नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
धनगढी, १५ असार (रासस) : साहित्यकार मनिराज जोशीको नामबाट स्थापना गरिएको ‘मनिराज वाङ्मय पुरस्कार, २०७५’ बाट साहित्यकार एवं समालोचक दधिराज सुवेदी सम्मानित हुनुभएको छ । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान कैलालीले शनिबार यहाँ गरेको कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रमुख मोहनराज मल्लले समालोचक सुवेदीलाई रु एक लाखको उक्त पुरस्कारसहित दोसल्ला र सम्मानपत्र प्रदान गर्नुभयो ।
विराटनगरमा विसं २००४ मा जन्मनुभएका पुरस्कृत सुवेदीले चार दशकदेखि नेपाली भाषा, साहित्यको श्रीवृद्धिमा समर्पित रही नेपाली वाङ्मय क्षेत्रको उन्नयनमा योगदान पु¥याउनुभएको छ । उहाँका तीन दर्जन कृति प्रकाशन भइसकेका छन् ।
साहित्यकार मनिराज जोशीका छोरा गोविन्दराज जोशीले नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान कैलालीमा दुई वर्षअघि उक्त पुरस्कार स्थापना गर्नुभएको थियो । गत वर्ष ‘मनिराज वाङ्मय पुरस्कार’ राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई प्रदान गरिएको थियो ।
पुरस्कारका लागि स्रष्टा चयन गर्न भाषाविज्ञ एवं साहित्यकार डिल्लीराज फुलाराको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको थियो ।
Leave a Reply