउन सक्दैनौ ।
सातौँ सङ्केत, अन्तिम सङ्केत । (सभाध्यक्ष–“अब टुङ्ग्याउनुहोस्”) हाम्रो चुनाव प्रणालीको निष्पक्षतामा स्खलन भइरहेको छ । मुख्य–मुख्य अधिकारीहरूलाई सरुवा गर्न निर्वाचन आयोगलाई प्रयोग गरिएको छ । यो चुनावमा ६० हजार करोड रुपैंया खर्च भयो । त्यसको पचास प्रतिशत अर्थात् २७ हजार करोड एउटै पार्टीले खर्च ग¥यो ।
सन् २०१७ मा संरा अमेरिकाको होलोकस्ट स्मारक सङ्ग्रहालयको मुख्य लबीमा एउटा पोस्टर टाँसिएको थियो । त्यो पोस्टरमा फासीवादका सबै प्रारम्भिक सङ्केतबारे लेखिएको थियो । मैले अहिले यहाँ चर्चा गरेका सबै बुँदाहरू त्यो पोस्टरमा उल्लेख थिए ।
भारतमा खतरनाक फासीवाद उदाइरहेको छ । त्यो फासीवादको विरोधमा उठ्नु हामी सबै जनाको कर्तव्य हो । सत्रौं लोकसभाका हामी सदस्यले निर्णय गरौंँ, हामी इतिहासको कुन खेमामा उभिने छौँ ।
Leave a Reply