लिबियाका देशभक्त नेता मुअम्मर गद्दाफी
- कार्तिक ६, २०८३
विगोल
“साम्राज्यवादको पतन तथा समाजवादको विजय इतिहासको अपरिवर्तनीय नियम हो ।” प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका नेता किम इल सङले कोरियाको समाजवादी श्रमिक पार्टी युवक सङ्घको आठौँ महाधिवेशनमा पठाएको सन्देशमा उक्त विचार व्यक्त गरेका थिए । उक्त सन्देश नेपाल–कोरिया मैत्री सङ्घ काठमाडाँैले २२ फेब्रुअरी १९९३ मा पुस्तिकाको रूपमा छापेको थियो । “युवाहरूले पार्टीको नेतृत्वलाई शिरोपर गरी जुछेको क्रान्तिकारी हेतु उज्ज्वलसाथ पूरा गरौँ” भन्ने शीषर्कको पुस्तकमा नेता सङले “साम्राज्यवादीहरूले हाम्रो मुलुकको समाजवाद हामीलाई कसैले ल्याएर सौगात दिएको होइन, यो कसैको समाजवादको नक्कल गरिएको पनि होइन” उल्लेख गरेका थिए । हो, समाजवादी व्यवस्था कुनै देशबाट ल्याउने होइन, कुनै देशले दिने पनि होइन । समाजवादी व्यवस्था आ–आफ्नो देशको देश, काल र परिस्थितिअनुसार प्राप्त गर्ने हो । भित्री र बाहिरी परिस्थिति नमिलिकन या तयारी नगरिकन समाजवादी व्यवस्था स्थापना हुँदैन । २०५२ मा माओवादीले सुरु गरेको सत्ता पल्टाउने ‘जनयुद्ध’ असफल हुनुको कारण देशभित्र र बाहिरको परिस्थिति तयार नहुनु नै हो । त्यसबेला बाहिरी परिस्थिति पनि मिलेको थिएन, जनता पनि राजनीतिक, सैद्धान्तिक र वैचारिकरूपले सचेत र सङ्गठित भइसकेको थिएन । त्यसैले माओवादी ‘जनयुद्ध’ असफल भयो ।
कुनै दलले गरेको सम्पूर्ण आन्दोलन सफल नै हुन्छ भन्ने होइन । कुनै आन्दोलन असफल हुँदैमा आमूल परिवर्तनको बाटो छोड्ने होइन, सिद्धान्त र विचार या क्रान्तिकारी धार छोड्ने होइन । तर सशस्त्र ‘जनयुद्ध’ छेडेको माओवादीले सरकारसामु आत्मसमर्पण ग¥यो या क्रान्तिकारी विचार नै छोड्यो र शान्तिपूर्ण बाटोमा लागेर संसदीय सेवा सुविधा लिएर ऐस आराम गर्ने बाटो रोज्यो । युद्ध छेडेको माओवादीले कम्युनिष्टको सिद्धान्त र विचार छोडेकै कारण त्यस माओवादीभित्र अन्य माओवादीहरू देखिए ।
देश, काल र परिस्थितिको तयारी नभइकन समाजवाद स्थापना सम्भव छैन । हतार या परिस्थिति तयार नभइकन स्थापना भएको समाजवाद लामो समय नटिक्न पनि सक्छ । भावनामा बगेर, कसैको इसारा या उठबसमा समाजवाद स्थापना हुने होइन । प्रजग कोरियामा कोरियाली क्रान्तिको क्रममा युवाहरूले क्रान्तिको रक्षकको भूमिका निर्वाह गरेका थिए । क्रान्तिलाई सफल पार्न युवाहरू दिलोज्यानका साथ लागेका थिए । कोरियाली क्रान्तिको लागि नयाँ बाटो खोल्न सघाउने, समर्थन गर्ने र सक्रिय हुनेहरू युवा कम्युनिस्टहरू नै थिए । देशभक्त युवाहरू साम्राज्यवादी पक्षधर जापानको विरोधमा लडे । त्यसबेला प्रजग कोरियाको निम्ति साम्राज्यवादी देश अमेरिका खतराको देश बनेको थियो । त्यस्तो खतराको स्थितिमा पनि प्रजग कोरियाका जुझारु युवाहरूले देशको पितृभूमि रक्षाको लागि वीरताका साथ लडे, देशको स्वाधीनता, आत्मरक्षा गर्न या जनतामा केन्द्रित समाजवाद स्थापना गर्न बल, विवेक प्रयोग गरे । यसरी युवाहरूले खेलेको त्यो भूमिकाले प्रजग कोरिया र कोरियाली जनताको लागि ठूलो ऊर्जा बन्यो ।
संसारमा कति पार्टी ठूला र साना छन् । कुनै पार्टी ठूलो भएमा सही हुने र सानो भएमा गलत हुने होइन । कति ठूला पार्टीहरू गलत सिद्धान्त र विचारकै कारण पतन भए, लोप भए । कति साना पार्टीहरू मजबुत भए । पार्टीको सही नेतृत्वको पछि लागेका किसान, मजदुर, युवा, विद्यार्थी, महिला, शिक्षक, कर्मचारी, व्यापारी, व्यवसायीहरूको आन्दोलन ढिलो चाँडो सफल हुने छन् । प्रजग कोरियाली पार्टीलाई जनता, सेना, कर्मचारी र युवाहरूले साथ र सहयोग दिएकोले सानो देश प्रजग कोरियाले संसारकै शक्तिशाली देश संयुक्त राज्य अमेरिकालई झस्काएको हो । प्रजग कोरियामा कुनै देशले आक्रमण गरेमा त्यसको प्रत्याक्रमण हुन्छ भनेर दक्षिण कोरिया, जापानमात्र होइन अमेरिका पनि तर्सेका हुन् । आज तिनै साम्राज्यवादी देश संयुक्त राज्य अमेरिकासँग फेरि प्रजग कोरियाली नेता किम जङ उनको भेटवार्ता हुन लागेको छ । भेटवार्ताको बाटो खोल्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरियाली नेता किम जङ उनसँग दक्षिण कोरिया र उत्तर कोरियाको सीमामा हात मिलाएका छन् । ट्रम्पले उनलाई निम्त्तो दिएको जानकारी सञ्चारमाध्यममा आएको छ ।
हरेक देशका राजनीतिक दलले युवा पुस्तालाई क्रान्तिका जगेडा शक्तिको रूपमा उपयोग गरेको देखिन्छ । विकास र देशको सुरक्षामा पनि अधिकांश ऊर्जावान युवाहरूलाई नै प्रयोग गरिएको हुन्छ । तर, नेपालमा नेपाली भूमि मिचे पनि, नेपाली जनतालाई उठिवास गरे पनि, अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत नेपाल–भारत सीमामा बाँध तथा तट्बन्ध बनाएर नेपाली भूमि डुबे पनि, डुबाए पनि न नेपाल सरकारले चुइँक्क बोलेको छ न त आफूलाई ठूला,शक्तिशाली र प्रजातन्त्रवादी भनिएका दलले आफ्ना नेता, कार्यकर्ता तथा युवा पुस्तालाई देशको सार्वभौमिकता रक्षा गर्न अघि सारेको देखिन्छ । कम्युनिस्ट भनिने ठूला दल नेकपा देशको रक्षा गर्न अघि सरेन । यो नेपाल र नेपालीको लागि दुर्भाग्यको विषय हो । प्रजग कोरियाका युवाहरूले लिएको बाटो प्रजग कोरियाली पार्टीले लिएको सही र क्रान्तिकारी बाटोको पक्षमा छ । ‘जनयुद्ध’ छेडेको माओवादीले ‘जनयुद्ध’ लाई अस्थायी हार सम्झेर शिक्षा लिनुपर्ने हो । असफलता नै सफलताकी आमा सम्झेर क्रान्तिका पूर्वाधारहरू तयार गर्न दल अघि सर्नुपर्ने हो ।
क्रान्ति एक्कासि कहिल्यै हुँदैन । एकपटक आन्दोलन या सङ्घर्ष असफल भयो भनेर क्रान्तिकारी विचार छोड्ने होइन । तर, माओवादीले त्यस्तै ग¥यो । माओवादीलाई कम्युनिस्ट आन्दोलन अघि बढाउन र कम्युनिस्ट पार्टी बलियो बनाउन होइन, आफ्नो र दलको इज्जत, प्रतिष्ठा जोगाउन अरु दलसँग मिलेर ठूलो दल बन्न चाहन्छ र सरकारमा गएर रजाइँ गर्न चाहन्छ । त्यही भएर माओवादी एमालेसँग मिल्यो र नेकपा बन्यो । नेकपाका नेताहरू कम्युनिस्टको आचरण र चरित्र छोडेर अरु देशमा झैँ नेपालमा पनि त्यस्तै क्रान्ति कहाँ हुन्छ र भनी सिद्धान्तै भुलिरहेका छन् । एउटा देशमा जस्तो अर्को देशमा पनि त्यस्तै क्रान्ति हुन्छ भनेर कुनै पनि कम्युनिस्ट पार्टीले भन्दैन, भनिरहेको छैन । चीनको सर्वहारा वर्गका गुरु माओ त्सेतुङ नेपालको कुनै दलको पार्टी अध्यक्ष हुँदैन, होइन । कुनै देशको अस्थायी हारलाई साम्राज्यवादी तथा पुँजीवादी देशहरू व्यापक प्रचार गर्छन् र समाजवाद कुनै देशमा टिक्दैन भनी फुक्छन् । तिनै साम्राज्यवादी देशहरू कम्युनिस्ट सिद्धान्त र विचार तथा वामपन्थी या प्रगतिशील विचारका राष्ट्रप्रमुख रहेको देशलाई कहिले आक्रमणको धम्की दिन्छन्, कहिले आर्थिक नाकाबन्दी गरेर दुःख दिन्छन् । अहिले साम्राज्यवादी अमेरिकाले प्रजग कोरियामा मात्र होइन भेनेजुयला, इरान, क्युवामा पनि आक्रमण गर्ने चेतावनी दिइरहेको छ । चीन–अमेरिका व्यापार युद्धको थालनी गरेर अमेरिकाले विश्वमै आर्थिक समस्या निम्त्याइरहेको छ ।
प्रजग कोरियाका नेता किम इल सङले युवाहरूको आठौँ महाधिवेशनको शुभकामना सन्देशमा भनेका थिए, “साम्राज्यवादीहरूको जस्तोसुकै सैनिकको धम्की, राजनीतिक र विचारधारात्मक धावा तथा आर्थिक नाकाबन्दीले कोरियाली जनतालाई तर्साउन सक्दैन ।” जस्तोसुकै मूल्य चुकाउन पनि समाजवादको पूर्ण विजय हुने विश्वासका साथ उहिलेमात्र होइन अहिले पनि प्रजग कोरिया हिम्मतका साथ लागिरहेको छ । कोरियाली युवाहरूलाई उत्साहित गर्दै किम इल सङले भनेका थिए, “साम्राज्यवादविरुद्ध कम्मर कस्नुपर्छ, जनसेनालाई जोड दिनुपर्छ, एक मन एक विचारमा अडेर लड्नुपर्छ । सचेत युवाहरू साम्राज्यवादी मुलुकले फैलाएको उदारवादको हावामा भुल्नु हुन्न, जहिले सुन्दर आशा लिएर देश रजनताको हितमा अग्रसर हुनुपर्छ, कोरियाली समाजवादी श्रमिक युवक सङ्घ र युवाहरूले पार्टीको नेतृत्वलाई शिरोपर गरी क्रान्तिकारी बाटो पूरा गर्नुपर्छ ।”
किम इल सङले अगाँलेको त्यही सही विचार र नीतिमा किम जङ उन अघि बढिरहेका छन् । प्रजग कोरिया आफ्नो देश र जनताको हित छोडेर साम्राज्यवादी देशसामु झुक्ने छैन, विगतको कोरियाली जनताको इतिहास र बहादुरीपूर्ण सङ्घर्षलाई भुल्ने छैन । प्रजग कोरिया आफ्नो देशको स्वतन्त्रता, रक्षा र विकासमा जहिल्यै अघि बढिरहने छ, प्रजग कोरिया ज्ञानको देश, सरसफाइको देशमात्र होइन, विज्ञान र प्रविधि तथा विकासमा अघि बढेको देश पनि हुनेछ ।
Leave a Reply