कवि पूर्ण वैद्यको प्रतिमा अनावरण
- भाद्र १२, २०८३
भक्तपुर, १५ असार । बासु माध्यमिक विद्यालयबाट माध्यमिक शिक्षा परीक्षामा सफलता प्राप्त गर्ने विद्यार्थीलाई आइतबार एक समारोहबीच सम्मान तथा बधाई ज्ञापन कार्यक्रम गरिएको छ ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरोजराज गोसाईले विषय छनोट गर्दा आफ्नो क्षमता र समाजको आवश्यकतालाई पनि ख्याल गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले जुनसुकै विषय पढे पनि गहिराइसम्म अध्ययन गर्नुपर्ने भन्दै विषय छनोट गरिसकेपछि लक्ष्य प्राप्तिको निम्ति मेहनत उत्तिकै मेहनत गर्नुपर्ने उल्लेख गर्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले देश र समाजप्रति उत्तरदायी हुन नसके पढाइको पनि कुनै औचित्य नरहने विचार राख्नुभयो ।
भक्तपुर नगरपालिका वडा नं २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुरलाई ज्ञान र विज्ञानको केन्द्र बनाउनमा बासु मावि तथा कलेजको योगदान रहेको भन्दै भक्तपुरको पर्यटन उद्योगको विकासलगायतमा बासु माविबाट उत्तीर्ण विद्यार्थी उपयोगी हुने आशा व्यक्त गर्नुभयो ।
विद्यालयका प्राचार्य एवम् कार्यक्रमका सभापति अम्बिका न्याइच्याईले बासु मावि जनताका छोराछोरीलाई गुणस्तरीय शिक्षा दिने उद्देश्यले स्थापना भएको भन्दै योग्य र असल नागरिक तयार पार्न बासु परिवार प्रतिबद्ध रहेको धारणा राख्नुभयो ।
विद्यालयका सहप्राचार्य रवीलाल प्रधानले विद्यार्थीको सर्वाङ्गीण विकासको निम्ति बासु मावि सक्रिय रहेको बताउनुभयो ।
विद्यालयका डिप्लोमा इन अग्रिकल्चरका कोअर्डिनेटर सविन ख्याजूले कृषिको विकासको निम्ति चाहिने दक्ष जनशक्ति तयार गर्न बासु माविले कृषि विषय सञ्चालन गरेको विचार राख्नुभयो ।
बासु माविमा सञ्चालित होटेल म्यानेजमेन्टका रेना त्वानाबासुले नेपालको पर्यटन उद्योगको विकासको निम्ति होटेल व्यवस्थापनका दक्ष जनशक्ति आवश्यक हुने धारणा राख्नुभयो । विद्यालयका प्राथमिक तहका इन्चार्ज विष्णुप्रसाद दुमरुले देशलाई माया गर्ने नयाँ पुस्ता आवश्यक भएको बताउनुभयो । कार्यक्रममा विद्यालयको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।
Leave a Reply