भर्खरै :

नगर प्रमुख सुनिल प्रजापतिसँग नेपाल ट्रष्टका प्रतिनिधिहरूबीच भेट

भक्तपुर, १५ असार । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग आइतबार नेपाल ट्रस्टका प्रतिनिधिहरूले भेट गर्नुभयो । भेटमा भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित १०८ रोपनी जग्गालाई भक्तपुरका जनताको अधिकत्तम हित हुने गरी सदुपयोग गर्ने विषयमा भक्तपुर नपा र नेपाल ट्रस्टका प्रतिनिधिहरूबीच छलफल भयो ।
छलफलमा भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, प्रमुख प्रशासकीय अधिकृत यामलाल अधिकारी, भक्तपुर नपाका प्रशासकीय अधिकृत दामोदर सुवाल, नेपाल ट्रष्ट सञ्चालक समितिका सदस्य याङजोम शेर्पा, नेपाल ट्रष्ट कार्यालयका इन्जिनियरिङ श्रीकान्त भट्टराई, शाखा अधिकृत अच्युतकुमार काफ्ले र नापि अधिकृत राधिका तिमिल्सनाको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *